Viber Community
Nop Ads

कांग्रेसमा महामन्त्रीका लागि ११ जना मैदानमा, बाजी कसले मार्ला ? (नामावलीसहित)

सत्तारुढ दल नेपाली कांग्रेसको महामन्त्री बन्नमा दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन् । सभापतिपछि कार्यकारी भूमिकामा महामन्त्री शक्तिशाली मानिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

gagan thapa

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको महामन्त्री बन्नमा दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन् । सभापतिपछि कार्यकारी भूमिकामा महामन्त्री शक्तिशाली मानिएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विगतका महाधिवेशनबाट महामन्त्री पदमा १ जना मात्र निर्वाचित हुने व्यवस्था थियो तर विधान संशोधनपछि १४औं महाधिवेशनबाट २ महामन्त्री निर्वाचित हुने भएका छन् ।

कांग्रेसका १४ पदाधिकारीमा कोषाध्यक्षबाहेक अरु निर्वाचित हुने व्यवस्था गरिएको छ । महामन्त्रीका आकांक्षीहरु प्यानलमै उम्मेदवार बन्ने दाउमा देखिएका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा। प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्मा आकांक्षी रहेका छन् ।

राप्रपाबाट एकता गरी आएका सुनिल थापा समेत संस्थापनबाटै उम्मेदवार बन्न ‘लबिङ’ गरिरहेका नेताहरु बताउँछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट गगन थापा, डा। मीनेन्द्र रिजाल र धनराज गुरुङ आकांक्षी रहेका छन् । नेता कृष्णप्रसाद सिटौला पक्षबाट प्रदीप पौडेल आकांक्षी रहेका छन् ।

थापा पौडेल पक्षलाई एकजुट बनाएर आफू उम्मेदवार बन्ने रणनीतिमा रहेका नेताहरु बताउँछन् । देउवाइतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्ने धारणा नेताहरुले राख्दै आए पनि सहमति जुटेको छैन । पौडेल पक्षबाट जसले सभापति पाउंँछ, त्यहीभित्रको अर्को पक्षले महामन्त्री पाउने नेताहरु बताउँछन् । डा। शशांक कोइरालाले सभापति पदको उम्मेदवारी नपाए डा। रिजाललाई महामन्त्री अघि सार्ने सम्भावना रहेको छ ।

डा। शेखर कोइराला सभापतिको उम्मेदवार नबने गुरुङलाई महामन्त्रीमा अघि सार्ने सम्भावना रहेको युवा नेताले बताएका छन् ।

तरुण दल र नेविसंघको सांगठनिक नेटवर्कमा राम्रो पकड भएका खाँण सशक्त दाबेदार देखिएका छन् तर देउवा पक्षकै सहमहामन्त्री डा। महत भन्छन्, ‘सबै शीर्ष नेतृत्वसँग छलफल गरेरै अगाडि बढेको छु । सहमहामन्त्री भइसकेकाले महामन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो ।’

२०४८ सालमै नेविसंघ सभापति भएका साउँद समेत संगठनमा बलिया छन् । ‘मेरो उम्मेदवारीको पहिलो प्राथमिकता नै महामन्त्री हो,’ उनी भन्छन्, ‘शीर्ष नेतृत्वमा मिलेर जानुपर्‍यो भने पनि म प्रमुख पदाधिकारी पदको उम्मेदवारबाट बाहिर जान्नँ ।’ देउवानिकट अर्का नेता लेखक महामन्त्री पदमा आफूले उम्मेदवारी पाउनुपर्ने बताइरहेका छन् । प्रवक्ता शर्माले उम्मेदवारी घोषणा नै गरिसकेका छन् ।

पौडेल पक्षमा सहमति भए गुरुङ सहमहामन्त्रीको उम्मेदवार हुनसक्ने नेताहरु बताउँछन् । शिव हुमागाईं, उमाकान्त चौधरी, प्रदीप पौडेल, गुरु घिमिरे, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, रामकृष्ण यादव लगायत नेताले सहमहामन्त्री उम्मेदवार सुरक्षित हुन महामन्त्रीमा दावी गरिरहेको नेताहरु बताउँछन् ।

समानुपातिक समावेशी समूहबाट ८ सहमहामन्त्रीको व्यवस्था छ । खुला सहमहामन्त्रीमा देउवाको टीमबाट सुरेन्द्र पाण्डेलगायत नेता दाबेदार रहेका छन् । समावेशी सहमहामन्त्रीमा डिना उपाध्याय, ईश्वरी न्यौपाने, कमला पन्त, पुष्पा भुसाल, अम्बिका बस्नेत र डिला संग्रौलाको दाबेदारी छ । मधेशीतर्फ महेन्द्र यादव र अजय चौरासिया, पिछडिएको क्षेत्रतर्फ कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही दलिततर्फ मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातितर्फ भीष्मराज आङदाम्बे, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारूतर्फ रामजनम चौधरी, उमाकान्त चौधरी लगायतको दाबेदारी रहेका छ ।

सहमहामन्त्रीमै खुलातर्फ गुरु घिमिरे, दीपक गिरी र हृदयराम थानीको दाबेदारी रहेको छ । काठमाडौंमा मंसिर २४ गतेदेखि ३ दिन महाधिवेशन हुँदैछ । आजको अन्नपूर्ण पोस्टमा दैनिकमा समाचार प्रकाशित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।

केपी ओली : अहंकारी र घमन्डी नेता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

ट्रेन्डिङ समाचार

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

रेनु दाहाल: “बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search