spot_img

जोखिमपूर्ण पैदल यात्रा गर्दै दार्चुलाको छाङरु पुग्यो जनगणना टोली भारतले पास नदिएपछि

दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेका अनुसार शुक्रबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणनाको काम सुरु गरेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेका अनुसार शुक्रबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणनाको काम सुरु गरेको छ। छाङरु र तिकंर दुबै गाउँमा जनगणना गरिसक्न तीन दिन लाग्ने पाण्डेले बताए। चिसो छल्न तिकंरबासी बेँसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको छ।

जनगणना अधिकृत पाण्डेले भने, ‘केही स्थानीयहरु चिसो छल्न बेँसी झरिसकेको खबर सुन्नमा आएको छ, त्यहाँका गणक राजेन्द्र कार्की हिँड्न नसक्ने भएपछि खलंगामै छन्, गणक खटाएर बेँसी झरेका स्थानीयहरुको गणना खलंगामै गरिनेछ।’ व्यास गाउँपालिका–१ बाहेक जिल्लाका अरु वडाहरुको जनगणना कार्य भने अन्तिम चरणमा पुगेको उनले बताए।

नेपालतर्फको बाटो निकै असहज भएकोले भीर पहरामा हिँड्दा ज्यानको समेत जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर गणकहरु फर्किँदा हेलिकोप्टरको व्यवस्था गरिदिन माग गरिएको छ। हेलिकोप्टरका लागि विभागसँग समन्वय भइरहेकोले फर्किँदा हेलिकोप्टरको व्यवस्था हुनसक्ने सम्भावना रहेको जनगणना अधिकृत पाण्डेले बताए।

नेपालतर्फ सुरक्षित बाटो नहुँदा व्यास गाउँपालिकाका स्थानीयहरु भारतीय बाटोको प्रयोग गर्दै सदरमुकाम खलंगाबाट गाउँसम्म आवतजावत गर्दै आएका छन्। भारतले गणकलाई बाटो नदिँदा सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर नेपालतर्फकै जोखिमपूर्ण बाटो हुँदै व्यास पुगेका हुन्।

भारतले गणकलाई मात्रै जान नदिएको तर स्थानीयहरु पास लिएर अहिलेपनि आवतजावत गरिरहेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताए। विवादित क्षेत्रमा गएर पनि जनगणना गर्छ कि भन्ने आशंकाले गणकलाई पास नदिएको हुनसक्ने उनको भनाइ छ।

‘जनगणनाको समय सकिन तीन दिन मात्र बाँकी रहेको छ, भारतीयले पास देलान् अनि जाउँला भन्दा समय घर्किने भएपछि जनगणना टोली पैदल हिँडेरै गएको हो,’ प्रजिअ जोशीले भने, ‘त्यहाँको बाटो असहज छ, टाढा पर्छ भनेर हामीले भारतसँग भारतीय बाटो प्रयोगका लागि अनुमति माग्यौँ, पासका लागि अनुरोध गर्यौँ, तर भारतीय पक्षले यो वा त्यो बाहानामा अनुमति दिएन, त्यसैले नेपालकै बाटो पैदल हिडेर गणकहरु त्यहाँ पुगेका छन्। जनगणनाको काम सकेरै फर्किन्छन्।’

घुम्न जाने नेपालीलाई पास दिइरहेको भारतीय प्रशासनले बाटो बिग्रिएको र केन्द्र सरकारको अनुमति नभएको भन्दै गणकलाई भारतीय बाटोबाट व्यास जान अनुमति नदिएको हो। भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको नाबि, कुटी र गुञ्जी गाउँमा गएर जनगणना गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

‘केन्द्रिय तथ्यांक विभागले वैकल्पिक प्रयोग गरेर जनगणना गर्छौँ भनेर भनिराख्नुभाको छ,’ उनले भने, ‘त्यहाँ अहिलेसम्म कुनै किसिमको जनगणना गर्न सकिने सम्भावना आजका मितिसम्म मैले देखेको छैन। तर कुनै त्यस्तो किसिमको प्रविधि भए त्यसपछि मात्रै जानकारी होला।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार