आइतवार, मंसिर १२, २०७८
spot_img

प्रचण्डका गुरुले गरे शुरु, तनाव बालकोटमा !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड लगायतका राजनीतिक गुुरु नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको आरोपले एमाले अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli, prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड लगायतका राजनीतिक गुुरु नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको आरोपले एमाले अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सिंहले ओलीका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको आरोप लगाएका हन्। प्रगतिशील पत्रकार सङ्घ दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आइतवार महामन्त्री सिंहले ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताए।

कम्युनिष्ट पार्टीको अध्यक्षले दुईरदुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरुले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुग्ने गतिविधिमा लागेर प्रतिगमनलाई प्रश्रय दिने काम गरिरहेको आरोप लगाए।

ुमध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो। भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो,ु महामन्त्री सिंहले भने, ुओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दू राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको छ।ु

महामन्त्री सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हटाउन गठबन्धनभित्र विकल्पहरुको खोजी भइरहेको बताए। सर्वाच्च अदालतमा भएको आन्दोलनका कारण अहिले गम्भीर समस्या देखिएको भन्दै उनले आन्दोलनलाई लामो समयसम्म जान दिन नहुने बताए।

ुप्रधानन्यायाधीशका विरुद्धमा न्यायाधीशहरु र बारलगायतको आन्दोलन सही छ। न्यायिक सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउनै पर्छ,ु उनले भने। न्यायालयमा देखिएको समयमा समाधानका लागि गठबन्धनमा कुरा भइरहेको सिंहको भनाइ थियो। प्रधानन्यायाधीशलाई हटाउन कार्यपालिकासँग धेरै विकल्प नभएको र महाअभियोग मात्र विकल्प रहेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार