spot_img

एमालेमा ओलीको वरिष्ठ उपाध्यक्ष र महासचिवका उम्मेद्वार को?

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार महाधिवेशनबारे जानकारी दिँदै मिडियासँग भने, ‘मैंले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव सर्वसम्मत भएको वा धेरै मत ल्याएर निर्वाचित भएको हुन्छ।’ सँगै ओलीले आफूले सर्वसहमतिका लागि कोसिस समेत नगर्ने सार्वजनिक अभिव्यक्ति दिए।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार महाधिवेशनबारे जानकारी दिँदै मिडियासँग भने, ‘मैंले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव सर्वसम्मत भएको वा धेरै मत ल्याएर निर्वाचित भएको हुन्छ।’ सँगै ओलीले आफूले सर्वसहमतिका लागि कोसिस समेत नगर्ने सार्वजनिक अभिव्यक्ति दिए। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले भने, ‘म करकाप गरेर सहमति कायम गर्ने पक्षमा छैन। अब पक्षको व्यवस्थापनमा अल्झिने होइन। भोट ल्याएर जित्ने नै व्यवस्थापन हो।’

ओलीले सबै पदमा प्रतिस्पर्धा गराउने बताए पनि यो सार्वजनिक खपतका लागि मात्रै हो भन्ने बुझ्न कठिन छैन। आसन्न दशौँ महाधिवेशनमा अध्यक्ष ओली अनुकुल प्रतिनिधि आएका छन् र उनको इच्छाअनुसार नै पार्टीमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म निर्वाचित हुनेछन्।

नेतृत्व चयनमा मात्रै केन्द्रित हुने महाधिवेशन पार्टीको वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओलीले कोप्रति सद्भाव राख्छन् भन्ने सर्वाधिक चासो छ।

वरिष्ठ उपाध्यक्षमा अहिलेका महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल र ओलीकै विश्वास पात्र सुवास नेम्वाङले दाबेदारी प्रस्तुत गरेका छन्। पोखरेल र थापा यसअघि नै वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाएका थिए भने नेम्वाङले मंगलबार मात्रै केही मिडियामार्फत मुख खोलेका छन्।

तीन मध्ये ओलीले ईश्वर पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाउने सम्भावना रहेको उनी निकट स्रोत बताउँछ। ‘अहिलेसम्म यहीँ नै हो भन्ने त भइसकेको छैन। तर वरिष्ठ उपाध्यक्ष पद ईश्वर कमरेडकै लागि सिर्जना गरिएको हो भन्ने हाम्रो बुझाइ छ,’ एक नेताले भने। भीम रावललाई पनि वरिष्ठ उपाध्यक्षको उम्मेद्वारको रुपमा हेरिए पनि उनले अध्यक्षमै प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।

त्यस्तै महासचिवमा पनि ओलीका विश्वासपात्रहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङका साथै कुनै बेला कट्टर आलोचक रहेका सुरेन्द्र पाण्डेले पनि आकांक्षा देखाएका छन्। महासचिवमा ओलीले पौडेल र पोखरेलमध्ये एकलाई अघि सार्ने सम्भावना प्रबल रहेको एमाले नेताहरु बताउँछन्।

दशौँ महाधिवेशनमा एमालेले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्दैछ जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित अरु चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सातजना सचिव चयन हुनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार