spot_img

युवराज ज्ञवाली : बरु म साधारण सदस्य भएर चुप लागेर बस्छु, तर एमाले छोडेर कुनै पार्टीमा जान्नँ

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफू एमाले छोडेर अब कतैपनि नजाने बताएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Yubraj

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफू एमाले छोडेर अब कतैपनि नजाने बताएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

बरु, साधारण सदस्य भएर बस्ने तर एमाले नछोड्ने उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु पार्टीको १०औं महाधिवेशनको तयारीमा लागिसकेको सुनाए ।

उनले आगामी महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्विरोध हुनपनि सक्ने र नहुन पनि सक्ने दुवै सम्भावना रहेको सुनाए ।

उनले भने,‘मेरो व्यक्तिगत चाहना भनेको के छ भने एकदम प्रष्ट रुपमा म बताउन चाहन्छु, अहिले नेकपा एमाले एकदमै विशिष्ट अवस्थामा छ ।

त्यो के हो भने एमाले विभाजित छ । एमालेबाट विभाजित भएर माधव नेपाल, झलनालगायतका नेताहरुले अर्को पार्टी बनाउनुभएको छ ।

एउटा समस्या यो छ, त्यसले नेकपा एमालेलाई कमजोर बनाउने, कमरेड माधव कुमार नेपालले त एमालेलाई धुलो चटाउने भनेर हिँडिरहनुभएको छ ।

अर्को कुरा, एमालेको विरुद्धमा कांग्रेसलगायत पाँच दलीय गठबन्धन अगाडि बढेको छ । एमालेलाई पराजित गर्न सबै मिलेर जानुपर्छ भनेर उहाँहरुले भन्नुभएको छ । यो पनि अर्को एउटा समस्या हो।

अहिले एमालेको जीवनमा एउटा विशेष खालको छुट्टै अवस्था उत्पन्न भएको छ । यसलाई समाधान गर्नको लागि सोहीअनुसार राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्छ । आगामी दिनमा एमालेलाई एकताबद्ध बनाउनुपर्छ । ओलीजीले पनि एकताबद्ध बनाउनुपर्छ ।’

उनले पार्टी पँक्तिलाई एकताबद्ध बनाउनको लागि नेतृत्वले सुझबुझका साथ कदम चाल्नुपर्ने बताए । उनले ओलीको नेतृत्वमा अघि बढ्दा पार्टीलाई फाईदा हुने विश्वास दिलाए।

उनले अब नेताहरुले सबै परिस्थितिको गम्भीर रुपमा विश्लेषण र आत्मसमिक्षा गरेर अब पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयमा नयाँ चेतनाको आधारमा अघि बढ्न नसके पार्टीलाई ठूलो क्षति हुने खतरा पनि औंल्याए ।

उनले आफू एमाले छोडेर कतै पनि नजाने स्पष्ट पारे । उनले आवश्यक परे महत्वपूर्ण जिम्मेवारी लिने पनि सुनाए । तर, जिम्मेवारी नै नपाएपनि साधारण सदस्य भएर बस्ने तर पार्टी नछोड्ने जिकिर गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार