सोमवार, मंसिर १३, २०७८
spot_img

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्ट्याबिलिटी’ कानुनी प्रस्ताव गरेको छ

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्ट्याबिलिटी’ कानुनी प्रस्ताव गरेको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीलाई लाभ हुने गरी नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायक नेटवर्कबाट सेवा लिन सक्ने गरी नियमावलीको मस्यौदा तयार गरेको छ । प्राधिकरणले सुझावका लागि सार्वजनिक गरेको ‘मोबाइल नम्बर पोर्ट्याबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ मा आवश्यक पर्दा आफ्नो एउटा कम्पनीको नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

यो व्यवस्था लागु भएमा नेपाल टेलिकम, एनसेल वा स्मार्टका सेवाग्राहीले आफ्नै नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सक्ने छन् । अर्थात् नेपाल टेकिलमका प्रयोगकर्ताले एनसेल वा स्मार्ट, एनसेलका प्रयोगकर्ताले टेलिकम वा स्मार्ट र स्मार्टका प्रयोगकर्ताले टेलिकम वा एनसेलको नेटवर्कमा स्विच गरेर सेवा लिन सक्ने छन् । यो व्यवस्थापछि पुरानो सिमकार्डकै नम्बरबाट नयाँ सेवा प्रदायकको नम्बर लिने पाइनेछ ।

सरकारले यो सेवा दिने गरी कुनै एक कम्पनीलाई नम्बर पोर्ट्याबिलिटी क्लियरिङ हाउसका रुपमा अनुमतिपत्र दिने छ । त्यसका लागि चाहने पूर्वाधारको स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मत लगायतका काम सो कम्पनीको हुनेछ ।

दूरसञ्चार प्राधिरकणले प्रतिस्पर्धाका माध्यमबाट यस्तो सेवा प्रदायकको छनोट गर्नेछ । छनोट भएकालाई अनुमति पत्र दिने र नम्बर पोर्ट्याबिलिटीको सेवा सञ्चालनका सबै जिम्मा सोही कम्पनीको हुने मस्यौदामा उल्लेख छ । एक पटक छनोट भएको कम्पनीले ५ वर्षका लागि अनुमति पत्र पाउने छ ।

यस्तो अनुमति पाएको कम्पनीले नेपालका मोबाइल सेवा प्रदायकलाई नम्बर पोर्टिङका लागि सहयोग तथा समन्वय गर्नेछ । यस्ता कम्पनीले नेपालको कानुनअनुसार तथ्यांक सुरक्षाको काम पनि गर्नुपर्ने छ ।

यस्तो सेवा भेदभावरहित हुनुपर्ने मस्यौदामा उल्लेख छ । सेवाग्राहीले आफूले पोर्टिङ गर्न चाहेको प्रापक (आफ्नो भन्दा फरक) सेवा प्रदायककोमा गएर निवेदन दिनुपर्ने छ । प्रापक सेवा प्रदायकले योग्य उपभोक्ताको नम्बर मात्रै पोर्टिङ सुविधाका लागि छनोट गर्नुपर्ने छ ।

सो सेवा प्रदायकले कुनै शुल्क विना र शून्य मौज्दात भएको अवस्थामा समेत पोर्टिङ सम्बन्धी एमएमस पठाउने गरी यो सेवा दिनुपर्ने मस्यौदामा उल्लेख छ ।

कुनै सेवा प्रदायकको सेवा लिन थालेको ९० दिन पुगेका ग्राहकले मात्रै पोर्टिङको सुविधा पाउनेछन् । ग्राहकको आफ्नो (दातृ) सेवा प्रदायक र प्रापक सेवा प्रदायकमा ग्राहकले बुझाएका विवरण मिल्नुपर्ने छ । दातृ सेवा प्रदायकसँग सेवाग्राहीको कुनै आर्थिक दायित्व भए त्यसको भुक्तानी भइसकेको हुनुपर्नेछ ।

नम्बर ब्लक गरेको वा कुनै सेवा रोक लगाएको अवस्था भए सेवा लिन सकिने छैन । यस्ता शर्तहरू पुरा गरेर अनुमति पाएका प्रयोगकर्ताले एउटै नम्बरबाट फरक–फरक नेटवर्कमा पोर्टिङ गरेर सेवा लिन सक्ने छन् ।

पोर्टिङ प्रक्रियामा गएको जानकारी मोबाइल क्लियरिङ हाउसले प्रयोगकर्तालाई एसएमएसमार्फत दिने छ ।

त्यसका लागि ग्राहले बदलेको नयाँ सेवा प्रदाकयले सिमकार्ड उपलब्ध गराउनेछ । तर, मोबइल नमबर भने पुरानै सेवा प्रदायकको नै हुनेछ । पोर्टिङपछि सेवा लिइरहँदा दातृ सेवा प्रदायकले यस्ता ग्राहकको सेवामा कुनै खालको अवरोध गर्न पाउने छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार