सोमवार, मंसिर १३, २०७८
spot_img

महाधिवेशनको मुखैमा गम्भीर सूचना बाहिरियो, एमाले नेताकार्यकर्तामा छायो सन्नाटा !

१० औ महाधिवेशनको मुखैमा नेकपा एमालेमा सन्नाटा छाउने खबर आउने दाबी गरिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फेरि महाधिवेशपछि फुट्ने निश्चित भएको ठोकुवा गरेका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। १० औ महाधिवेशनको मुखैमा नेकपा एमालेमा सन्नाटा छाउने खबर आउने दाबी गरिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फेरि महाधिवेशपछि फुट्ने निश्चित भएको ठोकुवा गरेका हुन् । नेपालले एमाले फुट्न लागेको सूचना आफूलाई आएको बताएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले भने अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलिलाई विश्वास गर्न छोडेको बताएका छन् । मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठन बन्धनले ओलीको तानासाह प्रवृत्ति, दम्भ र अहंकारलाई परास्त गर्नेपछि नेपाली जनताले ओलीको बोलिलाई विश्वास गर्न छोडेको बताए ।

ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै अध्यक्ष नेपालले भने, ‘ओलीको स्वेच्छाचारी, मनपरि र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदै छ । त्यसको परिणाम एमाले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चित छ ।’ओलीको प्रवृत्ति र बिचौलियाहरूको प्रवेशका कारण महाधिवेशन पश्चात् एमाले पार्टी फुट्ने निश्चित रहेको उनले बताए ।

समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचार विरुद्ध सजग र सतर्क रहन अध्यक्ष नेपालले कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टीका धनुषा जिल्ला अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश २ संयोजक धर्मनाथ साह, प्रदेश २ का उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो लगायतले मन्तव्य राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार