Viber Community
Nop Ads

सर्वसम्मत नहुने भए पछि ओलीले फेरे आफ्नो रणनीति, अब सबै पदको टुङगो यसरी लगाउदै छन !

सोमबार दिउँसो तीन बजेका लगि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भयो । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli Sharma
नेपाल अनलाइन पत्रिका – काठमाडौं। सोमबार दिउँसो तीन बजेका लगि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भयो । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, यो बैठकमा केन्द्रीय कमिटीबाट मनोनित हुने महाधिवेशन प्रतिनिधि चयन लगायतबारे छलफल गर्ने कार्यसूची छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

स्थायी कमिटी बैठक स्थगित हुँदा एमालेमा सोमबार अध्यक्ष ओली सम्मिलित भएर शुक्रबार चितवनमा शुरू हुने १०औं महाधिवेशनसम्बन्धी कुनै निर्णय हुन सकेन । जबकी आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेकाले ओलीको गतिविधि आमचासो थियो । तर यसअघि जस्तै ओली मौन रहे भने एमाले पंक्तिको सन्नाटा कायमै रह्यो ।
भीम रावलको उम्मेद्वारी घोषणाले परिस्थिति नै अलग हुन पुगेको छ’, ओली निकट स्रोत भन्छ । ओली यो महाधिवेशनबाट निर्विरोध अध्यक्ष दोहोरिन चाहन्थे । उनी निकट नेताहरूले समेत निर्विरोध नेतृत्व चयनको दावी गरिरहेका थिए । तर रावलको उम्मेद्वारी घोषणाले निर्विरोध अध्यक्ष बन्ने ओलीको चाहना खण्डित हुन पुगेको छ ।
‘भीम रावलसँग अध्यक्ष कमरेडले धेरै कुरा गर्नुभएको हो । सहमतिको प्रयत्न पनि भएकै हो, तर उहाँ ९रावल० अगाडि बढ्नुभयो’, ओली निकट एक नेता भन्छन् । ती नेताका अनुसार, अध्यक्ष पदमै निर्विरोध नहुने भएपछि ओलीको मनस्थिति बदलिएको छ । ‘अब सायद सबै पदमा निर्वाचन हुन्छ होला । अध्यक्षमै निर्विरोध नहुने भएपछि बाँकी पदहरुमा सहमति भनेर किन नेताहरुको मन दुखाउने र?’, ती नेता भन्छन् ।
जबकी ओलीलाई निरन्तर साथ दिएका नेताहरू मात्रै नभएर माओवादीबाट आएका र १० बुँदे पक्षधर कतिपय नेताहरू समेत ओलीको संकेत पर्खेर बसिरहेका छन् । ओलीले स्वयंमले पनि महाधिवेशन प्रतिनिधि छनोटका लागि चुनाव हुनु अघिल्ल्लो दिन २६ कात्तिकमा भिडियो सन्देश जारी गरी उच्च स्तरको सहमतिबाट प्रतिनिधि चयन र नेतृत्व निर्माणमा जोड दिन निर्देशन दिएका थिए । त्यही कारण पदाधिकारीका आकांक्षी नेताहरूले आफ्नो आकांक्षा सार्वजनिक गर्न सकेका छैनन् ।
ओलीको समर्थन नपाए सहमति वा मतदान दुवै अवस्थामा उम्मेद्वारी घोषणाको अर्थ नहुने बुझाइका कारण नेताहरुले आफ्नो आकांक्षा सार्वजनिक नगरेका हुन् । तर रावलको उम्मेद्वारी घोषणासँगै अध्यक्ष ओली स्वयं सबै पदको छिनोफानो मतदानबाट गर्ने मनस्थितिमा पुगेको उनी निकट अर्का नेता बताउँछन् । ‘पद थोरै छ ।
आकांक्षी नेताहरुको व्यवस्थापन सजिलो छैन । यसको विकल्प निर्वाचन नै हो’, ती नेता भन्छन् । एमालेले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ । तर कुनैपनि पदमा तीन भन्दा बढीले आकांक्षा राखेका छन् । मुख्यगरी बरिष्ठ उपाध्यक्ष र महासचिव पदमा धेरै आकांक्षी देखिएका छन् । महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र माओवादीबाट आएका रामबहादुर थापा बादल वरिष्ठ उपाध्यक्ष बन्ने चाहनामा छन् । प्रत्यक्षरपरोक्ष रुपमा ओलीलाई उनीहरुले आफ्नो चाहना राखेका छन् ।
अध्यक्षपछि दोस्रो कार्यकारी पद महासचिवमा पनि आकांक्षी संख्या धेरै छन् । उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र शंकर पोखरेलले महासचिव बन्ने चाहना राखेका छन् । माओवादीबाट आएका र १० बुँदे पक्षधर नेताहरूलाई सम्मानजनक हैसियत पद दिंदै सहमति जुटाउन सजिलो छैन ।
‘भीम कमरेडले उम्मेद्वारी फिर्ता लिएर निर्विरोध हुने अवस्था आउँदा अर्कै कुरा हो । तर अब सहमति भनेर अध्यक्ष कमरेडले चुनौती लिने अवस्था नहोला ’, बालकोट स्रोत भन्छ । रावललाई मनाएर कुनै पद दिंदा १० बुँदे गरी एमालेमै बसेका अन्य नेता मनाउन नसकिने, अनि आफ्ना निकट र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन समेत कठिन बन्ने हुँदा ओली निर्वाचनको मनस्थितिमा पुगेको ती स्रोत बताउँछन् ।
बरु निर्वाचनको प्रक्रियाबाट पदाधिकारी चयन हुँदा नेताहरुको व्यवस्थापन सजिलो हुने भएकाले पनि मतदानको विकल्प नै उचित हुने कतिपय नेताहरुको समेत बुझाइ छ । संसदीय दलका उपनेता नेम्वाङ पनि निर्वाचनबाट नेतृत्व चयनको संभावना बढी देख्छन् । ‘सर्वसहमतिले नेतृत्व चयन अत्यन्तै राम्रो हो । तर भीम कमरेडको डिटेलमा आइसकेको छ । अब निर्वाचनको विकल्पमा गइन्न भन्ने देख्दिनँ’, नेम्वाङ भन्छन् ।
‘मतदानमा जाँदा राम्रो सन्देश जाँदैन । बरु आवश्यक परे पदाधिकारी संख्या अझै बढाउन उपयुक्त हुन्छ भनेर अध्यक्ष कमरेडलाई भनेका छौं’, एक स्थायी कमिटी सदस्य भन्छन् । एमाले विरुद्ध पाँच दलीय गठबन्धन बनेको र पार्टीभित्र भावनात्मक एकताको खाँचो भएकाले पनि मतदानमा जान उपयुक्त नहुने ती नेता बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।

केपी ओली : अहंकारी र घमन्डी नेता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search