शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

एमाले नेतृत्वमा पदाधिकारीसहित चितवनबाट १२ आकांक्षी, ६ नयाँ अनुहार

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा चितवनबाट केन्द्रीय नेतृत्वमा १२ जनाले दावी गर्ने भएका छन् । २ जनाले पदाधिकारीमा र अन्य १० जनाले केन्द्रीय सदस्यमा दावी गरेका छन् । दाबेदारमध्ये ६ जना नयाँ अनुहार छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

politics

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा चितवनबाट केन्द्रीय नेतृत्वमा १२ जनाले दावी गर्ने भएका छन् । २ जनाले पदाधिकारीमा र अन्य १० जनाले केन्द्रीय सदस्यमा दावी गरेका छन् । दाबेदारमध्ये ६ जना नयाँ अनुहार छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आकांक्षीहरूले उम्मेदवारी दिन्छन्, या सहमतिमै नेतृत्वमा पुग्छन् त्यो भने केही दिन कुर्नु पर्नेछ । पूर्वअर्थमन्त्री तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव वा सोभन्दा माथिको पदमा दाबी गर्ने बताइसकेका छन् । पूर्वगृहमन्त्री तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले बरिष्ठ उपाध्यक्ष पदको दाबी गरेका छन् । उनी महाधिवेशन आयोजक मूल समितिका संयोजक समेत हुन् । यस्तै केन्द्रीय सदस्यहरुमा दाबी गर्नेमा पुराना केन्द्रीय सदस्यहरू काशिनाथ अधिकारी, सीता पौडेल, देवी ज्ञवाली, कपिल पोखरेल छन् ।

केन्द्रीय सदस्यका दाबेदार अन्यमा कृष्णभक्त पोखरेल, दीलकुमारी रावल ‘पार्वती’, विजय सुवेदी, जेएन थपलिया, दावादोर्जे लामा, बाबुराम खरेल छन् । काशिनाथ अधिकारी प्रदेश सह-इञ्चार्ज, चितवन इञ्चार्ज हुन् । २०४० सालमा चितवन अध्यक्ष बनेकी सीता पौडेल गण्डकी प्रदेश प्रमुख समेत बनेकी थिइन् । उनी अनेमसंघको केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री ओलीका पालामा विज्ञ समूहमा समेत थिइन् । देवी ज्ञवाली २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरमा मेयरमा पराजित भएका थिए । भूमि सम्बन्धी समस्या समाधान आयोगमा अध्यक्ष भएर काम गरेका थिए ।

हालका केन्द्रीय सदस्य कपिल पोखरेल पुराना एमाले नेता हुन् । कृष्णभक्त पोखरेल प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति हुन् । उनी २ पटक सांसद बनिसकेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल पार्वती हाल एमाले चितवनकी अध्यक्ष हुन् । उनी तत्कालीन एमाले चितवनको सचिवमा निर्वाचित भएकी थिइन् । २ पटक एमाले चितवनको नेतृत्व सम्हालेका विजय सुवेदी वागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत बनेका थिए ।

वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलको राजनीतिक सल्लाहकार बनेका जेएन थपलिया एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष हुन् । बागमी प्रदेशको भूमि, कृषि तथा सहकारी विकास मन्त्री बनेर काम गरिसकेका दावा दोर्जे लामाले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । हाल वागमती प्रदेश कमिटी सदस्य बाबुराम खरेलले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । गुल्मीमा एमालेको संगठन बनाउन सक्रिय बनेका खरेल चितवन बसाइँ सरी आएपछि करिब १० वर्ष माओवादीको राजनीतिमा लागेका थिए । पछि पार्टी विभाजनपछि उनी बादल नेतृत्वको पार्टीमा लागेका थिए । बादल समूहबाट महाधिवेशन प्रतिनिधि रहेका एमाले चितवनका सचिव प्रकाश खनाल शैलेशले सहमति भए केन्द्रीय सदस्यमा दावी गर्ने तयारी गरेका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशन १०-१२ मंसिरसम्म चितवनमा हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search