सोमवार, मंसिर १३, २०७८
spot_img

महेश बस्नेत : ओलीलाई फादर अफ द नेशन भनी सबैले स्वीकारिसके

नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘फादर अफ नेशन’ भनी सबैले स्वीकारिसकेको दाबी गरेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Mahesh Basnet

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘फादर अफ नेशन’ भनी सबैले स्वीकारिसकेको दाबी गरेका छन् । उनले ओली अब एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्म अध्यक्ष बन्ने समेत बताए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आज (मंगलबार) काठमाडौँमा एक मिडिया साक्षात्कार कार्यक्रमा बोल्दै नेता बस्नेतले आफूले पनि सचिवमा उम्मेदवारी दिने घोषणा गरे । उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिएर विजयी गराउने पनि बताए ।

नेता बस्नेतले भने, ‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाहरुले स्वीकार गरेका छन्, यो महाधिवेशनलाई उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु ।’

पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १० औं महाधिवेशनमा नेतृत्व चयन गरिने उनको भनाइ थियो । उनले भने, ‘जनपरिचालनको हिसाबले हामी यो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौं । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौं । नारायणी किनारादेखि गैंडाकोट सबै भू–भाग मानवसागरले भरिन्छ ।’

नेतृत्व चयनको विषयमा अनेकखालको बहस हुने गरेको पनि स्मरण गराउँदै उनले थपे, ‘कम्युनिष्ट पार्टी नेताप्रधान होईन, नीति प्रधान हुन्छ भनेर पुष्पलालले भन्नुभएको थियो, तर नेपालमा नेतृत्वलाई विस्थापित गर्ने भूमिका पनि खेलिएको हामीले पाएका छौं, दुईधारको संघर्षको नाममा नोहरुलाई खुईल्याउने, कमजोर बनाउने र विस्थापित गर्ने काम पनि यहाँ भएको छ ।

भारतले नरेन्द्र मोदीलाई र चीनले सि जिनफिङलाई अघि बढाएका छन्। यो महाधिवेशनबाट हामी केपी ओलीलाई एउटा सर्वमान्य नेताको रुपमा अध्यक्षको हिसबाले अगाडि बढाउन चाहिरेका छौं ।’

रावललाई फिर्ता हुन आग्रह

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई उम्मेदवारी फिर्ता गर्न पनि नेता बस्नेतले आग्रह गरे । उनले भने, ‘उहाँ ९रावल०ले दुई कारणले उम्मेदवारी दिएको हुनसक्छ ।

एउटा, अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने अनि जित्ने कुनै सम्भावना छैन । तर, पराजित भए पनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ ।

भीम रावलले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन । उहाँले उम्मेदवारी फिर्ता गरेर जानुपर्छ । चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ, विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ ।’

भीम रावलले उम्मेद्धघवारी फिर्ता लिनुभएन भने के हुन्छ रु भनेर सोधिएको प्रश्नमा अहिले पदाधिकारी सर्वसम्मत् बनाउनेबारे अधिकतम प्रयास भैरहेको बस्नेतले जनाए ।

उनले भने–‘अहिले स्थायी कमिटी बैठक चलिरहेको छ । अहिले २ बजेपछि अध्यक्ष ओलीले पत्रकारहरुसँग छलफल गर्नुहुन्छ । अधिकतम सहमतिको प्रयास भैरहेको छ।

यसको लागि नेताहरुबीच र दाबेदारी गरेका नेताहरुबीच अनौपचारिक छलफल तथा बैठक भैरहेका छन् । सर्वसम्मत् गर्ने कुरा लोकतन्त्रको अधिकतम विधि हो ।

सर्वसम्मत् भएन भने मैत्रीपूर्ण ढंगले निर्वाचनमा जान्छौं । अब भीम रावल कमरेडले उम्मेद्धवारी फिर्ता लिएर पार्टीभित्र आफूलाई सेट गरेर महत्वपूर्ण जिम्मेवारी लिएर जाने कुरा चाहीँ सबैभन्दा राम्रो र उचित विकल्प हो ।

यदि जानुभएन भने त निर्वाचनमा जान हामी बाध्य हुन्छौं । डिजिटल प्रणालीबाट निर्वाचन गर्ने भनेर मेशिन तयार छ । यदि सर्वसम्मत् हुने कुरामा उहाँले स्विकार गर्नुभएनभएन भने निर्वाचन स्विकार्नुको उपायबाहेक हामीसँग अर्को उपाय रहँदैन ।’

‘दुई नम्बर प्रदेशमा धेरै राम्रो प्रभाव’

विगतमा मधेशमा एमाले र ओलीविरुद्ध गतिविधि भएको पनि बस्नेतले स्मरण गराए । उनले भने, ‘अहिले एमालेको प्रभाव दुई नम्बर प्रदेशमा धेरै राम्रो प्रभाव छ । एमालेको लहर सिर्जना भएको छ । द्वन्द्वका बेलामा एमालेको मनोभाव कमजोर थियो ।

ओलीले कार्यकर्ताको संरक्षण गर्नुभयो । हामीले एमालेको पँक्तिको मनोवल बढाउने काम गर्यौं । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने कामको नेतृत्व ओलीले गर्नुभयो ।

एमालेको सरकार मजबुद बनाउने कुरामा, मधेशका मुद्दा सम्बोधन गर्ने, विप्लव समूह र सिके राउतलाई मूलधारमा ल्याउन भूमिका खेल्नुभयो । त्यसको लागि हामीले सशक्त भूमिका खेल्यौं ।

मैले भक्तपुरलाई नमूना विकासको मोडेल जिल्लाको रुपमा अघि बढाएको छु । १३ महिना उद्योगमन्त्री भएको बेला सुधारको लागि मैले धेरै भूमिका खेलेको छु ।

जिर्ण रहेका उद्योगलाई पूनर्जिवन दिएँ । विकासको एउटा मोडेलको रुपमा झत्तपुरलाइ अघि बढाएको कुरा सबैलाई थाहा नै छ, सरकारको नेतृत्व गर्दा अध्यक्ष ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा साकार पार्ने अभियानमा म सशक्त रुपमा अघि बढेको छु, म सधैं अग्रपंक्तिमा लागेँ ।’

उनले यसपटकको महाधिवेशनमा तीन खालको नेतृत्व समेट्नुपर्ने पनि सुझाव अघि सारे । उनले भने,‘एउटा लामो समय योगदान दिएका नेताहरुलाई समेट्नुपर्छ, अर्को समावेशीको मुहारलाई देखाउन केन्द्रीय कमिटी चयन गर्नुपर्छ र नयाँ पुस्ताका ९कामकाजी पुस्तालाई० समेट्नुपर्छ ।

अहिले पार्टीमा संस्थागत् गुटबन्दी सकिएको छ । तर हिजो संकट हुँदा एमालेलाई काँध थापेर अघि बढेको समूह छ, माओवादीबाट आएकाहरुलाई पनि समेट्नुपर्नेछ, माधव नेपाल छोडेका साथीहरुलाई समेट्नुपर्छ ।

निर्वाचन हुँदापनि विवेकपूर्ण ढंगले उहाँहरुलाई समेट्नुपर्छ । यदि विवेक पुगेन भने केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनित गर्ने प्रावधानअनुसार पदाधिकारीमा पनि मनोनित गर्ने मोडेलमा जानुपर्छ ।’

उनले एमालेमा अहिले तीन खालको उमेर समूह रहेको पनि सुनाए । एउटा समूह पाको, र दोस्रो समूहमा अहिले पार्टीमा महत्व्पूर्ण योगदान खेलेको समूह र तेस्रोमा नयाँ पुस्ता रहेको बस्नेतको भनाई छ।

उनले भने,‘अब पार्टी सशक्त ढंगले अघि बढ्छ, समाजवादको आधार तयार गर्ने ढंगले अघि बढ्छौं र समृद्ध नेपालको नारालाई वैज्ञानिक रुपमा लागु गर्छौं । यो नारा साकार भैरहेको छ । आगामी निर्वाचनमा एमाले एक्लैले दुई तिहाई ल्याउँनेगरि अघि बढ्छौं ।’

‘प्रचण्डले सिध्याउन खोज्नुभो’

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै समय एमालेलाई जुधेर सक्न खोज्नुभयो, पछि मिलेर सक्न खोजेको र अहिले गठबन्धन बनाएर सक्न खोजेको पनि आरोप लगाए ।

‘लामो समयदेखि नेकपा एमालेको संगठनमा एकखालको निश्क्रियताजस्तो थियो । अब प्रचण्ड कमरेडले कुनै समय एमालेलाई जुधेर सक्नखोज्नुभएको थियो, लड्न खोज्नुभाथ्यो, कुनै समय एमाले मिलेर सक्नखोज्नुभयो, अहिले गठबन्धन बनाएर एमाले सक्न खोजिरहनुभाको छ, र उहाँसँगको एकताको प्रक्रियामा हाम्रा धेरै कमरेडहरु एउटा भूमिकाविहीन भएको र तीन वर्षसम्म हामी गतिविहीन भएकोजस्तो, संगठनविहीन भएको अवस्थामा, अहिले हामी फेरि महाधिवेशनको दौरानबाट फेरि संगठनमा नयाँ जागरण ल्याईरहेका छौं । संगठन निर्माणको अभियान चलाईराखेका छौं,’ उनले भने, ‘त्यसो भएको हुनाले अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवमा चाहीँ हामीले सम्मान गर्नुपर्ने नेताहरुलाई सम्मान गर्दै उहाँहरुलाई त्यो पदमा हामीले दाबी नगरीकन सचिव भनेको पदाधिकारीमा रहेर, एकदम लो प्रोफाईलमा रहेर महत्वपूर्ण काम गर्नसक्ने जिम्मेवारी हो भन्ने लागेर मैले उम्मेद्धवारी दिएको हुँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार