बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

एमालेमा अब भीम रावल ओलीपछिको सबैभन्दा शक्तिशाली नेता, भित्री तयारी बाहिरियो !

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli, bhim rawal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पदाधिकारी र केन्द्रीय सदस्य को हुने चर्चासमेत सुरु भएको छ । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने दाबी हुँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी पेस गरिरहेका छन् । यही जोडघटाउ र रस्साकस्सीबीच १०औं महाधिवेशनबाट १५ पदाधिकारीमा कोको आउने भन्ने सर्वाधिक चर्चाको विषय बनेको छ ।

अध्यक्षमा ओलीकै निरन्तरताः एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् ।

एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले ओलीको कार्यशैलीप्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर नेकपा ९एकीकृत समाजवादी० गठन गरिसकेका छन् । अर्का प्रभावशाली नेता वामदेव गौतमले उपाध्यक्ष पदबाट राजीनामा गरिसकेका छन् ।

यस्तो अवस्थामा ओलीलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा कोही छैनन् । ओलीनिकट नेताहरूले दाबी गरेअनुसार सर्वसम्मत वा चुनाव जे भए पनि ओलीको विकल्प एमालेमा पक्कै छैन ।

तर, ओलीसँग प्रतिस्पर्धा गर्ने उद्घोष उपाध्यक्ष भीम रावलले गरेका छन् । पूर्व नेपाल–खनाल समूहका नेता रावलले गृह जिल्ला अछामबाट अध्यक्षमा प्रतिपस्र्धा गर्ने उद्घोष गरे पनि तयारी भने गरेका छैनन् । एमालेभित्र वरिष्ठ उपाध्यक्षका लागि रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको चर्चा हुने गरेको छ ।

एमाले उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । भुसालनिकट नेताका अनुसार अगामी महाधिवेशनमा सर्वसम्मत हुन नसक्ने दाबी गर्दै अध्यक्षमा भुसालले प्रतिस्पर्धा गर्ने बताउँछन् । यद्यपि, औपचारिक रूपमा भुसालले अझै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छैनन् । कतिपयले महासचिव पाउन भुसालले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा चलाएको।आरोपसमेत लगाइरहेका छन् ।

ओली पुनः अध्यक्ष हुनुपर्नेमा ओली समूह एक ठाउँमै रहेका छन् । पूर्वमाओवादीबाट एमाले भएका नेताहरूले समेत ओलीकै नेतृत्वमा आफूहरू समेत सर्वसम्मत आउन खोजेका छन् । पूर्वनेपाल–खनाल समूहमा रहेका नेताहरू समेत ओली क्याम्पमा पुगेकाले ओली सर्वसम्मत वा निर्वाचन जे भए पनि अध्यक्षमा दोहरिने पक्का छ ।

वरिष्ठ उपाध्यक्षमा को ? एमालेमा अध्यक्षपछिको महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्ष हो । वरिष्ठ उपाध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् । उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य रामबहादुर थापाले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् ।

एमाले स्रोतका अनुसार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलको भित्री चाहना सर्वसम्मत रूपमा वरिष्ठ उपाध्यक्ष पाउनका लागि हो । वरिष्ठ उपाध्यक्ष पद पाएको अवस्थामा ओलीसँग उनी प्रतिस्पर्धा गर्ने छैनन् । ओलीबाट उनले वरिष्ठ उपाध्यक्षको ग्यारेन्टी खोजेका छन् तर ओलीले ग्रिन सिग्नल अझै दिएका छैनन् ।

महासचिव पोखरेलले १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । सर्तसहित अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका पोखरेलको भित्री चाहना नै वरिष्ठ उपाध्यक्ष पाउनु हो । पोखरेलको सर्त ओली अगामी महाधिवेशनमा अध्यक्षमा नलडे आफूले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने बताएका थिए । खासमा उनले ओलीपछिको पोर्टफोलियो खोजेका छन् ।

दुईपटक लगातार महासचिव भइसकेका पोखरेल एमाले विधानअनुसार पुनः महासचिव हुन पाउनेछैनन् । त्यसैले उनी ओलीले अध्यक्षमा चाहना नराखेको अवस्थामा आफू सो पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिइसकेका छन् । ओलीकै चाहनाअनुसार पोखरेल वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष हुने निश्चित छ । तर, उनको चाहना ओलीपछिको पोर्टफोलियो अर्थात् वरिष्ठ उपाध्यक्ष नै हो ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी हुन् रामबहादुर थापा । पूर्वमाओवादी केन्द्रबाट एमाले भएका उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तोकिएका थापाले अहिलेसम्म अध्यक्ष ओलीबाट साथ सहयोग पाउँदै आएका छन् ।

उपाध्यक्षमा पराजित हुनेको पनि दाबेदारीः एमालेको विधानअनुसार अगामी महाधिवेशनबाट चार जना उपाध्यक्ष चयन हुनेछन् । नवौं महाधिवेशनबाट पाँच जना उपाध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष वामदेव गौतम राजीनामा दिइसकेका छन् । अर्का उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि सो पद खाली छ ।

अहिले उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली रहेका छन् । यी तीनै जना नेता पूर्वनेपाल–खनाल समूहका हुन् । शाक्य र ज्ञवाली पुनः उपाध्यक्षमै दोहोरिन खोजेका छन् । ओली समूहका नेताहरू सुवासचन्द्र नेम्वाङ, लालबाबु पण्डित, किरण गुरुङ, टोपबहादुर रायमाझीलगायतका नेताहरूले उपाध्यक्षको दाबी गरेका छन् ।

नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका पण्डित र गुरुङले नवौं महाधिवेशनमा पराजित भएको र अहिले सर्वसम्मत सो पदमा आउन खोजेका छन् । उपाध्यक्षबाट ज्ञवालीलाई आउट गर्ने सम्भावना बढी छ । आफूपक्षीय नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने सकसमा रहेका ओलीले उपाध्यक्षमा आफूले रुचाएका र विगतदेखि साथ सहयोग गर्दै आएका नेतालाई ल्याउनेछन् ।

यस्तै, वरिष्ठ उपाध्यक्ष र महासचिवको दाबी गर्ने नेताहरू सो पदमा अटाउन नसकेको अवस्थामा उनीहरूलाई उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने हुन्छ । यस्तो अवस्था उपाध्यक्षमा नयाँ अनुहार आउने सम्भावना बढी नै रहेको छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search