बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

ठूलै कर्तुत बाहिरियो राजीनामा नदिने अडानमा रहेका चोलेन्द्रको, ओलीको हुन थाल्यो वाहीवाही !

प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको अर्को कर्तुतको खुलासा भएको छ । यतिबेला चोलेन्द्रले मन्त्रिपरिषदमा भागबण्डा खोजेपछि उनको राजीनामा माग्दै न्यायालय आन्दोलित बनेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli, cholendra samsher

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको अर्को कर्तुतको खुलासा भएको छ । यतिबेला चोलेन्द्रले मन्त्रिपरिषदमा भागबण्डा खोजेपछि उनको राजीनामा माग्दै न्यायालय आन्दोलित बनेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

दशैंअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्दा राणाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्ना मान्छेलाई नियुक्ति गर्न माग गरेका थिए। जसअनुसार उनका जेठान गजेन्द्र हमालको नियुक्ति पनि भएको थियो। मन्त्रीको सपथ लिएका हमालले चर्को आलोचनापछि राजीनामा दिए।

प्रधानन्यायाधीश राणाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै माग गरेको खुलेको छ। स्रोतका अनुसार जेठ ८ गते ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सदर गराउने सर्तमा राणाले मन्त्रालय मागेका थिए। ओली मन्त्रालय दिनसमेत तयार भएका थिए।

त्यसकै आधारमा ओलीले तत्कालीन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सहभागी गराएको ठाकुरनिकट एक नेताले बताए।

’मैले सर्वोच्च अदालतमा मिलाइसकेको छु। प्रधानन्याधीशको मान्छेलाई सरकारमा सहभागी गराउँछु, प्रतिनिधि सभा विघटन सदर हुन्छ। तपाईंहरू सरकारमा सहभागी हुनुस् भनेर ओलीजीले भनेपछि हामी सरकारमा गएको हो,’ ती नेताले भने।

ओलीले केही दिनपछि उद्योग वाणिज्य मन्त्रालयको जिम्मा राजकिशोर यादवलाई दिए। ती नेताका अनुसार राजकिशोरको नाम उनको पार्टीले सिफारिस गरेकै थिएन।

’जबराका मान्छे नियुक्त नगरेर राजकिशोर यादवलाई नियुक्ति किन गर्नुभयो थाहा छैन। उद्योग मन्त्रालय नपाएको रिस जबराले हामीलाई देखाए,’ ती नेताले भने।

जेठ २१ गते ओलीले मन्त्रिपरिषद विस्तार गर्दा जसपाका १० सांसदलाई मन्त्री बनाएका थिए। सरकारमा जानैका लागि ठाकुर र महतो पक्षले २० सांसदलाई आफ्नो पक्षमा पारेको थियो। त्यसकै आधारमा महतो जसपा संसदीय दलका नेतासमेत बनेका थिए। १० मन्त्रालय पाउँदा राजकिशोर यादव मन्त्री बन्न सकेका थिएनन्। तर ओलीले जेठ २७ गते नै राजकिशोरलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाए।

राजकिशोर मन्त्री बनेको ठाकुर–महतोलाई मन परेको थिएन। सँगै प्रधानन्याधीश जबरा पनि प्रधानमन्त्री ओलीसँग रूष्ट भएका थिए। प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणापछि भएको उक्त मन्त्रिपरिषद विस्तारविरूद्ध सर्वोच्च अदालतमा रिट प¥यो।

प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा राखेर असार ८ गते मन्त्रिपरिषद विस्तारविरूद्ध अन्तरिम आदेश दिए। सर्वोच्चको आदेशसँगै जसपाका ११ सहित २० मन्त्रीको पद गएको थियो।

सर्वोच्चको आदेशपछि यी २० मन्त्रीले गुमाए १९ र १३ दिनमै मन्त्री पद ओलीले गरेको वाचा पूरा नगरेकै कारण सर्वोच्चले आफ्ना मन्त्रीको पद जाने आदेश गरेको ठाकुरनिकट ती नेताले बताए।

’केपी ओलीले भनेको नमान्दा प्रधानन्यायाधीशले हाम्रा मन्त्रीको नियुक्ति बदर गरिदिए,’ ती नेताले भने। प्रधानन्याधीश राणाले मन्त्रिपरिषदमा कोटा मागेको ओलीनिकट एक नेताले पनि पुष्टि गरे।

’मन्त्रिपरिषद विस्तारको कुरा आएपछि प्रधानमन्त्रीजीले हामीसँग छलफल गर्नुभयो। यो मन्त्रालय यसलाई, यो मन्त्रालयमा यो भनेर भन्नुभयो। तर उद्योग मन्त्रालयमा पुगेपछि अड्किनु भयो। हामीले त्यो मन्त्रालयमा को हो त भनेर सोध्यौं,’ ओलीनिकट ती नेताले भने,’त्यो मन्त्रालयमा पुगेपछि तपाईं किन अड्किनुभएको छ? को राख्ने तपाईंकै रोजाइको मान्छे राख्नुस् तर नाम त भन्नुपर्छ भन्यौं। उहाँले त्यहाँ त्यस्तै–त्यस्तै छमात्रै भन्नुभयो।’

आफूहरूले निकै कर गरेपछि मात्रै ओलीले रहस्य खोलेको ती नेताको भनाइ छ। ’उद्योग मन्त्रालय छिमेकीले मागेका छन् भन्नुभयो। त्यसपछि हामीले कुनै हालतमा हुँदैन भन्यौं। प्रधानन्याधीशलाई भाग चाहिएको हो भने अरू थुप्रै ठाउँ हुन्छ तर कार्यपालिकामा दिन सकिँदैन, बर्बाद हुन्छ भन्यौं,’ ती नेताले भने,’तपाईंलाई अप्ठेरो हुन्छ भने मैले साथीहरूलाई मनाउन सकिनँ भन्दिनुस्। तर मन्त्री बनाउने काम हुँदैन भनेपछि उहाँले हाम्रो सुझाव मान्नुभयो। सायद त्यसकै असर होला सबै मन्त्रीहरूको पद नै राणाकै इजलासबाट खारेज भयो।’

ती नेताका अनुसार राजकिशोर यादवलाई ठाकुर–महतोले सिफारिस नगरेकोमा ओली खुसी थिएनन्। राणालाई भाग नदिने भएपछि ओलीकै चाहनामा राजकिशोर मन्त्री बनेका हुन्।

’प्रधानमन्त्रीज्यूको राजकिशोरसँग कुरा भइराख्थ्यो तर उहाँको पार्टीले नाम पठाएन। हामीले सोध्दा के–के भएर नाम छुटेछ भन्ने खालको जवाफ दिए,’ ती नेताले भने,’राजकिशोर ३्४ जना सांसद लिएरै आउन तयार भएकाले ओलीले हार्न सक्नुभएन।’

प्रधानन्यायाधीशले मन्त्री मागेकाले अदालतमा मिलाइसकेको भनेर ठाकुर–महतोलाई ओलीले भनिसकेको पनि हुन सक्छ नि भन्ने जिज्ञासामा ती नेताले भने, ’उहाँले भन्नुभएको हुन सक्छ। तर यस बारेमा मलाई थाहा भएन।’ एमाले स्रोतका अनुसार त्यतिखेर राणाले एकमन्त्री र दुई राजदूत मागेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search