Viber Community
Nop Ads

तपाईंको पासवर्ड ह्याक त भएको छैन ? यस्तो छ पत्ता लगाउने तरिका

पासवर्ड कसरी सुरक्षित राख्ने भन्ने विषय सबैका लागि चिन्ताकाे विषय हो । किनभने पछिल्लो समय ह्याकिङका घटना बढिरहेका छन् । त्यस्ता घटनाबाट तपाईंलाई हालसम्म केही असर नपरेको पनि हुनसक्छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

password hack
नेपाल अनलाइन पत्रिका – काठमाडौं। पासवर्ड कसरी सुरक्षित राख्ने भन्ने विषय सबैका लागि चिन्ताकाे विषय हो । किनभने पछिल्लो समय ह्याकिङका घटना बढिरहेका छन् । त्यस्ता घटनाबाट तपाईंलाई हालसम्म केही असर नपरेको पनि हुनसक्छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर, यति कुरा हो, तपाईंले आफ्नो अकाउन्टमा राखेका पासवर्ड ह्याकरले फेला पारिसकेका हुनसक्छन् । त्यस्तोमा कतै तपाईंको पासवर्ड ह्याक त भएको छैन ?
यदि भएको छ भने सुरक्षित पासवर्ड कसरी राख्ने भन्ने विषय सबैभन्दा महत्वपूर्ण हो । यो विषय सामान्य भएता पनि हामी धरैलाई जानकारी नहुन सक्छ । अनि हामीले ख्याल नगरिरहेका पनि हुन सक्छाैं ।
यस्तोमा गुगलले तपाईंको डेटा सुरक्षित गर्नका लागि समाधान उपलब्ध गराएको छ । भने, पासवर्ड लिक भए/नभएको जानकारीसमेत हेर्न मिल्ने अप्सन दिएको छ ।
त्यसका लागि गुगलले गुगल क्रोममा सुरक्षाका लागि ‘एक्स्ट्रा लेयर’ को रुपमा ‘गुगल क्रोम पासवर्ड चेकर’ उपलब्ध गराएको छ । जसले तपाईंले सेभ गरेर राखेका पासवर्डको अवस्थाका बारेमा जानकारी दिनेछ ।
पासवर्ड लिक भए/नभएको जानकारी लिने तरिका
यो फिचर प्रयोग गर्नुअघि एउटा कुरा भने ख्याल राख्नुपर्नेछ । त्यो हो, पासवर्ड गुगल क्रोममा सेभ भएको हुनुपर्नेछ । तपाईंले कुनै प्लेटफर्मको पासवर्ड क्रोममा सेभ गरेर राखेको खण्डमा क्रोमको सर्च बारमा गएर ‘chromeM//settings/passwords’ टाइप गर्नुहोस् । यति गरेसँगै त्यहाँ तपाईंले सेभ गरेका सम्पूर्ण पासवर्ड ईन्क्रिप्टेड फर्ममा देखा पर्नेछन् ।
उक्त पासवर्डसँगै रहेको ‘क्लिक नाउ’ मा क्लिक गरेपछि क्रोमले पासवर्ड जाँच गर्न सुरु गर्नेछ । यसले तपाईंलाई यदि तपाईंको पासवर्ड कमजोर भएको खण्डमा परिवर्तन गर्न अनुरोध गर्नेछ । पासवर्ड बलियो भएको खण्डमा पासवर्ड स्ट्रङ भनी देखाउने छ ।
नयाँ अपडेटको विषयमा जानकारी दिँदै गुगलले आफ्नो ब्लगमा लेखेको छ, ‘नयाँ फिचरको उद्देश्य साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई कम गर्नु हो । यसले सम्भावित साइबर आक्रमणबाट जोगिन मद्दत गर्नेछ ।’
यसरी तयार पार्नुहोस् सुरक्षित अनि बलियो पासवर्ड क्रोमको पासवर्ड जेनेरेटरले तपाईंलाई प्रत्येक वेबसाइटका लागि बलियो र युनिक पासवर्डको विकल्प सुझाउने काम गर्दछ । यसले अकाउण्टलाई सुरक्षित बनाउनुका साथै अनधिकृत पहुँचबाट समेत रोक्ने गर्दछ ।
यसबाहेक क्रोमले तपाईंलाई पासवर्ड सम्झिराख्नुपर्ने झन्झटबाट समेत मुक्ति दिलाउनेछ । त्यसका लागि यसमा पासवर्डलाई तपाईंको गुगल अकाउन्टसँग सिंक गराउने फिचर उपलब्ध गराइएको छ । अब क्रोममा यो फिचर डिफल्ट रुपमा नै आइसकेको छ । तपाईं यसको प्रयोग गरेर अनलाइन अकाउन्ट बनाउँदाको समय बलियो पासवर्ड तयार पार्न सक्नुहुनेछ ।
यसका लागि सबैभन्दा सुरुमा तपाईंले क्रोमको सेटिङमा गएर सिंक फिचर इनेबल गर्नुपर्ने हुन्छ । अब कुनै पनि वेबसाइटमा जानुहोस् र एउटा नयाँ अकाउन्ट क्रियट गर्ने कोसिस गर्नुहोस् । जब तपाईं पासवर्ड बक्समा ट्याप गर्नुहुन्छ, क्रोमले स्वचालित रुपमा तपाईंलाई एउटा मजबुत पासवर्ड बनाउन सघाउनेछ ।
यदि यो विकल्प फेला पार्नुभएन भने बक्समा ट्याप गरिसकेपछि चाबी आकारमा देखा पर्ने आइकनमा क्लिक गर्नुहोस् र ‘सजेस्ट स्ट्रोङ पासवर्ड’ विकल्प रोज्नुहोस् ।
यसरी सिर्जना भएको पासवर्ड अब तपाईं कुनै पनि ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईं कुनै वेबसाइटमा साँच्चिकै अकाउन्ट साइनअप गर्दै हुनुहुन्छ भने तपाईंको पासवर्ड क्रोममा आफै सेभ भएर बस्नेछ ।
यदि तपाईंले यो विकल्प देख्नु भएन भने क्रोमको सेटिङमा जानुहोस् । अब त्यहाँ पासवर्ड्स अर्थात अटो फिल लेखिएको देख्नुहुनेछ । त्यसमा तपाईंले ‘सेभ पासवर्ड’ वा ‘अफर टु सेभ पासवर्ड’ अप्सन देख्न सक्नुहुनेछ । त्यसलाई अन गर्नुहोस् ।
गुगल पासवर्ड जेनेरेटर फिचर कम्प्युटर तथा ल्यापटप र मोबाइल दुवै भर्सनमा सपोर्ट गर्दछ । यस हिसाबले तपाईं अलग-अलग अकाउन्टका लागि गुगल क्रोमको सहयोगमा सुरक्षित र युनिक पासवर्ड तयार पार्न सक्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

फेसबुकको मूल कम्पनी मेटालाई गिफी बेच्न बेलायती नियमनकारीको आदेश

फेसबुकको मूल कम्पनी मेटालाई बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरणले गिफी  बेच्न आदेश दिएको छ।

६ महिनाभित्र फाइभजी परीक्षण गर्ने टेलिकमको तयारी

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले आगामी ६ महिनाभित्र फाइभजी परीक्षण गर्ने तयारी गरेको छ ।

भारतमा फाइभजी सेवाको सफल परीक्षण

भारतमा देशको तेस्रो नम्बरमा रहेको टेलिकम अपरेटर भोडाफोन आइडियाले शुक्रबार पुणेमा फाइभजीको परीक्षण गरेको छ।

अब सधैँका लागि बन्द भयो सामसङ ग्यालेक्सी नोट सिरिजका उत्पादन !

सन् २०२२ मा सामसङले नोट सिरिज अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर, अब भने नोट सिरिज सधैँका लागि बन्द हुने जानकारी सार्वजनिक भएको छ ।

इन्स्टाग्राममा स्टोरीज भिडियोका लागि ६० सेकेण्डको समय उपलब्ध हुने

इन्स्टाग्राम प्रयोगकर्ताका लागि खुसीको खबर छ। मेटाको स्वामित्वमा रहेको यो कम्पनीले चाँडै नै प्रयोगकर्ताका लागि नयाँ सुविधा ल्याउने भएको छ।

‘सुपर मोबाइल एप’ यसरी उदाउँदैछन्

साथीभाइलाई म्यासेज गर्ने अथवा कन्टेन्टको फिड ब्राउजिङ गर्ने जस्ता एक अथवा दुई प्रयोजनमा उपयोग हुने ती एपहरू विस्तारै आफूअन्तर्गत सकेसम्म मानिसहरूले अनलाइनमा गर्ने धेरैजसो गतिविधिलाई समेट्न खोजिरहेका छन् ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search