सोमवार, मंसिर १३, २०७८
spot_img

चीनबाट २५ हजार मेट्रिकटन मल नेपाल ल्याइँदै

पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो ।

नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारी भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो ।

सिमापारी भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल (डिएपी)लाई अब तत्कालै नेपाल भित्र्याउने तयारी गरिएको कार्यालयका सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार यसपटक भित्रिएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपीमध्ये नौ हजार भैरहवा नाकाबाट, नौ हजार ५०० वीरगञ्ज नाकाबाट र छ हजार ५०० मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल भित्रिने छ ।

यस पटक भित्र्याइएको रासायनिक मल डिएपी विशेष गरी गहुँ, मकै र तोरीलगायत बालीका लागि उपयुक्त मानिन्छ । भारतीय सप्लायर्स कम्पनी इञ्जीयन पोटास लिमिटेडमार्फत नेपाल भित्र्याउन लागेको उक्त रासायनिक मल डिएपी कृषि सामग्री कम्पनी लिमिटेडमार्फत नेपालका विभिन्न भू–भागमा पर्दछ । नेपाली भित्रिने विभिन्न मललाई देशका विभिन्न स्थानमा संरचना रहेको कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ ।

खोप भण्डारण कक्ष स्थापना-प्रदेश नं दुईको एक मात्र महानगरपालिका वीरगञ्जले विविध प्रकारको खोप व्यवस्थापन गर्ने उद्देश्यले खोप भण्डारण कक्ष स्थापना गरेको छ । बालबालिकालाई लगाइने नियमित खोपका साथै वर्तमान अवस्थामा आवश्यक कोभिड विरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डारण कक्ष स्थापना गरिएको हो ।

स्थापना गरिएको खोप भण्डारण कक्षमा महानगरवासीलाई आवश्यक विविध प्रकारका खोप व्यवस्थापन सहज हुने अपेक्षा गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । उक्त खोप भण्डारण कक्षमा आवश्यकताअनुसार खोप चिसो बनाइ राख्ने रेफ्रिजेरेटर, आइस प्याकफ्रिजर, भ्याक्सिनक्यारियर, कोल्ड बक्सलगायत उपकरण व्यवस्थापन गरिएको महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रितेश जयसवालले जानकारी दिनुभयो ।

खोप भण्डारण कक्ष सञ्चालनमा आएसँगै महानगरका बालबालिकालाई लगाइने नियमित तथा कोभिडविरुद्धको खोपको अभाव नहुने बताइएको छ । अहिलेसम्म महानगरमा आवश्यक खोप अन्य स्थानमा भण्डारण गर्नुपर्ने बाध्यता थियो । अब खोप सहजरुपमा उपलब्ध हुने महानगरपालिकाले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार