spot_img

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएकोबारे ओलीले बोलेको कुरा चर्चामा, त्यस्तो के बोले ?

एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएकोबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी चर्चामा आएको छ । ओलीले आफूलाई रावलले चुनौति नदिएको बताएका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएकोबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी चर्चामा आएको छ । ओलीले आफूलाई रावलले चुनौति नदिएको बताएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मंगलबार महाधिवेशनवारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफु उठ्छु भनेर स्नेहपूर्ण सुझावस्वरुप आफूलाई सहयोग गर्न भनेको बताए ।

‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नु भएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु’, ओलीको भनाइ छ । उनले लोकतन्त्रमा चुनौति दिन पनि पाइने बताए ।

‘मलाई कसैले चुनौति दिए स्वागत गर्छु । लोकतन्त्रमा चुनौति दिन पाइन्छ । म अरुलाई नउठ भनेर दवाव महशुस हुने खालको अभिव्यक्ति दिन्न’, अध्यक्ष ओलीले भने, ‘म उठ्ने नउठ्ने कुनै निर्णय भएको छैन । म उठ्ने भएँ भने अरुलाई कुनै दवाव पनि दिन्न ।’

त्यस्तै अध्यक्ष ओलीलाई तपाईंले मन पराएको वरिष्ठ उपाध्यक्ष को हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा भने, ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष त्यो हो जो निर्विरोध हुन्छ या बढी भोट ल्याएर जित्छ । अन्यको हकमा पनि त्यही हुन्छ ।’

यस्तै आगामी शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनका लागि चितवनका मुख्य सडकहरूमा गाडी गुडाउन रोक लगाइने भएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले उद्घाटन सत्रमा सहभागी हुने मान्छेको चापलाई ख्याल राखेर ट्राफिक व्यवस्थापनको योजना बनाएको चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । एमालेको महाधिवेशनको उद्घाटन कार्यक्रम नारायणगढको नारायणी नदी किनारमा हुँदैछ । उद्घाटनमा पाँच लाख मानिसलाई सहभागी गराउने एमालेले दाबी गर्दैआएको छ ।

पूर्वपश्चिम राजमार्ग र काठमाडौं पोखरा जोड्ने नारायणगढ मुग्लिन सडक नारायणगढ भरतपुर हुँदै जान्छ । काठमाडौं जाने मूल सडक उद्घाटन सत्र हुने नारायणी किनार नजिकै हुँदैगएको छ । हाल सामान्य अवस्थामा पनि नारायणगढ भरतपुर क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । कुनै कार्यक्रम आयोजना हुँदा पूर्व पश्चिम र काठमाडौं पोखरातर्फ लाग्ने गाडीहरूको लामो लाइन सुरु हुन्छ ।

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम हुने दिन शुत्रबार बिहान ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म भरतपुर नारायणगढका राजमार्ग क्षेत्रदेखि अन्य मुख्य सडकमा गाडी चलाउन रोक लगाउने निर्णय भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेको प्रहरी उपरीक्षक ९एसपी० ओम अधिकारीले जानकारी दिए । पोखरा काठमाडौंबाट आउने सवारी साधन आँपटारी क्षेत्रमै रोकिने छन् ।

यस्तै पूर्वबाट आउने गाडीहरू केन्द्रीय बसपार्कमा नै रोक्ने एसपी ओम अधिकारीले बताए । पश्चिम नेपालबाट आउने गाडीलाई नारायणीको पुल तर्न दिइने छैन । चितवनको पश्चिम क्षेत्रबाट आउने सवारी साधन भरतपुरको त्रिचोक, बेलचोक, बाह्रघरे क्षेत्रमै रोकिने बताइएको छ । जसकारण बजारका अन्य सडक र राजमार्गहरूमा गाडी नै नगुड्ने उनले बताए ।

एमालेको उद्घाटन कार्यक्रममा आउनेहरू पैदलै कार्यक्रमस्थल नारायणी किनारमा जानु पर्नेछ । उक्त समयमा भरतपुर नारायणगढ आएका यात्रुवाहक बस साढे पाँच बजेसम्म कुरेर बस्नु पर्नेछ । ‘सभामा आउने सहभागीका गाडी राख्न हामीले १३ ठाउँलाई पार्किङ एरिया तोकेका छौं । यात्रु बस सकेसम्म नआउलान् भन्नुपर्‍यो । आएमा पार गराउन कठिन छ । उनीहरूलाई सुरक्षित राख्न पनि ठाउँ हेरेका छौं’ प्रमुख जिल्ला अधिकारी तामाङले भने ।

अत्यावश्यक सेवाका सवारी पनि चलाउन कठिन हुने देखेको सरकारी अधिकारीहरू बताउँछन् । एम्बुलेन्सहरूको विषयमा विशेष योजना बनाइएको छ । यो जानकारी देशैभर पठाएको र छिमेकका जिल्लाहरूमा पनि त्यही समय अनुसार गाडी रोक्न र छाड्न पत्र पठाइएको छ । एमाले महाधिवेशनको उद्घाटन सत्र नारायणगढमा भएपछि ११ र १२ गते सौराहामा बन्दसत्र हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार