Viber Community
Nop Ads

प्रचण्डपछि विप्लव यसरी बन्दैछन् माओवादी केन्द्रको एकल अध्यक्ष, भयङ्कर भित्री तयारी बाहिरियो !

राजनीति सम्भावनाहरुको खेल भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो उक्तीलाई फेरि चरितार्थ गर्नेतर्फ अगाडी बढेको संकेत मिलेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

prachanda, biplop

नेपाल अनलाइन पत्रिका – काठमाडौं। राजनीति सम्भावनाहरुको खेल भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो उक्तीलाई फेरि चरितार्थ गर्नेतर्फ अगाडी बढेको संकेत मिलेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रचण्डी नेतृत्वको माओवादी केन्द्रले अर्को पार्टीसँग एकताको तयारी गरेको छ । माओवादीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकताको खाका बनाएको चर्चा यतिबेला राजनीतिक वृतमा फैलिएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको सक्रियतामा दुवै दलबीच तत्काल कार्यगत एकता गरेर भविष्यमा पार्टी नै एक बनाउने गरी सहमति हुन लागेको स्रोतले दाबी गरेको छ ।

सोही प्रयासस्वरूप शनिवार विप्लवसहितका केही नेताहरूले प्रचण्डसँग भेट गरेका छन् । आजको भेटमा तत्काल सहकार्य गर्ने र भविष्यमा एकता गर्ने विषयमा छलफल भएको खुमलटार स्रोतले बतायो ।

‘दुवै पार्टीबीच सहकार्य र एकता गर्ने विषयमा छलफल भएको थियो,’ स्रोतले भन्यो, ‘तत्काल सहकार्यमार्फत अघि बढ्ने र त्यसपछि पार्टी एकता नै गर्ने गरी भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लव दुवै सकारात्मक देखिनुभएको छ ।’

स्रोतका अनुसार प्रचण्डले आफूपछिको नेतृत्व विप्लवलाई हस्तान्तरण गर्ने आश्वासनसमेत दिएका छन् । केही साताअघि एक कार्यक्रममा सार्वजनिक सम्बोधन गर्दै प्रचण्डले पार्टीको नेतृत्व लिन कोही अघि नसरेको टिप्पणी गरेका थिए । प्रचण्ड एकाएक विप्लवप्रति नरम हुन थालेपछि माओवादीको नेतृत्वमा आउने आकांक्षा राखेका वर्षमान पुन र जनार्दन शर्मा भने झस्किएका छन् ।

गत असोजमा जनार्दन शर्माले आफूनिकट पत्रकारको भेला गर्दै आफूले अबको पार्टीको नेतृत्व गर्ने संकेत गरेका थिए । देशभर आफ्नो अवस्था कस्तो छ भनेर शर्माले पत्रकारबाट ब्रिफिङ समेत लिएका थिए ।

पार्टी नेतृत्वको आकांक्षीका रूपमा शर्मा र पुन पहिल्यैदेखि प्रतिस्पर्धामा छन् । तर प्रचण्डले झ्याप्पै विश्वास भने गरिहालेका छैनन् । विप्लवसँग पार्टी एकता गरेर उनलाई तत्काल महासचिव बनाउने र भविष्यमा पार्टीको नेतृत्व सुम्पने प्रचण्डको तयारीलाई शर्मा र पुनले निको मानेका छैनन् ।

शर्मा र पुन जस्तै नारायणकाजी श्रेष्ठ पनि पछिल्लो समय प्रचण्डसँग रुष्ट बनेका छन् । माओवादी केन्द्रको प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रचण्डले महरालाई ल्याएका थिए । यतिबेला श्रेष्ठ र प्रचण्डबीच कुराकानी हुनै छाडेको स्रोतको दाबी छ ।

विप्लवनिकट स्रोतले भने महासचिव लगायत कुनै पनि पदमा सहमति नभइसकेको दाबी गरेको छ । ‘संसदीय व्यवस्थाविरुद्ध लडेका शक्तिहरू एक भएर अगाडि आउनुपर्छ भन्नेमा कुनै दुईमत रहेन,’ एक नेताले भने, ‘संसदीय प्रणाली अन्त्य गरेर वैज्ञानिक समाजवाद लागू गर्न सहमत जुन सुकै पार्टीसँग पनि हाम्रो सहकार्य र एकता हुन्छ । त्यसै क्रममा आज प्रचण्डसँग भेट भएको हो । उहाँ अहिले अलि लचक देखिनुभएको छ ।’

प्रचण्डले विप्लवमात्र नभएर मोहन वैद्य, विश्वभक्त दुलाल र अन्य साना कम्युनिस्ट घटकलाई पनि सँगै पार्टीमा ल्याउने कसरत थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search