spot_img

स्मार्ट टेलिभिजनको बजारमा , सामसुङ निकै अगाडि

स्मार्ट टेलिभिजनको विश्व बजारमा दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो पहिलो स्थानलाई अझै मबजुत बनाएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। स्मार्ट टेलिभिजनको विश्व बजारमा दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो पहिलो स्थानलाई अझै मबजुत बनाएको छ ।

सन् २०२१ को तेश्रो त्रैमासिकमा भएको स्मार्ट टेलिभिजनको बिक्रीमा पनि सामसुङले अन्य ब्राण्डलाई निकै पछाडि छाडेको हो ।यो सूचीमा अर्को दक्षिण कोरियाली ब्राण्ड एलजी दोश्रो नम्बरमा रहेको छ ।

तेश्रो त्रैमासिकमा विश्व स्मार्ट टेलिभिजन मार्केटमा सामसुङको बजार हिस्सा ३०.२ प्रतिशत पुगेको छ । जबकि एलजीको बजार हिस्सा १८.४ प्रतिशतमा झरेको छ । यस हिसाबले विश्वको स्मार्ट टेलिभिजन बजारमा यी दुई दक्षिण कोरियाली ब्राण्डले संयुक्त रुपमा झण्डै आधा हिस्सा अर्थात् झण्डै ४९ प्रतिशत हिस्सा कब्जा गरेको देखिएको छ ।

१६ वर्षदेखि निरन्तर: मार्केट रिसर्च फर्म Omdia को रिपोर्ट अनुसार तेश्रो त्रैमासिकमा सामसुङ इलेक्ट्रोनिक्सले विश्व बजारमा कुल तीन करोड गोटा स्मार्ट टेलिभिजन बिक्री गर्न सफल भयो । यस अवधिमा एलजीले जम्मा ६४ लाख गोटा स्मार्ट टिभी बिक्री गरेको छ ।

स्मरण रहोस् पछिल्लो १६ वर्षदेखि विश्व स्मार्टफोन बजारमा सामसुङ नम्बर वान रहँदै आएको छ । सामसुङका प्रिमियम टिभी लाइनअपमा NEo QLED TV tyf Lifestyle TV लगायतका ब्राण्ड रहेका छन् ।

तेश्रो त्रैमासिकमा सामसुङले ६२ लाख गोटा क्यू एलइडी टेलिभिजन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.८ प्रतिशतले बढी हो । यस वर्ष सन् २०२१ मा सामसुङले कुल एक करोडभन्दा धेरै क्यू एल इ डी टेलिभिजन बिक्री गर्नसक्ने प्रक्षेपण गरिएको छ ।

उता एलजीको क्यू एल इ डी टेलिभिजनको बिक्रीमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनामा एलजीको क्यू एल इ डी टिभीको बिक्रिमा ८० प्रतिशतको वृद्धि देखिएको छ । तेश्रो त्रैमासिकमा एलजीले ८ लाख ९९ हजार ओएलइडी टिभी सेट बिक्री गरेको छ । यो तेश्रो त्रैमासिकमा अहिलेसम्मकै बढी बिक्री हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार