spot_img

प्रचण्डले आजै चाले आत्मघाती कदम, अब यसको परिणाम के होला ?

निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन भन्दै दिएको निर्देशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवाद गर्नुभएको छ । उनले यो कदमलाई धेरैले आत्मघाती कदम भन्नुुभएको हो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन भन्दै दिएको निर्देशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवाद गर्नुभएको छ । उनले यो कदमलाई धेरैले आत्मघाती कदम भन्नुुभएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आयोगले शिक्षक र कर्मचार्रीलाई दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन मातहतका निर्वाचन कार्यालयलाई निर्देशन दिएकै दिन प्रचण्डले शिक्षकहरू थप सक्रिय भएर राजनीतिमा लाग्नुपर्ने बताउनुभएको हो ।

राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र शिक्षक निर्वाचित भएको र उम्मेदवार बनेको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण भएको बताउँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त्यस्ता क्रियाकलाप रोक्न निर्देशन दिनुभएको थियो ।

तर आयोगले विज्ञप्ति जारी गरेर यस्तो निर्देशन दिएकै दिन पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुने दाबी गर्नुभयो ।

शिक्षकले राजनीति गर्नुहुँदैन भनेर जबरजस्ती बहस सिर्जना गर्न खोजिएको उहाँले बताउनुभयो । नेपालमा भएका सबै पार्टीहरूलाई शिक्षकहरूले नै स्थापित गरेको प्रचण्डको दाबी छ ।

अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक अरू केही नहुने प्रचण्डले जिकिर गर्नुभयो । तर निर्वाचन आयोगले भने शिक्षकरूले राजनीतिक दलको सदस्यता लिन नपाउने प्रष्ट व्यवस्था रहेको बताएको छ ।

प्रवक्ता पौडेलले शिक्षक र कर्मचारी राजनीतिक दलको प्रतिनिधि अथवा अन्य कुनै पदाधिकारीमा निर्वाचित भएको पाइए आयोगले अध्यावधिक नगर्ने चेतावनी दिनुभयो । हुन त शिक्षकहरुले गाउँ गाउँमा राजनीतिक जागरण फैलाएको प्रचण्डको दाबी अमान्य हैन । तर शिक्षकहरू राजनीतिमा लागेकै कारण विद्यालयको पढाइ डामाडोल भएको यथार्त पनि कसैले भुल्नु हुँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार