Viber Community
Nop Ads

सर्लाहीमा असफल नागेन्द्रराय यादवः जनताका लागि सिन्को नभाची पार्टीलाई यसरी कोमामा पुर्याए !

नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य नागेन्द्रराय यादव पूर्णरुपमा असफल भएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य नागेन्द्रराय यादव पूर्णरुपमा असफल भएका छन् । उनले आफ्नो जिल्लामा समयमै पार्टीको तल्लो तहको अधिवेशनसमेत गराउन सकेका छैनन् । उनकै जिल्लामा निर्वाचन अधिकृत कुटिएका छन् । अधिवेशन नै अन्योल बनेको छ । नागेन्द्रको पालामा कांग्रेस निकै कमजोर बनेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

गुटगत राजनीतिले प्रश्रय पाएको छ । सभापति भए पनि उनको मध्यस्तताको भूमिका देखिएको छैन । बरु विवाद बढाउँदै लगेका छन् । पार्टीभित्र यसरी असफल नागेन्द्रले जनताका लागि पनि केही गरेका छैनन् । उनी सर्लाहीका जनसमस्याबारे पनि मौन बस्छन् । आजसम्म उनले संसदमा सर्लाहीका समस्या उठाएका छैनन् ।

मधेसका अरु सांसदले, नपढेका सामान्य महिला सांसदले पनि आफ्नो जिल्लाको समस्या राखेर सरकारको ध्यानाकर्षण गराउँदा नागेन्द्र भने संसद बैठकमै नजाने र गइहाले पनि तलब भत्तामात्रै पचाउने गरेका छन् । जिल्लाका जनताको समस्याबारे बोल्दै बोल्दैनन् । नागेन्द्रले अहिले पार्टीलाई त कोमामा पुर्याएका छन् नै साथै यहाँका जनतालाई पनि निराश बनाएका छन् । उनी पार्टीभित्रका साथै जनतामाझ पनि असफल जनप्रतिनिधिका रुपमा दरिएका छन् ।

त्यसो त नागेन्द्र जनताका लागि राजनीति गर्छु भनेर भाषण दिए पनि आफ्नै दुनो सोझ्याउन लागिपरेका छन् । उनले आफ्नो जिल्लाबासी तथा चुनाव क्षेत्रका बासिन्दालाई, मतदातालाई ऋणमा डुबाएर बिचल्ली गराउँदै आफ्नो गोजी भरिरहेका छन् । पीडित विपन्न जनताको जीवनस्तर उकास्न मद्दत गर्नुपर्नेमा सम्पन्न जनतालाई पीडित र विपन्न बनाउँदै, ऋण दिएर उठीबास गराउँदै हिँडेका छन् ।

सांसद भएको बलमा नागेन्द्रले सर्लाहीको मलंवामा निजी बैंक चलाएर बसेका छन् । उनले मलंवामा सहारा विकास बैंक चलाएका छन् । नागेन्द्र पार्टी अफिस नगएर सहाराको अफिसमा बसेर ऋण बाँड्ने, गुटगत गतिविधि गर्छन् । धेरैलाई ऋण दिएर घरबारविहीन बनाएका छन् । सहारामा बसेर बेसहारा बनाउँदै हिँडेको स्थानीयबासी बताउँछन् ।

त्यसो त राजनीतिमा नागेन्द्रको इन्ट्री नै विवादित छ । उनी विगतमा दामोदर शम्शेर राणाको सहयोगीका रुपमा काम गर्थे । पञ्चायतका हिमायती राणाको सहयोगी बनेर नागेन्द्रले पञ्चायतका लागि काम गर्थे । राणाको एजेन्ट बनेर नागेन्द्रले लामो समय काम गरे । प्रजातान्त्रिक पार्टी कांग्रेस पञ्चायत व्यवस्थाविरुद्ध लडिरहँदा नागेन्द्र दामोदरको एजेन्ट बनेर काम गरिरहेका थिए ।

जानकार स्रोतकाअनुसार पछि नागेन्द्रले नेपाल(भारत लाइफ इन्स्यौरेन्स जीवन बिमा कम्पनी ९एनआईएलआइसी० को एजेण्ट बनेर काम गरे । राम्रै पैसा कमाए । सबै पैसा भारत लगे । सर्लाहीका एकजना पुराना नेताका अनुसार २०५१ सालमा नागेन्द्रले २५ हजार घुस दिएर कांग्रेसको राजनीति थाले । टिकट पनि पाए । अहिले जिल्ला सभापति र संघीय सांसदसम्म बन्ने शौभाग्य पाएका छन् । तर उनको यो उचाइँ आफ्नो क्षमता र बलबुताले भन्दा नोटको कमाल हो भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ।

नोटको बलमा पद प्राप्ति र राजनीतिक सिँढी चढेको हुनाले नागेन्द्र जनताको पक्षमा काम गर्दैनन् भन्छन् यहाँका असन्तुष्ट नेता कार्यकर्ता । हुन पनि उनले पार्टीको हितमा, जनताको हितमा काम गरेको देखिँदैन । उनसँग पार्टीदेखि जनस्तरसम्म असन्तुष्टि मात्रै छ । सांसद भएर उनले आफूहरुको समस्या नउठाएको भन्दै बेला बेला भेटेरै जनताले गुनासो सुनाउने गरेका छन् ।

उनी कांग्रेसमा सभापति शेरबहादुर देउवा अर्थात संस्थापन पक्षधर माने पनि सभापति देउवाको पक्षमा बोल्दैनन् । पार्टीको पक्षमा पनि बोलेका छैनन् । संसदमा पनि जनताको पक्षमा पनि बोल्दैनन् । जसका कारण उनको व्यक्तिगत चरित्रमाथि पनि प्रश्न उठिरहेको छ । यसहिसाबले के निष्कर्ष निकाल्न सकिन्छ भने नागेन्द्र राजनीतिमा पूर्णरुपमा असफल भइसकेका छन् । उनले इमानको, जनहितको भन्दा पैसाको राजनीतिक गरेको प्रष्ट हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।

केपी ओली : अहंकारी र घमन्डी नेता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search