Viber Community
Nop Ads

महाधिवेशनकै मुखमा आफ्नो गृट दुई टुक्रा भएपछि देउवा तनावमा !

कांग्रेसको चौधौं अधिवेशनअन्तर्गत पर्वतको जिल्ला अधिवेशन एकै समूहका दुई प्यानलको प्रतिस्पर्धा हुने देखिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

sher bahadur

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कांग्रेसको चौधौं अधिवेशनअन्तर्गत पर्वतको जिल्ला अधिवेशन एकै समूहका दुई प्यानलको प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रमा संस्थापन ९देउवा० पक्षमा देखिएका जिल्ला नेताकै दुई प्यानल जिल्ला सभापतिको चुनावी मैदानमा होमिएका छन् । जिल्लामा पुराना देउवा र नयाँ देउवा समूहबीच प्रतिस्पर्धाको चर्चा छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पौडेल समूहको कमजोर उपस्थिति रहेको भए पनि उक्त समूहले नयाँ देउवा समूहका उम्मेदवारलाई सघाएको छ । १३ औं महाधिवेशनअघि कोइराला समूहमा सक्रिय अर्जुन जोशी एकाएक देउवा समूहमा लागेका थिए । देउवा समूहमै लागेका कारण केन्द्रीय सदस्यमा मनोनीत भएका जोशीकै भाइ युवराज जोशी चुनावी प्रतिस्पर्धामा छन् ।

उनको प्रतिस्पर्धी बन्न लामो समयदेखि देउवा समूहमा सक्रिय नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, राम शर्मा पौडेललगायत समूहले हालका जिल्ला कोषाध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण० लाई प्रतिस्पर्धामा उतारेको छ । मल्ल यसअघि लामो समयसम्म अर्जुन जोशीकै समूहमा थिए ।

सभापतिका लागि फरकफरक प्यानलबाट जोशी, मल्ल र एकल रूपमा मिलन सुवेदीले उम्मेदवारी दिएका छन । तीनैजना यसअघि देउवा समूहका थिए ।

मल्लले अर्जुनप्रसाद जोशीका साथ छाडेर देउवा समर्थक जोशीकै विरुद्धमा टक्कर गर्दैआएका नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, राम शर्मा पौडेललगायत समूहको समर्थनमा उम्मेदवारी दिएका हुन । नेबिसंघका जिल्ला अध्यक्ष मिलन सुवेदीले युवाको प्रतिनिधित्व गरेको भन्दै स्वतन्त्र रूपमा चुनावी मैदानमा उभिएको बताए ।

उपसभापतिमा युवराज जोशीको प्यानलबाट डा। चूडामणि शर्मा र शिवप्रसाद सुवेदी तथा मल्लको प्यानलबाट कमलराज शर्मा पौडेल र गोविन्दप्रसाद पाध्याले उम्मेदवारी दिएका छन् ।

सचिवमा जोशीको प्यानलबाट गुप्तनिधि शर्मा र अशोकउचै ठकुरी र मल्लको प्यानलबाट कमल अधिकारी र पानबहादुर हमाल ९सन्तोष० उमेदवार छन् । स्थानीय पत्रकार ओमप्रसाद घायल र सामाजिक कार्यकर्ता मोहन आचार्यले सचिवमै स्वतन्त्र उम्मेदवारी दिएका छन् । सहसचिवमा अच्युत तिवारी, परशुराम पुरी, पंकज क्षेत्री र तिलकप्रसाद भुसालको उम्मेदवारी छ ।

यसैगरी कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत कास्कीका तीन प्रतिनिधिसभा क्षेत्रमध्ये २ वटामा पौडेल र एउटामा देउवा पक्षधर सभापतिमा निर्वाचित भएका छन् । कास्की क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने निर्वाचित भए । सचिवमा सरोज केसी र ओमप्रकाश गुरुङ विजयी भए । सहसचिवमा सुजाता गुरुङ र मोती गिरी निर्वाचित भए ।

क्षेत्र नम्बर २ को सभापतिमा पौडेल पक्षकै केशरप्रसाद निर्दोषी निर्वाचित भए् । सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी, सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भए । क्षेत्र नम्बर ३ मा संस्थापन ९देउवा० पक्षका मनोज गुरुङ निर्वाचित भए । उनले प्रतिस्पर्धी पौडेल पक्षका खिमलाल बाँस्तोलालाई हराएका हुन् । सचिवमा लेखबहादुर तामाङ र लक्ष्मीप्रसाद पौडेल, सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ निर्वाचित भए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।

केपी ओली : अहंकारी र घमन्डी नेता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search