Viber Community
Nop Ads

प्लेन उडाउँदा उडाउँदै पाइलटको ‘ड्यूटी’ सकिएपछि रुकुम उडेको प्लेन नेपालगञ्ज पुग्यो

आकाशमा प्लेन उडाउँदा उडाउँदै पाइलटको ड्यूटी सकियो । के अब पाइलटले जहाजलाई गन्तव्यमा नपुर्याउने ?

Viber Community

नेपाल अनलाइन पत्रिका

plane
नेपाल अनलाइन पत्रिका – काठमाडौं। आकाशमा प्लेन उडाउँदा उडाउँदै पाइलटको ड्यूटी सकियो । के अब पाइलटले जहाजलाई गन्तव्यमा नपुर्याउने ? घटना सोमबारको हो । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थल उड्दै थियो । अपरान्ह ३ बजेको समयमा जहाज काठमाडौँबाट छुट्ने समय तालिका थियो । जहाजमा ८ जना यात्रु थिए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर, जहाज रुकुमको चौरजहारी नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण भयो । एयरहोस्टेजबाट जहाजमा कुनै प्राविधिक समस्या आएको पनि जानकारी भएन, र नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दैछौ भन्ने पनि जानकारी नपाएका यात्रुहरु चाँडै चौरजहारी आईपुगियो भनेर खुशी भए । तर, विमान नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।
चौरजहारी रुटकै बीचमा पर्ने नेपालगञ्जमै प्लेन अवतरण हुनुको कारण भने आकाशमै पाइलटको ड्यूटी सकिनु रहेको छ । जहाज उडाउँदा उडाउँदै पाइलटको ड्यूटी सकिएपछि उनले प्लेनलाई नेपालगञ्जमै अवतरण गराए ।
जहाजका पाइलट थिए पेम्बा शेर्पा । सोमबार उनको ड्यूटी बिहान ५ः३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म मात्रै थियो । ड्यूटी सकिने समयमा जहाज नेपालगञ्जको आकाशमाथि पुगेपछि पाइलट शेर्पाले आफ्नो ड्यूटी सकिएको भन्दै जहाजलाई नेपालगञ्ज विमानस्थलमै अवतरण गराए ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यो घटनाबारे आफूले पनि जानकारी पाएको भन्दै थप कुरा बुझ्ने काम भईरहेको बताए । पाइलटको सनकका कारण यात्रुले दुःख पाएको भन्दै आलोचना भएपनि निगम प्रशासनले थप बुझ्ने र आवश्यक निर्णय लिईने जनाएको छ ।
आफ्ना पाइलटले गन्तव्यसम्म यात्रु नपुर्याएपछि यात्रुहरुलाई नेपालगञ्जकै होटलमा राखेर मंगलबार बिहान रुकुमको चौरजहारी पुर्याइसकिएको निगम स्रोत बताउँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

नागार्जुनमा रहेका राजालाई नारायणहिटी सारिदैं, यस्तो छ तयारी !

राप्रपाका अध्यक्ष कमल थापाले संसदमा सम्मानजनक स्थान र सडकमा रहेक दिन १ लाख कार्यकर्ता उतार्न सकेको दिन निर्वासनमा रहेका राजालाई नागार्जुनबाट नारायणहिटीमा ल्याएर राख्ने चेतावनी दिएका छन्।

पर्यटनमन्त्री आलेले भने- म आफैँ एयरपोर्टमा ट्याक्सीबाट लुटिएँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

सत्ता गठबन्धन : अब प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search