मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

त्यो एक दिन केपी ओलीसंगको….

सुदूरपूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले प्रवेश गरे संगै माओवादी केन्द्रमा ठूलै धक्का लागेको महशुस भएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सुदूरपूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले प्रवेश गरे संगै माओवादी केन्द्रमा ठूलै धक्का लागेको महशुस भएको छ । दुर्गा प्रसाईं आजभोली अन्तर्वार्ता तथा आफ्नो भाषणहरुमा खुलेर माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गर्ने गरेका छन् भने उनले विरोध गरे संगै माओवादी केन्द्रका कार्यकर्ताहरु सामाजीक संजालमा उनी विरुद्ध खनिने समेत गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा एमालेको महाधिवेशनको तीब्र तयारीमा रहेका दुर्गा प्रसाईंसंग एमाले प्रवेश गर्नु र केपी ओलीसंगको निकटता बारेमा जिज्ञासा राख्न खोज्दा उनले खुलेर आफ्नो कुराहरु राखेका छन् । आफूलाई केपी ओलीसंग हजुरबुवाको नाता किनेर ल्याएको समेत आरोप लाउँदा दुख लागेको समेत बताएका छन् । दुर्गा प्रसाईंले अध्यक्ष ओलीसंग भेट्दा आफू कुन कुराबाट प्रभावीत भएको र के कारण एमाले प्रवेश गर्ने निर्णय लिएको कुरा खुलाएका छन् ।

केपी ओली किनेको ‘हजुरबुवा’ होईन

केपी शर्मा ओलीको बुवा चाँही मेरो बुवाको आफ्नै मामा हुन् । मेरो बुवा अहिले त हुनुहुन्न तर बुवाले मामा भनेर केपी ओलीको बुवासंग आशिर्वाद लिनुहुन्थ्यो । त्यही नाताले केपी ओली मेरो हजुरबुवा हुनुभएको हो । मैले यो नाता किनेको पनि होईन गोरु बेचेको साईनो पनि होईन तर सबैले दुर्गा प्रसाईंले फाईदाले हजुरबुवा नाता लायो भने । तर पहिलो पल्ट हाम्रो नाताको बारेमा आज भनेको छु ।

हजुरबुवालाई हजुरबुवा भन्न नपाउने मैले ? हजुरबुवा मात्र भएर फेरि मैले एमाले प्रवेश गरेको होईन तर जब प्रचण्डको कारण केपी ओलीलाई चिने अनि मैले वहाँको कुराहरुबाट प्रभावित भएर एमाले प्रवेश गरेको हुँ ।

केपी ओलीसंगको त्यो एक दिन

केपी शर्मा ओलीसंग मेरो सम्बन्ध भए पनि देशको लागि परिवार भन्दैमा एमाले प्रवेश गर्नुपर्ने वाध्यता मलाई थिएन । मैले माओवादी जनयुद्धमा लाग्दा पनि देशमा परिवर्तन आउँछ र विकास ल्याउन सकिन्छ भनेर लागेको थिएँ । तर जब त्यो आशा मैले प्रचण्डको नेतृत्वबाट नदेखेपछि म कत्तै न कत्तै निराश थिएँ तर व्यक्त भने गर्न सकेको थिईन ।

तर जब केपी शर्मा ओलीसंग मैले एकदिन बिताउने मौका पाएँ त्यो बेला मैले केपी ओलीमाथिको त्यो उर्जा देखें जसले देशको मुहार बदल्न सक्दथ्यो । मेरो अन्तर्वार्ता, भाषणदेखि मेरो बोली सुन्दा प्रायले तपाईमा उर्जा छ भन्थे त्यो भन्दा बढी उर्जा मैले केपी शर्मा ओलीमा देखें । केपी ओलीसंग बिताएको त्यो दिन सम्झन्छु जब संसद विघटन भईसकेको थियो र ओलीमाथी चौतर्फी दबाब थियो र म बालुवाटार पुगेको थिएँ । म हुँदाहुँदै एमाले कै केहि नेताहरुले तपाईले गल्ती गर्नुभयो जस्तो तर्क समेत गरे त कसैले अब सरकार छोड्दिनुस सम्म भने ।

तर केपी ओलीले अडिग भएर मैले गरेको निर्णय अहिलेको परिस्थिति अनुसार ठिक छ र यसको मुल्यांकन चाडैं निर्वाचन मार्फत जनताले गर्छन भन्दा त्यो ओली माथीको उर्जा र आत्मविश्वासले म लोभिएँ । मेरो काम सकिसकेको थियो तर म बालुवाटारबाट बाहिरिन खोजिन । केपी ओलीको त्यो उर्जालाई अझै नियाल्न खोजें । भर्खरै दोश्रोपल्ट मृगौला प्रत्यारोपण गरेको व्यक्तिले यत्ति ठूलो निर्णय लिएको, चौतर्फी नेताहरु प्रधानमन्त्री कुर्सीको लागि दबाब दिएको तर अलिकति पनि नडगमगाएको देख्दा म तीन छक्क परें ।

आफूले गरेको निर्णय यदि गल्ती भए निर्वाचनमा गएर मलाई हटाए भईहाल्यो नि भन्दै आत्मविश्वासको साथ बोल्दा म केपी ओली प्रति लोभिएँ । त्यत्ति तनावका बीच पनि खोपको लागि मित्र राष्ट्रहरुसंग कुराकानी गर्दै खोपको व्यवस्था गर्दै गरेको देखें र सोचे, “यो मान्छेलाई साँच्चै नै भने जस्तो गरि काम गर्न दियो भने त देशमा सम्वृद्धि हाम्रै पालोमा सम्भव रहेछ ।”

बाहिर सडकमा आन्दोलन थियो ओली विरुद्ध, चौतर्फी सरकार छोड्न दबाब र स्वास्थ्य अवस्था अझै तंग्रिएको थिएन तर पनि देश र जनताको लागि विकासको काम गरि नै रहेको देखे । अनि बालुवाटारबाट बाहिर निस्किदैं गर्दा सोचें, मैले खोजेको साथ यस्तै व्यक्ति को हो अनि फेरि मेरो त हजुरबुवा पनि त्यसैले एमाले प्रवेश गर्छु भनेर प्रस्ताव गर्छु भन्ने सोच्दै घर फर्किएँ ।

केपी ओली विकास प्रेमी नेता हुन्

केपी ओलीको बोलीमाथि धेरैले उडाउने गर्छन तर ओलीको बोली भनेको लोकल बोली हुन्छ । त्यसैले ओलीको बोलीमा सत्यता हुन्छ । अरु नेताहरुको बोलीमा डिप्लोमेसी बढी हुन्छ तर केपी ओली आफ्नो बोलीमा सिधै जे हो त्यहि भन्ने गर्छन् र आफ्नो बोलीमा अडिग रहन्छन । भारतले नाकाबन्दी गर्दा सुरुमा विरोध गर्ने केपी ओली अहिले सीमाना विवादमा पनि आफ्नो बोली फेरेका छैनन् तर नेपाली कांग्रेस होस् वा माओवादी केन्द्र, कहिल्यै आफ्नो बोलीमा अडिग भएका छैनन् ।

केपी ओलीले मार्क्स र लेनीनको कुरा गर्नुभन्दा अहिलेको वास्तविकता कुरा गर्ने गरेका छन् । भगवान शिवले पार्वती बोकेर हिड्नु भयो भन्दैमा अहिले श्रीमानले श्रीमती बोकेर त हिड्नु भएन नि, प्राक्टिकल त हुनपर्यो नि । केपी ओली आदर्शका कुरा भन्दा वास्तविकता कुरामा बढि चाँसो दिने भएकाले ओलीको बोलीलाई उडाउछन नेताहरु तर जनताहरुले त्यहि बोलीमा विश्वास गरेर भोट दिएका हुन् नि त ।

पानी जहाजको सपना, रेलको सपना, घर घरमा पाईप लाइनबाट ग्याँस आउने सपना केपी ओलीले देखेका हुन् र कत्ति पूरा हुने क्रममा पनि छन् नि । त्यो भनेको विकास प्रेमी भावना हो । जब सपना देखिन्छ तब न त्यो सपना साकार पूरा गर्न लागिन्छ । अहिले देशभरि विकासको कार्यहरु अघि बढेका छन् र त्यो सबै केपी ओलीको सपना र पालोमा भएको हो ।

केपी ओलीले ल्याएका योजनाहरु अहिले कार्यन्वयनमा आएको त हामी सबैले देखेका छौं नि । तुईन विस्थापनको कुरा होस् या सुरुङ्ग मार्गको कुरा ती सबै केपी ओलीको विकासको योजना थियो नि र अहिले काम अघि बढेका छन् नि । सबै समयमा भएन होला त्यो भनेको हाम्रो देशको राजनीतिक अवस्थाले गर्दा पनि ढिलाई भयो र कोभिडले पनि धकेलियो होला तर ति योजना त अघि बढेका छन् नि । त्यो विकासको हुटहुटि केपी ओलीमा देखे र त्यो हुटहुटिमा मलाई पनि दौडन मन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search