Viber Community
Nop Ads

ओलीको उत्तराधिकारी बन्न सुवास, विष्णु र ईश्वरबिच महाभिडन्त !

नेकपा एमालेको १० औं महाधिवेशन आउन अब केही दिन मात्रै बाँकी छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

bishnu, ishwor

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशन आउन अब केही दिन मात्रै बाँकी छ । नेकपा एमालेले १० औं महाधिवेशबाट थपेको वरिष्ठ उपाध्यक्षको पदका लागि तिन नेता सुवास नेम्वाङ, विष्णु पौडेल र ईश्वार पोखरेलबिच महाभिडन्त हुने भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

महाधिवेशन नजिकिँदै गर्दा उमेदवार घोषणा गर्ने क्रम सुरु भइसकेको छ । अध्यक्षमा केपी ओलीलाई सर्वसम्मत अध्यक्ष हुनबाट रोक्न भीम रावलले उमेदवारी दिने घोषणाा गरिसकेका छन् । यसअघि अध्यक्ष ओलीले आफू सर्वसम्मत अध्यक्ष बन्ने चाहना राखेको भएपनि उनको त्यो सपना भीम रावलका कारण चकनाचुर बन्न पुगेको हो ।

अध्यक्षमा भीम रावलले उमेदवारी दिने घोषणा गरेपनि चुनाव नै हुने अवस्था आउँदासमेत ओली नै अध्यक्ष बन्ने करीब निश्चित नै छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षको अध्यक्ष ओलीको उत्तराधिकारी को बन्ला भन्ने चासो समेत बढेको छ ।

अध्यक्षको उत्तराधिकारीको रुपमा लिइएको महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्षमा को आउला भन्ने आम चासो चुलिएको छ । यस पदका लागि तिब्र प्रतिष्पर्धा हुने देखिएको छ । १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म एकजनाले मात्रै उमेदवारी दिने घोषणा गरेका छन् । वरीष्ठ उपाध्यक्ष पदका लागि तीनजना मुख्य दाबेदारको रुपमा देखिएका छन् ।

महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षको मुख्य दाबेदारको रुपमा हेरिएको छ । यी ३ नेतामध्ये स्थायी कमिटी सदस्य सुवास नेम्वाङले वरीष्ठ उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरिसकेका छन् भने महासचिव पोखरेल र उपमहासचिव पौडेलले उमेदवारी घोषणा गर्न बाँकी छ ।

एमालेमा अध्यक्षपछि वरियतामा वरिष्ठ उपाध्यक्ष पद राखिएको छ । जो यो पदमा पुग्छ उही अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी बन्ने सम्भावना बलियो छ ।पोखरेल, पौडेल र नेम्वाङमध्ये एक वरिष्ठ उपाध्यक्ष बन्ने निश्चित जस्तै छ । यसको अर्थ अब ओलीको उत्तराधिकारी यी तीनमध्येका नेता हुनेछन् ।

ईश्वर पोखरेलओलीलाई कठिन समयमा साथ दिएकामध्ये एक नेताका रुपमा रहेका छन् । उनी ओली समूहबाट नवौं महाधिवेशनमा निर्वाचित महासचिव हुन् भने ओली सरकारमा उपप्रधानमन्त्रीसहित रक्षामन्त्री भएका थिए ।

यस्तै विष्णु पौडेल एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा महासचिव पदमा रहेका थिए । एमालेको नवौं महाधिवेशनमा ओली समूहबाट निर्वाचित उपमहासचिव पौडेलले नेकपा हुँदा महासचिवको जिम्मेवारी सम्हालेका थिए । ओलीले उनलाई उपप्रधानमन्त्री र अर्थमन्त्रीसमेत बनाएका थिए ।

सुवास नेम्वाङ पूर्वसभामुख हुन् । ओलीले नेम्वाङलाई संसदीय दलका उपनेतासमेत बनाएका थिए । ओलीका विश्वासिलामध्येका नेता हुन् । उनी पूर्वसभामुख हुन् । यसबाहेक ओलीको उत्तराधिकारी बन्न स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि लागेका छन् । पोखरेल निरन्तर ओली समूहमा छन् ।

१०औं महाधिवेशनमा ओली नै अध्यक्ष बन्ने र एमालेको विधानले पनि अर्को महाधिवेशनमा ओलीलाई अध्यक्षमा दोहोरिन नदिने भएकाले अब उनले उत्तराधिकारीको टुंगो लगाउने देखिएको छ । यी नेताहरुमध्ये एक वरीष्ठ उपाध्यक्ष बन्ने र उनै अध्यक्ष ओलीको उत्तराधिकारीको रुपमा रहने देखिएको नेकपा एमालेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

इतिहासमा नेकपा एमाले : क-कसको नेतृत्वमा चल्यो दशौं माहाधिवेशनसम्म आइपुग्दा ?

यहि मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमाले पार्टीको दशौं महाधिवेशनको गतिविधिले देश अझै तातेको छ । महाधिवेशनमा प्रतिनिधिहरूको भूमिका ज्यादै ठूलो देखिएको थियो ।

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search