मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

प्रचण्ड आखिर किन देउवा सरकार ढाल्न खोजिरहेका छन् ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले बनाएको शेर बहादुर देउवा नेतृत्वको सरकार ढाल्न लागेको रहस्य खुलेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

sher bahadur, prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले बनाएको शेर बहादुर देउवा नेतृत्वको सरकार ढाल्न लागेको रहस्य खुलेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

जसरी केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार विरुद्ध लाग्नुभएको थियो अहिले त्यस्तै गर्न थालेको एक स्रोतले बतायो । नेपाली काग्रेसका सभापती समेत रहेका एवं प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका प्रचण्डको सम्बन्ध फेरी विग्रिएको हो । प्रचण्डले रामचन्द्र पौडललाई प्रयोग गरेर देउवा माथी खेल्न खोजे पछि देउवा फायर भएको बताइन्छ ।

प्रधानन्यायाधिश चोलेन्द्र प्रकरण देखीनै देउवा प्रचण्ड सँग झस्किएको स्रोतको दावी छ । वालुवाटार निकट उच्च स्रोतले दिएको विशेष सुचना अनुसार प्रधानन्यायाधिश चोलेन्द्र शमशेरका जेठान गजेन्द्र हमाललाई प्रचण्डको समेत विशेष जोडबलमा मन्त्री बनाइएको थियो ।

पछि यसैलाई निहुँ बनाएर चोलेन्द्रलाई हटाउँन प्रचण्डले डबल रोल खेले पछि देउवा झस्किनुभएको स्रोतको दावी छ । देउवा प्रचण्ड सँग रिसाउँनुको अर्को कारण हो सरकार संचालन सम्बन्धी समन्वय संयन्त्र । संविधानलेनै नचिन्ने सुपर सरकार चलाउँन प्रचण्डले पहिले देखिनै भन्दै आउनुभएको थियो तर देउवाले टार्दै आउनुभएको थियो ।

सुरुमा प्रचण्डको प्रस्ताव उच्च स्तरिय सरकार संचालन संयन्त्र बनाउँने र त्यसको संयोजक आफु बनेर देउवालाई चलाउँने भन्ने थियो त्यो अवस्था नदेखे पछि अहिले उहाँले रामचन्द्र पौडललाई अघि बढाएपछि सम्वन्धमा झनै चिसोपन आएको हो । पौडललाई प्रचण्डकै जोडबलमा सरकार संचालन समन्वय समितको संयोजक बनाए पछि देउवा फायर भएको स्रोत बताउछन् ।

देउवाको चाहना विपरित प्रचण्ड र माधव नेपालले यस्तो प्रस्ताव गरे पछि देउवाले हुन्न भन्न नसकेर मात्रै संयन्त्र बनाएको बताइएको छ । देउवाले यस्तो संयन्त्र केहि समयका लागी मात्रै हो भनेर सार्वजनिक रुपमा बोलीसक्नुभएको छ । नेपाली काग्रेसको रामचन्द्र पौडल समूहले आगामी निर्वाचनमा काग्रेसले रुखमै भोट हाल्न पाउँनु पर्छ क्याम्पेनिङ गर्न थाले पछि प्रचण्डले पौडलको मुख बन्द गराउँन संयन्त्रको संयोजक बनाउँन जोड गरेको स्रोत बताउँछ ।

देउवा प्रचण्ड सम्बन्ध चिसिनुको अर्को मुख्य कारण भनेको सर्वोच्चको अहिलेको लफडानै हो । प्रचण्ड कुनै पनि हालतमा चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधिश बाट हटाउँनै इच्छा राखेपनि र देउवा त्यो कुरा कुनै पनि हालतमा मान्न तयार हुनुभएको छैन ।

यसमा पनि प्रचण्डले रामचन्द्र पौडललाई प्रयोग गरेको स्रोतको दावी छ । चोलेन्द्र हटे भने प्रधानन्यायाधिशको लाइनमा रहेका वरिष्ठतम न्यायाधिश दीपक कार्की रामचन्द्र पौडल निकट व्यक्ति हुनुहुन्छ ।

सोही कुरालाई बुझेर देउवा चोलेन्द्रलाई हटाउँन तयार हुनुभएको छैन भने प्रचण्ड रामचन्द्रलाई उकासेर देउवालाई चेपुवामा पार्ने पार्ने दाउमा रहेको स्रोत बताउछन् ।

रामचन्द्र पौडल मार्फत नेपाली काग्रेस भित्र दवाव बढाउँने र राजिनामा नदिए महाअभियोग लगाएर भए पनि चोलेन्द्रलाई सर्वाच्च अदालत बाट हात धुन लगाउँने गरि प्रचण्डले रोडम्याप बनाए पछि देउवा जत्तिको चतुर खेलाडीले नबुझ्ने कुरै भएन । यहि कारण देउवा प्रचण्ड सम्बन्ध पौष १५को मौसम भन्दा चिसो भैसकेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search