सोमवार, मंसिर १३, २०७८
spot_img

गिरिराजमणि पोखरेल: जसले टाउको फोडे पनि एमसीसी संशोधन बिना पास हुदैन

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आवश्यक संशोधनपछि मात्र पास गर्ने बताएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आवश्यक संशोधनपछि मात्र पास गर्ने बताएका छन् । उनले एमसीसी संशोधन गरेरमात्र पारित गर्ने आफ्नो पार्टीको नीति रहेको पनि प्रस्ट पारे ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सिरहाको गोलबजार नगरपालिका-१२, बेतौनामा आयोजित पार्टीको वडा अधिवेशन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले केपी शर्मा ओलीलाई निरन्तर पाँच वर्ष सत्तामा रहन दिएको अवस्थामा निरंकुशता लाद्ने निश्चित रहेको पनि उजागर गरे । सत्तामा रहँदा ओलीले गरेका व्यवहारले नै यसको पुष्टि भएको उनको भनाइ थियो ।

‘मुलुकलाई पछाडि फर्काउने र निरंकुशतातर्फ धकेल्ने कदमको सुरुवात प्रतिनिधिसभा विगटन गरेर नै भएको थियो,’ उनले भने, ‘तर हामी त्यसलाई रोक्न सफल भयौं ।’

संसद पुनर्स्थापनापछि राजनीति फेरि लिकमा आएको उनको भनाइ थियो । उनले ओलीको बोली र व्यवहारमा धेरै भिन्नता रहेको पनि बताए । जनता सामु एउटा कुरा गर्ने र बालुवाटारमा ‘रअ’का प्रमुखसँग बसेर ओलीले अरुनै काम गर्ने गरेको उनले बताए ।

कार्यक्रममा विभिन्न दलबाट ४५० भन्दा बढी स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण आफ्नो पार्टीमा प्रवेश गरेको माओवादीको वडा कमिटीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार