बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

यी पात्रलाई यसकारण महासचिव बनाउदैछन् ओलीले !

नेकपा एमालेको दशौं महाभिवेशन नजिकिदै गर्दा नेतृत्वमा को को भन्ने बहस तीव्र बनेको छ । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने पक्कापक्की छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको दशौं महाभिवेशन नजिकिदै गर्दा नेतृत्वमा को को भन्ने बहस तीव्र बनेको छ । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने पक्कापक्की छ । अध्यक्ष बाहेकका पदमा जोडघटाउसँगै लविङ चलिरहेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अध्यक्षपछिको कार्यकारी र शक्तिशाली पद महासचिव कस्को काँधमा जान्छ भन्ने निकै चासोका साथ हेरिएको छ । नेकपा एमालेका एक केन्द्रीय सदस्यका अनुसार, अहिले अध्ययक्ष ओलीले आफ्नो उत्तराधिकारीका रुपमा महासचिव बनाउँदै अघि सार्ने संभावना आएपछि यो पदमा को पुग्छ भन्ने विषयलाई निकै महत्वका साथ हेरिएको छ ।

अहिले महासचिव बन्ने व्यक्ति नै एघारौ महाधिवेशनबाट अध्यक्ष बन्ने प्रवल संभावना छ । त्यसैले अध्यक्ष ओलीले आफ्नो उत्तराधिकारी छनौट कसरी गर्छन भन्ने विषय नै प्रमुख विषय हो ।

नेकपा एमालेमा नेता धेरै भएका कारण नेताहरुको व्यवस्थापनको चुनौति देखिन्छ । बरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेलको संभावना धेरै देखिन्छ । बरिष्ठ उपाध्यक्षको आकांक्षी भीम रावलले अध्यक्ष ओलीमाथि दबाब बढाउन अध्यक्षमा उठ्ने घोषणा गरेका छन् भने संसदीय दलका उपनेता सुभाष नेम्बाङ र माओवादी केन्द्रबाट एकता प्रकृयासँगै आएका रामबहादुर थापा बादल पनि बरिष्ठ उपाध्यक्षमा चाहना राखेका छन् ।

तर, थपा उपाध्यक्ष बन्ने देखिन्छ । चार उपाध्यक्ष पद मध्ये थापा र अष्टलक्ष्मी शाक्य उपाध्यक्ष बन्ने विश्चित जस्तै छ । वर्तमान उपाध्यक्ष युवराज ज्ञवाली अनुशासन आयोगको अध्यक्ष र आयोगका वर्तमान अध्यक्ष अमृत बोहोरा सल्लाहाकार समितिको सभापति बन्ने चर्चा ब्याप्त छ ।

अहिले महासचिवमा उपमहासचिव विष्णु पौडेल,शंकर पोखरेल र सुरेन्द्र पाण्डेको चर्चा छ । यो चर्चासँगै पार्टीभित्र बैचारिक नेताका रुपमा पहिचान बनाएका पोखरेललाई महासचिव बनाउन दबाब र अभियान शुरु भएको छ ।

हालै नेपालगञ्जमा भेला भएका सुदुरपश्चि, कर्णाली र लम्विनी प्रदेशका तीन दर्जन जिल्लाका अध्यक्ष, दुई दर्जन केन्द्रीय सदस्य लगायतको टोलीले पार्टी अध्यक्ष ओलीसमक्ष पोखरेललाई महासचिव बनाउन सामुहिक अपिल गरेका थिए ।

यस विषयमा अध्यक्ष ओलीले सकारात्मक सन्देश दिएको सहभागी एक केन्द्रीय सदस्य खेममान खड्काले बताए । पार्टीलाई बैचारिक रुपमा शसक्त ढंगले अगाडी बढाउन र पार्टीभित्र युवाहरुको मनोविज्ञानलाई दृष्टिगत गरी पोखरेललाई महासचिव बनाउन अध्यक्ष ओलीमाथि दबाब परिरहेको छ । युवा केन्द्रीय सदस्य र अखिलका पूर्वनेताहरु पोखरेललाई महासचिव बनाउन अभियान नै शुरु गरेका छन् ।

पार्टीभित्र बिचार निर्माण गर्नेनेताका रुपमा स्थापित पोखरेल पार्टीलाई गणतन्त्रको मुद्धामा डोर्याउने नेता हुन । पोखरेलले नै तत्कालीन महासचिव माधव नेपाललाई कन्भिन्स गरेर पार्टीलाई गणतन्त्रको पथमा लैजाने मुख्य भूमिका खेलेका थिए ।

माओवादीबिरुद्ध बैचारिक अभियानका मुख्य अगुवा पनि पोखरेल नै हुन । त्यसो त पार्टीको पाँचौ महाधिवेशनको अपिलको ड्राफ्ट गर्न तत्कालिन महासचिव मदन भण्डारीले पोखरेललाई जिम्मा दिएका थिए ।

पोखरेलले तयार पारेका ड्राफ्टलाई महासचिव भण्डारीले अन्तिम रुप दिएका थिए । जननेता मदन भण्डारीको नजरमा परेका पोखरेलले रविन्द्र अधिकारी स्ववियू काउन्सिलको अध्यक्ष हुँदा मदनको निधनपछि काउन्सिलले गरेको बिचार गोष्ठीमा जनताको बहुदलीय जनवादलाई बिचारका रुपमा अघि बढाउने कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसकार्यक्रममा युवराज ज्ञवालीलगायतका नेताहरुले भने त्यसलाई अस्वीकार गरेको प्रसँग त्यसबेलाका अखिलका नेताहरु सम्झन्छन् । त्यस्तै छैटौ महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन तयार गर्न हात्तिवन रिसोर्टमा तत्कालिन महासचिव माधव नेपाल, नेताहरु केपी ओली, ईश्वर पोखरेल, बामदेव गौतम लगायतका नेताहरु तीनदिन बसेका थिए ।

त्यहाँ शंकर पोखरेलले जवजलाई सिद्धान्तका रुपमा पार्टीले स्थापित गर्ने प्रस्ताव राखेपनि नेपालले नै मानेनन् भने बामदेव गौतमसँग पोखरेललको ठाकठुक नै परेको प्रसँग पनि पार्टीभित्र बेलाबखत नेताहरुले उठाउने गर्छन् ।

त्यो महाधिवेशन शक्ति संचयको कार्यनीतिको दस्तावेज ओलीको निर्देशनमा पोखरेलको अगुवाईमा भएको थियो । पार्टीभित्र नेतृत्वकारी विचारको निर्माण गर्ने पोखरेल जवजो एक मुख्य ब्याख्याकारको रुपमा परिचित छन् । सातौ महाधिवेशनमा संविधानसभा, राज्यको पुर्नसंरचनासम्बन्धी मुद्धा उठाउने पोखरेल एक हुन ।

निरन्तर साथ दिदै अफ्ठेरोमा पर्दा पनि साथ दिनेमध्ये शंकर पोखरेल र प्रदीप ज्ञवालीहरु नै हुन । यी दुई ओलीका असल र जनाधार भएका सारथीका रुपमा चिनिन्छन् । धेरैजससो पार्टीका दस्तावेज पोखरेल र ज्ञवाली मिलेर लेख्दै आएका छन् ।

ओलीको पार्टीलाई लोकतान्त्रिकरण गर्ने एजेण्डालाई दस्तावेजीकरण पनि यी दुबैले गरेका थिए । आठौ महाधिवेशनमा नेतृत्वले सर्वसम्मतिले पास गरेको दस्तावेजको मूल कन्सेप्ट नै विमति जनाउँदै महाधिवेशनमा पोखरेल, ज्ञवाली र विष्णु रिमाल मिलेर फरक प्स्ताव पेश गरे ।

इतिहासमा बिरलै हुने यस्ता घटना भयो, उनीहरुले प्रस्तुत गरेको फरक प्रस्ताव नै महाधिवेशनले पारित गर्यो । त्यसो त नवौँ महाधिवेशनको मुख्य दस्तावेज पोखरेलको सहयोगमा ज्ञवालीले तयार पारे ।

त्यसमा एउटा च्याप्टर मात्र झलनाथ खनालले तयार पारे तर, जस दिईयो घनश्याम भुसाललाई । भुसालले आफ्नो मार्केटिङ गर्दै पगरी गुथे । नवौँ महाधिवेशनपछिका दस्तावेज त प्रायः पोखरेल र ज्ञवालीले नै लेख्दै आएका छन् ।

बिचारका मामलामा मात्र होईन संगठनमा पनि पोखरेलको बलियो पकड छ । पार्टीलाई संकट पर्दा पहिलो खोजिने नेता हुन पोखरेल । पार्टीको भरपर्दो जनसंगठन अखिल पोखरेलले नेतृत्व गर्दा निकै शसक्त र प्रभावकारी थियो ।

प्रवास कमिटिीको काम व्यवस्थित पनि पोखरेलले नेतृत्व गर्दा थियो । पार्टीको कोर टिममा र जिल्लादेखि केन्द्रसम्म र संसदमा अहिले पोखरेलले नृतृत्व गरेका बखतका अखिलका नेताहरुको बर्चश्व देखिन्छ । पार्टी पुर्नगठन, व्यवस्थित र एउटै लयमा हिडाउने दृष्टान्त उनले लुम्बिनी प्रदेशबाट दिएका छन् ।

त्यसको त पार्टी स्कूल विभागको प्रमुख उनलाई नदिन प्रपञ्च भयो । त्यसपछि अध्यक्ष ओली प्रमुख र पोखरेल उपप्रमुख भए । उनी उपप्रमुख भएपनि प्रमुखकै रुपमा काम गरे । त्यसबेला पार्टी स्कूल व्यवस्थित, प्रभावकारी रसकृय बनेको सबै स्वीकार्छन ।

आर्थिक सामाजिक रुपान्तरण सम्बन्धी कार्यक्रम,समृद्धि सम्बन्धी सरकारका नीति तथा कार्यक्रम,विकास सम्बन्धी मोडलमा पर्दाभित्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै पोखरेल आएका छन् । तर उनले यसको जस लिन मार्केटिङ भने गरेनन् ।

विचार निर्माण गर्ने, आर्थिक सामाजिक रुपान्तरणका एक हस्ती,पार्टी संगठक पोखरेललाई महासचिव बनाउन पार्टीभित्र धेरैको चाहना देखिन्छ । पार्टीभित्र उज्यालो छवी भएका कुनै विादमा नपरेका पोखरेल महासचिव बन्दा पार्टी अझ शसक्त हुने धेरै कार्यकर्ताका चाहना बुझिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search