spot_img

कक्षा १२ का विद्यार्थीले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

बुटवलका एक विद्यार्थीले पेट्रोलबिना चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बुटवलका एक विद्यार्थीले पेट्रोलबिना चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन् । बुटवल देवीनगरको नवीन औद्योगिक माविमा सिभिल ओभरसियर विषय पढ्दै गरेका कक्षा १२ का विद्यार्थी सागर पोखरेलले कन्ट्रोलर म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर विद्युतीय मोटरसाइकल बनाएका हुन् ।

४८ भोल्टको लिड एसिड ब्याट्री र ७ सय ५० वाटको मोटरका माध्यमबाट चल्ने मोटरसाइकल प्रतिघण्टा ४५ देखि ५० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने १८ वर्षीय पोखरेलले बताए । १२ भोल्टको ब्याट्रीमा ३२.५ एम्पियर सिरिज कन्भर्ट गरेर ४८ भोल्ट बनाएको उनले जानकारी दिए ।

एकपटक चार्ज गरेपछि मोटरसाइकल एक सय किलोमिटर गुड्न सक्ने सागरले बताए । ‘करिब एक वर्षको प्रयासबाट यो मोटरसाइकल बनाउन सफल भएको हुँ, पोखरेलले भने, ‘एक लाख रुपैयाँ हाराहारीमा मोटरसाइकल बन्ने रहेछ ।’

मोटरसाइकलमा ब्याक गियर र तीनथरि ब्रेकको विशेषता भएको सागरले बताए । उकालो सडकमा ब्याक गियर उपयोगी हुने उनको भनाइ छ । मोटरसाइकलमा भएको ई ब्रेकिङले दुर्घटनाबाट जोगाउने सागरले दावी गरे ।

लिड एसिड ब्याट्री तीन वर्षसम्म टिक्ने र लिथेयम ब्याट्री प्रयोग गरेमा ६ वर्षसम्म टिक्ने उनले बताए । राज्यका सम्बन्धित निकायले सहयोग गरेमा व्यवसायिक रुपमा विद्युतीय मोटरसाइकल स्वदेशमै बनाउन सकिने सागरको विश्वास छ ।

‘अबको युग विद्युतीय सवारीको हो’ सागर भन्छन्, ‘यो वातावरणमैत्री पनि हुन्छ,पेट्रोलमा हुने खर्च जोगिएर ब्यापार घाटा कम गर्न पनि सकिन्छ ।’ आफूले सानै उमेरदेखि एक्साभेटर, रोबोट, भ्याकुम क्लिनर लगायतका विद्युतीय सामग्रीका नमूना बनाउँदै आएको सागरले सुनाए ।

विद्यालयले गर्‍यो सम्मान

विद्युतीय मोटरसाइकल बनाएर नमूना काम गरेको भन्दै नवीन औद्योगिक माविले सागरलाई ५० हजार रुपैयाँ नगदसहित सोमबार सम्मान गरेको छ । सो अवसरमा सागरले आफूले बनाएरको मोटरसाइकल विद्यार्थी र अभिभावकमाझ चलाएर प्रदर्शन गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले सागर नवीन सोचका प्रतिभाशाली विद्यार्थी भएको भन्दै उनलाई प्रोत्साहनको खाँचो रहेको बताए । सागरलाई राष्ट्रिय आविष्कार केन्द्रले समेत थप तालिमका लागि बोलाएको बस्नेतल जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार