बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

आफ्नै गढमा कमजोर देखिए भीम रावल, सुदूरपश्चिमको हिसाव-किताब यस्तो छ !

चितवनमा हुने एमालेको दशौं महाधिवेशनका लागि आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Bhim Rawal
नेपाल अनलाइन पत्रिका – काठमाडौं। चितवनमा हुने एमालेको दशौं महाधिवेशनका लागि आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । रिपोर्टस क्लबमा उम्मेदवारी घोषणा गर्दै उनले अध्यक्ष ओलीलाई आफूलाई विश्वास गर्न र पार्टी सञ्चालनको जिम्मा दिन आग्रह गरेका थिए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा रावलले सबैभन्दा बढी मत ल्याएका थिए । राजधानीको भृकुटीमण्डपमा ०७१ असार १९–२५ मा एमाले नवौं महाधिवेशन चलेको थियो । उपाध्यक्ष पदमा पाँच पदका लागि १० जनाको उम्मेदवारी परेको थियो ।
०७१ साउन १ गते घोषणा भएको मत परिणाम अनुसार रावलले २ हजार १५२ मत मध्ये ११४३ मत ल्याएका थिए । उनले आफ्नो शक्तिको आधार अहिले पनि त्यही लोकप्रियतालाई देखाउने गरेका छन् । तर अहिले रावलको धरातल भने फेरिएको छ ।
नवौं महाधिवेशनमा सबैभन्दा लोकप्रिय मत ल्याएका रावललाई दशौं महाधिवेशनमा त्यो साख बचाउन चुनौती छ । अहिले आफ्नै क्षेत्रमा कमजोर देखिएपछि अध्यक्षमा अपेक्षित मत ल्याउन निकै सकस हुने आँकलन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल अहिले भने कमजोर छन् । कुनै बेला रावलको अगाडि ठाडो शीरले उभिन नसक्नेहरु अहिले सुदूरपश्चिममा एमालेको प्रभावी नेता बनेका छन् । एमालेले वडादेखि महाधिवेशन प्रतिनिधि समेत अधिकांश स्थानमा सर्वसम्मत ढंगले चयन गरेको छ ।
नौ जिल्ला रहेको यस प्रदेशबाट पार्टीभित्र चयन भएका अधिकांश नेतृत्वमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको वर्चस्व रहेको छ । प्रदेशमा ओलीको लिगेसी प्रदेश अध्यक्ष कर्ण थापा, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज नारदमूनि राना लगायतले लिएका छन् ।
प्रदेशबाट अहिले एक सय ७१ जना महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११ जना छनोट भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए ।
त्यस्तै बाजुरा २१, कञ्चनपुर १६, डोटी १६, कैलाली ४४ र अछामबाट १४ जना छनोट भएको उनले बताए । १६४ जना निर्वाचन क्षेत्र र मजदुर संगठनबाट छनोट भएका छन् भने पाँचजना प्रदेश कमिटीले मनोनित गरेको छ ।
एक सय ७१ जना मध्ये रावल पक्षका प्रतिनिधि दुई दर्जन पनि पुग्न समस्या हुने एमाले स्रोतको दाबी छ । किनभने हिजो जसको बलमा रावलले सुदूरपश्चिममा राज गरेका थिए उनीहरु अहिले एमालेमा छैनन् । ‘उहाँले प्रदेशबाट २ प्रतिशत मत ल्याउन सक्नुहुन्छ,’ एमाले स्रोत भन्छ ‘अहिले एमालेमा फेरि ओलीलाई नै अध्यक्ष बनाउने कुरामा सबै एक मत भएको हुँदा उहाँको मत निकै कम हुन्छ ।’
अब ५ प्रतिशत केन्द्रले प्रतिनिधि मनोनित गर्नेछ । सुदूरपश्चिम प्रदेशबाट १५ जनाको नाम सिफारिस गरिएको छ । करिब ७ जना मनोनित हुने भनिएको छ । उनीहरू पनि रावल इतर हुने दाबी गरिएको छ । रावलको गृहजिल्ला अछामबाट भने उनी पक्षका प्रतिनिधि छनोट भएका छन् । कञ्चनपुरबाट पनि केही प्रतिनिधि छनोट भएको बताइएको छ ।
महाधिवेशन प्रतिनिधि एकलौटी ढंबाट छनोट गरिएको भन्दै कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा विवाद नै भएको थियो । विगतमा ओली पक्षमा रहेका कैलाली अध्यक्ष रतनबहादुर थापाले सो निर्वाचन क्षेत्रबाट धनगढीमा महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए ।
रावल समूहमा रहेको भनिएका जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा, लम्की चुहाका नगर प्रमुख महादेव बजगाईँ लगायतले एक हजार दुई सय व्यक्तिको भेला गराई महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए ।
भीम रावलनिकट रहेका झपट रावलले ओली पक्षले एकलौटी प्रतिनिधि छनोट गरेको भन्दै थप ९ जनाको नाम पठाएका थए । तर उनीहरू अवैध रहेको यसअघि प्रदेश अध्यक्ष कर्ण थापाले बताइसकेका छन् ।
‘महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भइसकेका छन्,’ प्रदेशको महाधिवेशन प्रतिनिधि छनोटपश्चात् धनगढीमा आयोजित पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भनेका थिए, ‘कैलाली क्षेत्र नम्बर दुईमा पार्टीले छनोट गरेका प्रतिनिधि वैध हुन् ।’ कैलाली क्षेत्र नम्बर २ का समानान्तर प्रतिनिधीहरुले मान्यता नपाउने अवस्थामा रावल थप कमजोर हुने अवस्थामा देखिएका हुन् । यस अघि रावलको साथमा रहेकाहरू पनि अहिले उनीसँग छैनन् ।
सुदूरपश्चिमबाट २५ जना केन्द्रीय सदस्यमध्ये अहिले रावलसहित कैलालीका झपट रावल र बाजुराका प्रकाश शाह मात्रै उनीसँग छन् । प्रतिनिधिसभा सदस्यमध्ये कैलालीका रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट मात्रै रावलसँग छन् । उनी इतर ठूलो समूह अहिले प्रदेशमा बलियो अवस्थामा रहेको छ ।
‘यस अघि उहाँ धेरै बलियो हुनुहुन्थ्यो तर, अहिले धेरै कमजोर हुनुभएको छ’ एमालेका एक नेताले भने, ‘यस्तै अवस्था उहाँ अध्यक्षमा लड्नु भयो भने अपेक्षित मत पनि पाउन नसक्ने अवस्था छ ।’
महाधिवेशनमा छनोट भएका प्रतिनिधिहरुमा ओली पक्षको वर्चस्व रहेको हुँदा रावललाई समस्या हुने बताइन्छ । एमाले विभाजन हुनु भन्दा अघि सम्म रावल प्रदेशमा बलियो अवस्थामा थिए । तर, उनी निकट रहेका अधिकांश नेताहरूले उनको साथ छोडेपछि रावल आफ्नै भूगोलमा कमजोर भएका हुन् । रावल निकट रहेका १४ जना प्रदेश सभा सदस्यहरूले नेकपा एस रोजेका थिए ।
रावल सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ– झपट निकट रहेका केन्द्रीय सदस्य झपट रावलले भीम रावल सर्वसम्मत पार्टी अध्यक्ष बन्ने सक्ने दाबी गरेका छन् । यसअघि पार्टी अध्यक्ष केपी ओली एउटै कक्षामा दोहोरिन्न भन्ने सन्दर्भलाई जोड्दै उनले भने, ‘अहिलेसम्म अध्यक्षमा भीम रावलले मात्रै उम्मेदवारी दिनुभएको छ । अध्यक्ष कमरेड एउटै कक्षामा दोहोरिन्न भनिसक्नु भएको छ । अबको सर्वसम्मत अध्यक्ष भीम रावल हुन सक्नुहुन्छ ।’
उनले भीम रावल कमजोर नभई थप बलियो भएको दाबी गरे । ‘उहाँको अडान र राष्ट्रियताको विषयले गर्दा अझै बलियो हुनुभएको छ,’ उनले भने, ‘अबको अध्यक्ष उहाँ नै हो ।’
सुदूरपश्चिममा त उहाँ (भीम रावल) कमजोर हुनुभएको होइन र ? भन्ने प्रश्नमा झपट भन्छन्, ‘‘उहाँ सुदूरपश्चिमको मात्रै नेता होइन देशभरिको नेता हो । उहाँ देशभरिमा बलियो हुनुभएको छ ।’
सुदूरपश्चिम प्रदेशका नियोजित रूपमा प्रतिनिधि छनोट गरिएको भन्दै उनले विरोध गरे । ‘कैलाली क्षेत्र नम्बर २ मै हेर्नुहोस् न,’ उनले प्रतिप्रश्न गरे, ‘कार्यकर्ताको बीचमा नगई धनगढीमा बसेर प्रतिनिधि छनोट गर्न मिल्छ ?’
रावलले आफूले पनि सचिव पदमा उम्मेदवारी दिन सक्ने बताए । घनश्याम भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनको भनाइ थियो । भीम रावललाई सर्वसम्मत अध्यक्ष बनाउँदा पार्टी अझै मजबुत हुने उनको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search