बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

जावलाखेलविरुद्ध रक्षक दिनेशको गोलमा मनाङलाई तीन अङ्क

रक्षक दिनेश राजवंशीको गोलमा मनाङ मर्स्याङ्दीले आइतबार जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद सुरुआत गरेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। रक्षक दिनेश राजवंशीको गोलमा मनाङ मर्स्याङ्दीले आइतबार जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद सुरुआत गरेको छ ।

जितसँगै मनाङले तीन अङ्क जोडेको छ । लिगमा पाँच खेल सकिँदा हार जित भएको यो तेस्रो खेल हो । यसअघि आजै सम्पन्न पहिलो खेलमा ब्रीगेड ब्वाइजले सशत्र प्रहरी बल (एपीएफ)लाई ३–२ ले हराएको थियो । त्यस्तै शनिबार थ्री स्टारले च्यासल युथलाई ३–० ले हराएको थियो । पहिलो दुई खेल बराबरीमा टुंगिएको थियो ।

मनाङले लिगमा अघिल्लो दुई सिजन पनि जावलाखेललाई समान १–० ले नै हराएको थियो । लिगको सर्वाधिक सफल क्लब मनाङले यसपटक पनि जावलाखेलविरुद्ध एक भन्दा बढी गोल गर्न सकेन ।

मनाङका लािग दिनेशले ५७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । दिनेशले दयानन्द सिंहको कर्नरमा हेडमार्फत गोल गरेका थिए । त्यही गोल मनाङलाई तीन अङ्क जोड्न पर्याप्त बन्यो । खेल सकिन एक मिनेट बाँकी हुँदा ओलावाले अफिजले मनाङको अग्रता दोब्बर बनाउने स्वर्णिम मौका गुमाए । कप्तान अञ्जन विष्टको दिएको ‘कट ब्याक‘मा पेनाल्टी क्षेत्रमा कसैको निगरानीमा नरहेका ओलावाले हानेको प्रहारले पोष्टका दिशा लिएन ।

७३औं मिनेटमा अनगुना एनकेनगुए जुनियरले गोल गर्न चुक्दा जावलाखेलले बारबरी गर्ने अवसर गुमायो । सुनिल खड्काले दिएको पासलाई पेनाल्टी क्षेत्रमा रहेको जुनियर सदुपयोग गर्न सकेनन् । जुनियरले राम्रोसँग बल नियन्त्रणमा लिन नसक्दा मनाङका गोलकिपर विशाल सुनारले सजिलै बचाइदिए ।

मनाङले ५४औं मिनेटमा पनि अग्रता लिने राम्रो खेर फालेको थियो । सरोज योञ्जनको क्रसमा मनाङका कप्तान अञ्जन विष्टले विपक्षी गोलकिपर ‘विट’ भएको अवस्थामा गरेको हेडिङ प्रहार थोरैले बाहिरिएको थियो । त्यसअघि पनि ४९औं मिनेटमा मनाङका भारतीय खेलाडी दयानन्दले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार थोरैले आकाशिएको थियो ।

४५औं मिनेटमा जावलाखेलले गोलको राम्रो अवसर गुमायो । सुरज ज्यु ठकुरीको कर्नरमा अनगुना एनकेनगुए जुनियरको हेडिङ प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसअघि ३२औं मिनेटमा ओलावाले आफिजले गरेको गोल अफसाइड भएको थियो । पुजन उपरकोटीको फ्रीकिकमा एडेलाजा सोमिडेले हेड प्रहारलाई जावलाखेलका गोलकिपर टेकेन्द्रसिंह थापाले बचाएका थिए । रिबाउन्डमा प्राप्त बलमा ओलावाले गोल गरेका थिए । तर सहायक रेफ्री मधुकर आचार्यले अफसाइडको झण्डा उठाएपछि गोलले मान्यता पाएन ।

लिगमा सोमबार पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ । दोस्रो खेलमा साँझ ४ः४५ बजे सविक विजेता मछिन्द्र र न्युरोड टिम (एनआरटी)ले प्रतिस्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मेसीकाे स्पेनमा रहेकाे हाेटल तत्काल भत्काउन अदालतकाे आदेश

यो होटलमा एउटा रूमको प्रति रात करिब १०५ पाउण्ड खर्च लाग्छ। द सनका अनुसार यो होटेलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भत्काउन आदेश दिएको हो।

न्यूजिल्याण्डसँगको टेस्टमा भारत विजयी

मुम्बईको वानखेडे रंगशालामा भएको दोस्रो टेस्ट क्रिकेटको चौथो दिन भारतीय क्रिकेट टोलीले न्यूजिल्याण्डलाई ३७२ रनले पराजित गरेको छ ।

युनाइटेड विजयी फ्रेडको गोलमा

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।

उक्लियो पाँचौँ स्थानमा ,युभेन्टस विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ ।

प्रशिक्षक न्यौपाने भन्छन्- उपाधि होडमा फर्कियौँ

खेलमा खेलाडीले कडा मिहिनेत गरेका थिए । म्याच ५०-५० थियो । लाइन्समेन हेरेर खेलाडीहरू कन्फ्युज हुँदा गोल खायो

गुल्सन झासहित २० खेलाडी छनोट यू-१९ क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search