सोमवार, मंसिर १३, २०७८
spot_img

महाधिवेशनको मुखैमा योगेश भट्टराई यो के भन्दैछन् ? नेताकार्यकर्ताहरुको नै गयो सातो !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको मिती अत्यन्तै संघारमा रहेका बेला अबको एमाले नेतृत्वको को आउँला र कस्तो आउँला भन्ने जिज्ञासा आम रुपमा एमाले नेता कार्यकर्तालाई मात्रै होइन राजनितीमा सामान्य मात्रै चासो राख्ने पनि हर कोहीमा रहेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

yogesh bhattarai

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको मिती अत्यन्तै संघारमा रहेका बेला अबको एमाले नेतृत्वको को आउँला र कस्तो आउँला भन्ने जिज्ञासा आम रुपमा एमाले नेता कार्यकर्तालाई मात्रै होइन राजनितीमा सामान्य मात्रै चासो राख्ने पनि हर कोहीमा रहेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

केहि नामहरुलाई भने एमाले कार्यकर्ता र राजनितीमा चासो राख्ने एउटा तप्काले नजिकबाट नियालीरहेको छ । एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशन बाट यी मान्छेहरुको अवस्था के होला भनेर चासो राखिएको नाम मध्यको एक नाम हो योगेश भट्टराई ।

काठमाडौँमा भएको एमालेको नवौँ महाधिवेशन बाट भट्टराई माधव कुमार नेपाल प्यानल बाट सचिवमा निर्वाचित भएका थिए । दशौँ राष्ट्रिय महाधिवेशन सम्म आइपुग्दा एमालेको आन्तरिक राजनितीक जीवनमा निकै उताडचढाव आएको छ ।

त्यस बखत अध्यक्षमा प्रतिष्पर्धा गरेका माधव नेपाललेनै अहिले एमाले विभाजन गराएर नेकपा एसको अध्यक्ष बनेका छन् ।

एमाले सचिव भए पछि भट्टराईलाई अध्यक्ष ओलीले प्रचार विभागको जिम्मेवारी दिएका थिए । अनेरास्वीयूको राजनिती बाट आएका भट्टराई पटक पटक संसदीय निर्वाचनमा काठमाडौँबाट पारजित भए पछि ताप्लेजुङ पुगेर २०७४को प्रतिनिधीसभाको निर्वाचनमा बाम गठबन्धन बाट विजयी भएका थिए ।

भट्टराईको निर्वाचन क्षेत्रमै पुगेर एमाले अध्यक्ष ओलीले ताप्लेजुङवासीलाई तपाईहरु सांसद बनाएर पठाउँनुस म मन्त्री बनाएर पठाउँछु भनेर वाचा गरेका थिए । ढिलै भए पनि ओलीले आफ्नो वाचा पुरा गरेर संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी दिएका थिए तर उनी ओलीले पौष पाँच गते संसद विघठन गरे पछि राजिनामा दिएर माधव नेपाल र प्रचण्ड सँग लागेका थिए ।

पछि एक कार्यक्रममा ओलीले भट्टराईलाई सार्वजनिक रुपमै वैगुनी केटो भनेर भनेका थिए । वैगुनी केटो अहिले पनि उनको उपनाम जस्तै बन्न पुगेका छ । रिस उठ्ने वित्तिकै हर कोहीले उनलाई सोही नामले गाली गर्ने ट्रेन्डनै चलेको देखिन्छ ।

माधव नेपाल प्रचण्ड तिर लागेर त्यस बखत ओली विरुद्ध चर्को भाषण गरेर हिँडेका उनी माधव नेपालले पार्टी विभाजन गर्दा भने नेकपा एस तिर लागेनन् ,एमालेमै रहे ।

ओलीले मन्त्री बनाएको दिन योगेशको चर्चा यसरी चुलीएको थियो की उनलाई धेरैले नेकपाको भावी अध्यक्ष र भावी प्रधानमन्त्री सम्म बन्न सक्ने अनुमान गरेका थिए । व्यक्तीको क्षमताको परिक्षण पदमा भएका बेला गर्ने गरिन्छ उनले मन्त्रीको रुपमा औसत भन्दा राम्रो काम गर्न सकेनन् । उनले गोल्डेन चान्स त्यत्तीकै मिस गरेको भन्नेहरु धेरै रहेका छन् ।

त्यस बेला माधव ,प्रचण्डसँग लाग्दा ओलीलाई केटा हो की केटी हो भनेर समेत चर्को भाषण गरेका भट्टराई अहिले फेरी माधव नेपालको पार्टी अवैध गर्भाधारण बाट जन्मिएको बच्चा हो भनेर उस्तै उग्र भाषण गर्न थालेका छन् । एमालेको महाधिवेशनमा ओली पक्षको मन जित्न उनले यस्तो रणनिती अपनाएको दावी राजनितिक विश्लेषकहरुले गरेका छन् ।

आफैँले सांसद जिताएर ल्याएर मन्त्री बनाएको मान्छे अप्ठेरो बेलामा धोका दिएर गएकाले उ बेला ओलीले बैगुनी केटो नाम राखेका थिए यस पटक सबै वैगनु माफ गरेर फेरी गुन गर्न ओली तयार होलान् की नहोलान् भन्ने प्रश्न पनि उठेको छ ।

भट्टराईले यस पटक पनि आफु सचिव पदको आकांक्षी रहेको बताएका छन् तर ओलीले कुनै सिग्नल दिएका छैनन् ।

सर्वसम्मत नेतृत्व चयन नभएमा भने योगशले निर्वाचनमा नमिठो पराजय बेहोर्नु पर्ने चर्चा राजनितिक बजारमा चलेको छ । चुनाव भएमा हारिन्छ भनेर उनी आफैँ पनि कन्फर्म भएको पाइएको छ ।

यो एमाले फुटाउँने मान्छे हो, माधव नेपालको मान्छे हो भनेर प्रतिनिधीहरुले भोट नदिने र आफुले चुनाव हार्ने भनेर उनी आफैँले बोेलेको अडियो रेकर्ड ओटीभी नेपाल डक कम सँग सुरक्षित रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार