सोमवार, मंसिर १३, २०७८
spot_img

रामदेवको टीभीमा विभागको ‘छापा’ कागजातहरू नियन्त्रणमा

सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ। विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

ramdev

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ। विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए। अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित कार्यालयको उद्घाटन गरेका थिए।

यसैबीच पतञ्जलीले भने टेलिभिजन दर्ता नभएको लगायतका विषयमा भएका टिकाटिप्पणीबारे विज्ञप्ति निकालेर स्पष्ट गर्ने कोशिष गरेको छ। त्यस्तै माओवादी केन्द्र नेपालले पतञ्जली योगपीठलाई तत्काल सबै आयोजना छाडेर भारत जान चेतावनी दिएको छ।

कथित भारतीय योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलीद्वारा नेपालमा इजाजत नलिइकन आस्था नेपाल र पतञ्जली नेपाल नामक टेलिभिजनको उद्घाटन भएको’ भन्दै, सो पार्टीले गैरकानुनी तरिकाले सञ्चालन गर्न लागिएको टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री तथा सत्तारुढ दलका नेताहरु सहभागी भएकोमा खेद प्रकट गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्ष युवराज सफलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि भई सहभागिता जनाउने प्रधानमन्त्री तथा अन्य सत्तारुढ दलका नेताहरुको व्यवहार खेदजनक रहेको जनाएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘भारतमा समेत पतञ्जलीको उत्पादनमा रोक लगाएको अवस्थामा नेपालमा भने पतञ्जलीको उत्पादनलाई प्रश्रय दिन लागिएकाले तत्काल यो कदमको विरुद्ध लाग्न आम नागरिकलाई समाजवादी केन्द्र नेपाल जोडदार माग गर्दछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलीद्वारा सञ्चालित आयोजनालाई जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको भन्दै सो पार्टीले त्यस्तो नगर्न चेतावनीसमेत दिएको छ।

‘नेपाली सञ्चार क्षेत्रको सुधार र तिनलाई सुविधा दिनुको सट्टा गैरकानुनी रुपमा खोलिएको टेलिभिजनलाई महत्व दिने कदमको समाजवादी केन्द्र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, तत्काल पतञ्जलीका सम्पूर्ण आयोजना छोडी भारत जान पनि पतञ्जली योगपीठसँग सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न चाहन्छौ।

त्यस्तै भारतीय योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन्।

शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु।

उनले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गरे। नेपाल कैयौँ ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उनले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती रहेको बताएका छन्।

रामदेव बाबाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे। उनले भने, नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति मेरो नमन छ। जसरी मेरो भारतका बल्लव भाई पट्टेलप्रति सदैव श्रद्धा रही आएको छ। उनले चन्द्रागिरि हिल्सको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा यहाँको प्राकृतिक सुन्दर पक्षको बयान गरे।

उनले भने, हिमशृङ्खला देखिने यस डाँडाको स्वच्छ हावा र प्राकृतिक सुन्दर पक्षका कारण योग तथा ध्यान गर्ने यो एक पुण्य भूमि हो भन्ने भलाई लाग्यो, यस्ता अलौकिक स्थान र सम्पदा नेपालमा मात्र छन्, त्यसैले नेपाल एक पुण्य भूमि हो।

उनले भारतीय अध्यात्मिक व्यक्ति एवं पर्यटकलाई नेपाल आउन र यहाँ आएका बेला चन्द्रागिरि नछुटाउन आग्रह पनि गरे। प्रशस्त हिमालय पर्वत रहेको तथा धार्मिक एवं पवित्र भूमि नेपाल योग तथा ध्यानका लागि संसारकै एक उत्कृष्ट धर्ती भएको उनले बताए।

बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए। त्यस प्रशिक्षणमा उनका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी थिए।

त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जीप लाइनमा पनि सयर गरेका थिए।

रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए। योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार