शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

एमाले पत्तासाफ, राष्ट्रिय सभाको निर्वाचनबाटै !

संघदेखि प्रदेशसम्मका पाँचवटा सरकार गुमाएको एमालेले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप आठ सदस्य पनि गुमाउने सम्भावना छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli
नेपाल अनलाइन पत्रिका – काठमाडौं। संघदेखि प्रदेशसम्मका पाँचवटा सरकार गुमाएको एमालेले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप आठ सदस्य पनि गुमाउने सम्भावना छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

राष्ट्रिय सभामा एमालेका २३ सदस्य छन् । तीमध्ये एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चाररचार, कांग्रेसका तीन र मनोनीत एक जनाको कार्यकाल फागुन २० मा सकिँदै छ । रिक्त हुने पदमा आगामी माघ १२ मा निर्वाचन हुँदै छ ।
यो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सहकार्य गर्ने निर्णय गरेका छन् । गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय भइसकेको छ,’ माओवादी नेता लीलामणि पोखरेलले भने, ‘कसले कति संख्या लिने भन्नेचाहिँ निर्णय हुन बाँकी छ ।
दलहरूबीच अहिले जसको म्याद सकिन्छ, त्यो उसैले लिने सहमति भएको तर एमालेको आठ सिटमा कसले कति लिने भन्ने टुंगो लाग्न बाँकी रहेको कांग्रेसका एक नेताले बताए ।
राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार सरकारले माघमा निर्वाचन गर्न लागेको हो । ‘निर्वाचन आयोगले चाँडै कार्यतालिका सार्वजनिक गर्नेछ,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले भने ।
निर्वाचन घोषणासँगै दलहरू भने अंक जोड–घटाउमा लागेका छन् । मतदाताको संख्या विश्लेषण गर्दा पनि गठबन्धनको तुलनामा एमाले प्रदेश १ बाहेक अन्य ६ वटै प्रदेशमा कमजोर देखिन्छ ।
प्रदेश १ बाहेक अन्यत्र हामी कमजोर देखिएका छौं,’ फागुन २० मा कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले भने, ‘अन्य प्रदेशमा जित्न हामीले धेरै मिहिनेत गर्नुपर्ने देखिएको छ ।’
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्न पाउँछन् । सत्ता गठबन्धनमा एकमत भएको अवस्थामा प्रदेश १ बाहेक अन्य ६ वटै प्रदेशबाट एमालेले जित्ने सम्भावना शून्य छ ।
निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार प्रदेश १ मा गठबन्धनको मतभार ४ हजार ४ सय ६४ छ भने एमालेको ४ हजार ५ सय ४२ छ । साना पार्टीको मतभार ३ सय ४२ छ । प्रदेश सदस्य टंक आङबुहाङले दल त्याग गरेपछि त्यो पदमा अर्को व्यक्ति निर्वाचित भइसकेको छैन ।
राष्ट्रिय सभा निर्वाचन ऐनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदार १८ निर्धारण गरिएको छ । यही मतभारका आधारमा प्रदेश १ मा गठबन्धनभन्दा एमाले अगाडि देखिन्छ ।
प्रदेश १ मा अपांगता भएका वा अल्पसंख्यक समुदायका १, महिला १ र अन्य समूहबाट प्रतिनिधित्व गरेका राष्ट्रिय सभाका एक सदस्यको पद रिक्त हुँदै छ । अल्पसंख्यकमा यसअघि निर्वाचित अगमप्रसाद बान्तवा राईको चारवर्षे कार्यकाल सकिँदै छ । त्यस्तै, महिलामा नैनकला ओझा र अन्य समूहबाट परशुराम मेघी गुरुङको कार्यकाल सकिँदै छ ।
प्रदेश २ मा महिला समूहबाट शशिकला दाहाल र अन्य समूहबाट सुमनराज प्याकुरेलको कार्यकाल सकिँदै छ । प्याकुरेल यसअघि एमाले कोटाबाट निर्वाचित भएका थिए । यहाँ सत्ता गठबन्धन बलियो देखिएको छ ।
प्रदेश २ को मतदाता संख्याका आधारमा मतभार विश्लेषण गर्दा गठबन्धनको मतभार ७ हजार १ सय ४६ देखिन्छ भने एमालेको मतभार ९ सय ४२ मात्रै छ । समाजवादी लोकतान्त्रिकसहित साना दलको मतभार १ हजार ८ सय छ ।
त्यस्तै वाग्मती प्रदेशमा महिला समूहबाट उदया शर्मा पौडेल र अन्य समूहबाट राधेश्याम अधिकारीको कार्यकाल फागुन २० मा सकिँदै छ । यहाँ पनि एमाले कमजोर देखिन्छ ।
वाग्मतीमा ९ हजार ५ सय १६ मतभारमध्ये गठबन्धनको ४ हजार ९ सय ५६ र एमालेको ४ हजार १ सय ५२ मतभार छ । राप्रपा, नेमकिपा र विवेकशीलको मतभार चार सय आठ छ । यसले के देखाउँछ भने एमाले र अरू साना दल मिल्दा पनि गठबन्धनको जति मत पुग्दैन । गठबन्धन कायमै रहे एमालेले जित्ने सम्भावना देखिँदैन ।
गण्डकी प्रदेशमा दलित समूहबाट खिमकुमार विक, अन्य समूहबाट दीनानाथ शर्मा र महिला समूहबाट शान्तिकुमारी अधिकारीको ठाउँमा निर्वाचन हुन लागेको हो । गण्डकीमा पनि एमाले कमजोर देखिएको छ ।
साना दल र एमाले मिल्दा पनि एमालेका उम्मेदवारले जित्ने सम्भावना न्यून छ किनभने गण्डकीमा गठबन्धनको मतभार २ हजार ९ सयभन्दा बढी छ भने एमालेको २ हजार ३ सय ९४ छ । साना दलको मतभार ५ सय १० छ ।
लुम्बिनी प्रदेशमा महिला समूहबाट कोमल वली, अन्य समूहबाट दृगनारायण पाण्डेय र दलित समूहबाट रामलखन चमारको पदमा निर्वाचन हुनेछ । लुम्बिनीमा गठबन्धनको मतभार ४ हजार १ सय १० छ भने एमालेको ३ हजार ३ सय २३ छ ।
साना दलको ४ सय ८ मतभार छ । कर्णालीमा महिला समूहबाट कविता बोगटी र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहबाट माओवादीका जीवन बुढाको पदमा निर्वाचन हुनेछ । कर्णालीमा पनि गठबन्धन बलियो छ । गठबन्धनको २ हजार ५ सयभन्दा बढी मतभार छ भने एमालेको १ हजार ४ सय ३४ मात्रै छ । अरू दलको मतभार ५ सय ८८ छ ।
सुदूरपश्चिममा दलित समूहबाट चक्रप्रसाद स्नेही, महिला समूहबाट तारादेवी भट्ट, अन्य समूहबाट शेरबहादुर कुँवरको ठाउँमा निर्वाचन हुन लागेको हो । यहाँ गठबन्धनको मतभार ३ हजार ७ सय ५५ र एमालेको १ हजार ७ सय ८८ छ । अन्य दलको मतभार १ सय ३२ छ ।
अहिले निर्वाचित सदस्यको कार्यकाल ६ वर्ष हुनेछ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता अधिकारीले अबको निर्वाचनमा गठबन्धन मिल्दा एमाले पहिलो पार्टी नरहने बताए । ‘गठबन्धन मिल्दा राष्ट्रिय सभामा एमालेको अंकगणित तल झर्न सक्छ,’ उनले भने, ‘मतभार हेर्दा प्रदेश १ मा पनि एमाले टाइट छ, अरू प्रदेश त धेरै तल छ । निर्वाचनपछि माओवादी अघि बढ्ने देखिन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search