spot_img

ओली : माधव नेपाल बाहिरिएपछि एमाले शुद्धीकरण भयो

एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी ‘एक लय एक ताल’मा अघि बढ्ने दाबी गरेका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli, madhav nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी ‘एक लय एक ताल’मा अघि बढ्ने दाबी गरेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

शुक्रबारदेखि सुरु हुने दशौँ महाधिवेशनबारे ब्रिफिङ गर्न आयोजना गरिएको सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अघि बढ्ने बताएका हुन्।

उनले माधव नेपाल निस्किएपछि एमाले शुद्धीकरण भएको टिप्पणी गरे। कार्यक्रममा ओलीले भने, ‘पार्टी शुद्धीकरण गर्ने मौका मिलेको छ। एक लय एक तालमा अघि बढ्ने अवसर आएको छ। पार्टीमा ल्याङ ल्याङ अन्त्य भयो। पार्टीबाट निर्वाचित केही बिग्रिए।’

महाधिवेशनमा नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई आमन्त्रण किन नगरिएको भन्ने प्रश्न ओलीले कारबाहीमा परेकाहरु संगठित भएर बनेको पार्टीलाई आफूहरुले मान्यता नदिने बताए।

साउन २५ गते एमालेले अनुशासनको कारबाही गरेका सांसद र केन्द्रीय सदस्यहरुलाई नै मान्यता दिएर समाजवादी बनाइएकाले त्यसलाई अस्वीकार गर्ने उल्लेख गरे।

‘माधव नेपाललाई निम्ता दिन मिलेन। किनभने एमालेले अनुशासनविपरीत काम गरेकोले साउन २५ गते कारबाही गरेर भदौ १ गते जानकारी गराइएको थियो, ओलीले अगाडि भने, ‘निष्कास गरिएका व्यक्तिलाई लिएर एमाले विभाजन गरियो। त्यसलाई मान्यता दिँदैनौँ।’

एमाले विभाजन भएर भदौ ९ गते एकीकृत समाजवादी बनेको थियो।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झापा आएर महाधिवेशन गर्न चुनौती दिए। केही दिनअघि दाहालले चितवन पुगेका बेला एमालेले आफूलाई सिध्याउन चितवनमा महाधिवेशन गरेको आरोप लगाएका थिए।

त्यसको जवाफ दिँदै ओलीले भने, ‘प्रचण्डले मेरो निर्वाचन क्षेत्र दमकमा आएर महाधिवेशन गरे भो नि। कसैको चुनाव क्षेत्र भयो भन्दैमा महाधिवेशन नै गर्न नपाइने भन्ने हुन्छ र?’ ओलीले प्रचण्डले आफूहरुलाई नभइ भर्खरै पार्टीको महाधिवेशन गरेका माले महासचिव सिपी मैनालीलाई पार्टी सिध्याउन लागेको भनेर आरोप लगाएको व्यंग्य गरे।

पार्टीमा चुनाव लड्न सबैलाई स्वतन्त्रता भएको बताउँदै सहमतिका लागि कसैलाई पनि करकाप नगर्ने बताए। भीम रावलले आफूविरुद्ध अध्यक्षमा उठ्ने घोषणा गरे पनि चुनौती नदिएको ओलीको टिप्पणी थियो।

उनले भने, ‘लोकतन्त्रमा चुनावमा उठ्न पाइन्छ, म कसैलाई करकाप गरेर सहमति ल्याउँदिन। भीम रावलको मप्रति अपार माया छ, उहाँले मलाई चुनावमा नउठ्न भन्नुभएको छ, त्यो मेरो उहाँप्रतिको माया हो।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार