spot_img

केपी ओली: भीम रावल कमरेडको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू डा। भीम रावलको स्नेहपूर्ण सुझावबाट प्रभावित भएको बताएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli, bhim rawal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू डा। भीम रावलको स्नेहपूर्ण सुझावबाट प्रभावित भएको बताएका छन् । महाधिवेशनको पूर्व सन्ध्यामा आज (मंगलबार) अल्फाबिटामा आयोजित अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले भने,‘रावल करमेडको मैले अध्यक्ष नउठेर विश्राम लिए हुन्थ्यो भन्ने सुझाव छ। एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको तलमाथि हुँदैन् ।

मेरोविरुद्धमा उठ्छु भनेर कसैले भन्छ भने, मैले उठ्ने टुँगो गरें भने मलाई निर्विरोध छोड्न पनि पाईन्छ। चूनौति दिन पनि पाईन्छ। म यसलाई नराम्रो भन्दिन् । लोकतन्त्रमा चूनौति स्वभाविक कुरा हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । तपाई नउठ्दिए हुन्थ्यो भन्दिन् ।’

उनले आफूले अरु नेताहरुलाई यो पदमा उम्मेद्धवारी दिनुहोस वा नदिनुहोस भनेर नभन्ने सुनाए । उनले भने,‘दबाब दिने मेरो कुनै मनशाय छैन् । म कसैलाइ पनि अलिकति दबाब महशुस हुनेखालको कुरा गर्दिन् । उठ्ने भए भने अरुलाई नउठ्न भन्दिन् ।

वरिष्ठ उपाध्यक्ष को हुन्छ भन्नुभयो, मैले मन पराएको व्यक्ति, या त निर्विरोध हुन्छ या सबभन्दा बढि भोट जसले ल्याउँछ, त्यही नै मेरो मनपर्ने वरिष्ठ उपाध्यक्ष र महासचिव हुन्छ। महाधिवेशनको गरिमालाई म अनादर गर्दिन् । महाधिवेशन अगाडि म मन पराएर बस्दिन्, जो छानिन्छ त्यसलाई मन पराउँछु ।’

उनले पार्टीभित्र समझदारी र सहमति र एकता बहुतै महत्वपूर्ण कुरा भएको सुनाए । उनले भने,‘यसलाई प्राथमकितामा राख्नुपर्छ । यसो गर्दा लोकतान्त्रिक अभ्यसालाई अलिकति पनि तलमाथि गर्नुहुँदैन् । नजरअन्दाज गर्नुहुँदैन् । सहमति हुन्छ वा प्रतिष्पर्धीबीच सहमति हुन्छ भने राम्रो कुरा हो। अध्यक्ष हिसाबले पनि स्वागत गर्छु।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार