शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

यस्तो रुप लिन लाग्दैछ न्यायपालिकाको संघर्षले !

सर्वोच्च अदालतका पाँच न्यायाधीशहरू तीन हप्तापछि काममा फर्किन तयार भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध ठूलो दबाव सिर्जना भईरहेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सर्वोच्च अदालतका पाँच न्यायाधीशहरू तीन हप्तापछि काममा फर्किन तयार भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध ठूलो दबाव सिर्जना भईरहेको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

राजीनामा नआउँदासम्म पछि नहट्ने बार एशोसिएशनले चेतावनी दिँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मङ्सिर ३ गतेसम्म चोलेन्द्रले प्रधानन्यायाधीश पदबाट राजीनामा नदिएमा आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा बार एशोशिएशनले गरेको छ ।

प्रधानन्यायाधीशको राजिनामा माग्दै इजलाशमा बस्न इन्कार गर्दैआएका सर्बोच्च अदालतका सबै न्यायाधीशमध्ये ५ जनाले ‘निष्कर्षहीन अघोषित हडतालमा सहभागी नहुने’ भन्दै कार्तिक ३० गतेदेखि घोषित रूपमै काममा फर्किए । साख, लोकाचार र आफ्नो जनप्रियतालाई हेक्का राख्ने युवा नेताहरू आ–आफ्ना पार्टीभित्र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अवकाश टार्न नसकिने हुनाले उनलाई राजिनामा गराउन नेतृत्वमाथि दबाब बढाउँदै लगेका छन् ।

उनलाई भाग दिन तयार भएका दल र नेताहरू पनि चोलेन्द्रलाई लागेको दोष र कलंकले उनीहरूलाई मुछेको हुँदा अधिकांश मानिसहरू नेताहरूलाई समेत दोषी देख्छन् । उनीहरू सार्वजनिक रुपमा प्रधानन्याायधीश चोलेन्द्रको अवकाशबारे खुलेर बोलिरहेका छन् ।

अधिकांश प्रधानन्यायाधीशले जबराको राजीनामा माग गर्दै मुद्दा हेर्न स्थगित गर्दै आएकोमा, मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको एकाधिकार तोड्दै, अटोमेशन भनिने स्वाचालित प्रणाली (गोलाप्रथा) को नयाँविधि अपनाउने निर्णय भएको र प्र.न्या. जबरा पनि सहमत भएपछि उनीहरू इजलासमा बस्नेभएका हुन् । अघोषित बहिष्कार अनन्तकालसम्म जाने अवस्था देखिएपछि जनस्तरबाट पनि आलोचनाको वर्षा हुन थालेपछि न्यायाधीशहरूले नयाँ वैकल्पिक बाटो लिएका हुन् । तर उनीहरूले पछि थपेका प्रधानन्यायाधीशको राजीनामाको माग भने छोडेका छैनन् । त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रसँग इजलाशमा सँगै नबस्ने अडानमा कायम छन् ।

जबराले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने विवाद सार्वजनिक भएदेखि उनी चौतर्फी आक्रोश र आलोचनाको तारो बनेका छन् । प्रधानन्यायाधीशको राजिनामालाई न्यायपालिकाभित्रको शुद्धीकरणको दिशामा आफ्ना मागहरूको बटम लाईन बनाएको बार एशोसिएशनको मागलाई जबराले नमानेपछि बारले आफ्नो आन्दोलनलाई अझ सशक्त, व्यापक र दलहरूलाई पनि दबाब बढाउने निर्णयका साथ प्रस्तुत भएका छन् । राजीनामा नदिने अडान देखाए । त्यसैले अब बार जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूलाई दबाव दिन अग्रसर हुने सम्भावना छ । मङ्सिर ३ गतेसम्ममा प्रधानन्यायाधीश जबराको राजीनामा नआए बारले आन्दोलन अझ सशक्त बनाउने अल्टिमेटम सहितको घोषणा गरिसकेको छ । चोलेन्द्रले पनि राजीनामा नदिने भन्दै महाभियोग सामना गर्न आफू तयार रहेको घोषणा नै गरिसकेका छन् ।

यी हुन् २९ औं प्रधानन्यायाधीश चोलेन्द्र

वीर शम्शेरका पनाती, चोलेन्द्र शम्शेर जबराको जन्म मंसिर २०१४ मा कालिकास्थानमा भएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेखित छ । उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (डीएल्) गरेका हुन् । उनले सन् २०१३ मा दक्षिण कोरियामा न्यायालयको विकास सम्बन्धी तालिम लिएका छन्।् । ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि जबरा पौष २०७५ मा प्रधानन्यायाधीश बनेका थिए । उनलाई मङ्सिर २७ गते २०७५ मा संवैधानिक परिषद्को बैठकले नियुक्तिको लागि सर्वसम्मतिले सिफारिश गरेको थियो । प्रधानन्यायाधीशको लागि न्यायपरिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई पनि पहिलो नम्बरमा सिफारिस गरी पठाएको थियो । तर जोशी संवैधानिक परिषदमा अस्वीकृत भए ।

वकालत गर्दागर्दै चोलेन्द्र २०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भए । उनको सो नियुक्ति नै ठूलो विवादको विषय भएको थियो । उनी २०७१ जेठमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश बने । त्यसबेला संसदीय सुनुवाई समितिमा तत्कालीन एमाले र माओवादीले राणाको विपक्षमा मत दिएका थिए ।

कान्तिपुर पब्लिकेसन्सविरुद्धको अदालत अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ भइरहेका बेला चोलेन्द्रले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली समेत रहेको इजलास २०७४ फागुन २८ मा बहिष्कार गरेका थिए । पराजुलीको योग्यता सार्वजनिक रुपमै विवादित भएको र योग्यता पुग्ने आवश्यक सक्कल प्रमाण देखाउन नसकेको उनको दावी थियो । त्यही घटनापछि पराजुली अदालतमा रक्षात्मक स्थितिमा पुगेका थिए र त्यस मुद्दामा थप सुनुवाइ पनि अघि बढाउन सकेनन् । राणाको दावीलाई समर्थन पुग्ने गरी तत्कालीन न्यायपरिषदका सचिव नृपध्वज निरौलाले २०७४ चैत ३० मा पत्र पठाएपछि पराजुली पदमुक्त भएका थिए ।

तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन तथा उनलाई काममा फर्काउन वैशाख २०७४ मा आदेश दिएपछि जबरा चर्चामा आएका थिए । झन्डै दुई दशकअघि विराटनगर पुनरावेदन अदालतमा न्यायाधीश हुँदा उनले एउटा मुद्दामा तासको खेल ‘म्यारिज’ जुवा नभएको मनोरञ्जनको साधन भएको फैसला गरेका थिए, जुन फैसला आजसम्म पनि उनको हास्यास्पद र भ्रष्ट चरित्रको रुपमा चर्चित छ ।

प्रधानन्यायाधीशको रूपमा कार्यकाल सुरू गर्दा चोलेन्द्रले न्यायप्रेमी समाजमा आसा जगाएका थिए । प्रधानन्यायाधीशको रूपमा उनले आक्रामक सुरुवात गरेका थिए । न्यायपालिका शुद्धीकरणका लागि आक्रामक अभियान थालेका चोलेन्द्रले न्याय सम्पादानमा कैफियत देखिएका विभन्न न्यायाधीशहरूलाई निलम्बन गरे । प्रचण्डको लुकाइएको अर्बौंका भण्डारे भनी चिनिएका अजयराज सुमार्गीको सम्पत्ति पुनः रोक्का गर्ने आदेश दिए । एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउने बारे आजिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन आदेश दिएका थिए ।

पार्टीभित्रको गुटगत राजनीतिमा कमजोर बन्दै गएपछि तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले २०७७ मंसिर ३० गते संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरे । त्यही दिनको साँझ राखिएको संवैधानिक परिषद्को बैठकमा सहभागी उनले समेत नियुक्तिसम्बन्धी प्रधानमन्त्री ओलीको कदमलाई साथ नदिने संकेत गरे । उनले ऐनको प्रावधानअनुसार नै संवैधानिक परिषद्का अध्यक्षले बोलाएको स्थान र समयमा बैठकमा उपस्थित भए पनि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामध्ये एउटा सिंगो ‘अंग’ व्यवस्थापिकाका प्रमुख नभएको बैठकले गर्ने निर्णयमा प्रश्न उठ्न सक्ने बताएका थिए । २०७७ पौष ३ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा फागुन ११ मा उनले राखेको संवैधानिक इजलासले संसद विघटनलाई बदर ग¥यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

राप्रपाको चुनाव अझै सुरु भएन, बिहानैदेखि लाइन बसेका प्रतिनिधि आक्रोशित

बिहान ८ बजेदेखि हुने भनिएको राप्रपाको चुनाव अझैसम्म सुरु हुन सकेको छैन । निर्धारित समयमा मतदान सुरु नभएको भन्दै बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिले आक्रोश व्यक्त गर्न थालेका छन् । यद्यपि, अबको केही समयपछि मतदान सुरु हुने बताइएको छ ।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आज सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने

आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

बालविवाह न्यूनीकरणका लागि मतदान

यहाँ बालविवाह न्यूनीकरण गर्नु ठीक कि बेठीक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search