मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

विप्लवको प्रश्न- चौथो कम्युनिष्ट अन्तर्राष्ट्रिय गठनबारे के सोचिरहेको छ चीनले ?

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीलाई चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा माग गरेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

biplop

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीलाई चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा माग गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट तथा वाम पार्टीहरूलाई सोमबार भर्चुअल माध्यमबाट ब्रिफिङ गर्न आयोजित कार्यक्रममा नेकपाले धारणा माग गरेको हो ।

रूसमा क्रान्ति सम्पन्न भएको दुई वर्षपछि सन् १९१९ मा लेनिनले विश्वका कम्युनिष्ट पार्टीहरूबीच मोर्चा बनाउने उद्देश्यले कम्युनिष्ट इन्टरनेशनल अर्थात् कोमिन्टर्न गठन गरेका थिए । यसलाई तेस्रो इन्टरनेशनल पनि भनिन्छ । यसअघि कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको अगुवाईमा १८६४ मा पहिले इन्टरनेशनल स्थापना गरिएको थियो भने १८८९ मा एंगेल्सको अगुवाईमा दोस्रो इन्टरनेशनल बनेको थियो । यसको उद्देश्य विश्वभरीका साम्यवादीहरूलाई संगठित गर्नु थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा पहिलोपटक निम्ताइएका विप्लवले चिनियाँ नेताहरूलाई सोधे, ‘चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे तपाईंहरूले के सोचिरहनुभएको छ ?’

विप्लवको प्रश्नको जवाफ दिन चिनियाँ नेता छिङ काङले लामो समय खर्चिएका थिए । उनले जवाफमा भने, ‘कम्युनिस्ट आन्दोलन र समाजवाद निरन्तर विकास भइरहेको छ र यो नयाँ चरणमा पुगेको छ । चीनमा हामीले पनि यसबारे छलफल गरिरहेका छौं तर निष्कर्षमा पुगिसकेको छैन ।’ आफ्नो विशेषता अनुरुपको बाटो समात्नुपर्ने भन्दै उनले जनता केन्द्रित हुन र व्यवस्थाप्रति प्रतिबद्ध हुन पनि सुझाए ।

विप्लवको प्रश्नको जवाफ दिने क्रममा छिङ काङले भने-

साम्यवाद र समाज निरन्तर विकास भइरहेको छ र नयाँ चरणमा छ । हामीले चीनमा पनि छलफल गरिरहेका छौं तर निष्कर्षमा पुगिसकेका छैनौं । मेरो विचारमा यो ३ चरणबाट गुज्रिरहेको छ । समाजवादको वैज्ञानिक आधार छ । धेरै पहिला साम्यवादलाई जन्माएको मार्क्सवादले समाजवादको विकास गरेको हो र विश्वभर समाजवाद निर्माण भइरहेको छ ।

दोस्रो चरणमा समाजवाद सिद्धान्तबाट व्यवहारमा फेरिएको छ । जस्तै रुसमा । सिद्धान्तसँग व्यवहार मिल्नुपर्छ र व्यवहारले सिद्धान्तलाई गति दिनुपर्छ । र तेस्रो चरण भनेको दोस्रो विश्वयुद्धपछि एउटा मुलुकबाट अर्को मुलुकमा साम्यवाद विकास भइरहेको छ। कैयौं मुलुकमा समाजवाद विकास भइरहेको छ र विश्वलाई परिवर्तन गरिरहेको छ । हाल विश्वमा पुँजीवाद हावी छ र यसले ठूलो प्रभाव पारेको छ । एक मुलुकबाट अर्को मुलुकमा विकास भइरहेको समाजवादले अझै धेरै कुरा जन्माउनुपर्छ । पूर्वी विश्वमा विकास भइरहेको वैज्ञानिक समाजवाद मार्क्सवादीको नयाँ आकांक्षा हो ।

तसर्थ, कम विकसित आर्थिक अवस्था भएका मुलुकले कसरी समाजवाद निर्माण गर्छन् भन्ने प्रश्नको उत्तर दिनुपर्छ । हामीले धेरै अनुभव बटुलेका छौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले लामो समयको अन्वेषणपछि चिनियाँ विशेषताको समाजवाद निर्माण गर्ने कुरालाई जोड दिन्छ ।

त्यस्तै, अन्य कम्युनिष्ट पार्टीको समेत आफ्नै अनुभव र विगत छ । सीपीसी र अन्य कम्युनिष्ट पार्टीको अनुभव समाजवाद निर्माणमा महत्वपूर्ण हुन्छ । समाजवाद परम्परागत सोंचबाट नयाँ सोंचमा फेरिएको छ । हामीले आधुनिक समाजवाद निर्माण गरिरहेका छौं ।

समाजवादको योगदानको कुरा गर्दा हामीले यो विगततर्फ फर्किन सक्दैन भनेर बुझ्नुपर्छ । दोस्रो, यसलाई आर्थिक विश्वव्यापीकरणभित्र समाहित गर्नुपर्छ । समाजवादलाई निश्चित क्षेत्रमा मात्रै सीमित पार्नु हुँदैन, विश्वभर विकास गर्नुपर्छ भनेर माक्सवादीले भन्दै आएका छन् ।

वैज्ञानिक समाजवादका लागि लडिरहेका छौँ : विप्लव

पार्टीका प्रमुख नेताहरूसहित कार्यक्रममा सहभागी विप्लवले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पूरा गरेको अवसरमा शुभकामना दिएका थिए । उनले समाजवादी र पुँजीवादी विश्व दृष्टिकोण र व्यवस्थाबीच संघर्ष चलिरहेको उल्लेख गर्दै भने, ‘विश्वमा शान्ति, स्थिरता र समृद्धिको नेतृत्व समाजवादी खेमाले गर्दै आएको छ र गर्नु परेको छ भने भूमण्डलीकृत पुँजीवादले अस्थिरता, अराजकता, पर्यावरणीय प्रदूषण र अतिक्रमणको नेतृत्व गरिरहेको छ ।’

उनले संसारका कम्युनिष्टहरुले विश्व समाजवादका लागि अझै राम्रो योगदान गर्नुपर्नेमा जोड दिँदै नेकपा नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको बताए । उनले भने, ‘समाजवादलाई रोक्नका लागि देशी तथा विदेशी पुँजीवादी प्रवृत्तिले अनेक हस्तक्षेप गरिरहेको छ । हामी नेपालमा परिवर्तन, शान्ति, स्वाधीनता, मित्रता र समृद्धि चाहन्छौं । यसमा सबैको सहयोग रहोस् भन्ने हामी चाहन्छौं ।’ आफ्नो संक्षिप्त सम्बोधनको क्रममा महासचिव विप्लवले चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गरे ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले सी विचारधारा र नीतिबाट सिंगो मानव जातीले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै विश्व जगतले चीनप्रति आशावादी भएर हेरिरहेको बताए ।

कार्यक्रममा ढिलो गरी सहभागी भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका राष्ट्रबीच सहकार्य गरेर साझा भविष्यसहितको समुदाय निर्माण गर्न चिनियाँ कम्युनिष्ट पार्टीको छैटौं विस्तारित बैठकको विशेष महत्व रहेको धारणा राखे । सम्बोधनको क्रममा प्रचण्डले नेपाल सधैं ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले प्राप्त गरेका सफलताको प्रसंशा गरे । उनले कम्युनिष्टहरू सत्तामा पुगेपछि अहंकारी बन्ने गरेको र यस्तो प्रवृत्तिले आन्दोलनलाई संकटतर्फ धकेल्ने गरेको तर्क गरे ।

कार्यक्रममा नेपालका कम्युनिष्ट तथा वाम पार्टीहरूका साथै भारत, बंगलादेश र श्रीलंकाका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको सहभागिता थियो भने चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र विभिन्न विषयगत विज्ञहरुले बोलेका थिए ।

कार्यक्रममा नेकपा एमाले र जनता समाजवादी पार्टीलाई आमन्त्रण गरिए पनि उक्त पार्टीका नेताहरू बैठकमा सहभागी भएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search