मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

स्वीडेनको पहिलो महिला प्रधानमन्त्री बनिन् एन्डर्सन

स्वीडेनको संसदले माग्डालेना एन्डर्सनलाई बुधबार पहिलो महिला प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। स्वीडेनको संसदले माग्डालेना एन्डर्सनलाई बुधबार पहिलो महिला प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

त्यहाँकी अर्थमन्त्री समेत रहेकी उनी हालै सत्तारुढ सोसल डेमाक्रेटिक पार्टीकी नेतृ समेत चुनिएकी थिइन् । उनले अघिल्ला प्रधानमन्त्री एवं पार्टी प्रमुख स्टेफन लपभेनलाई विस्थापित गर्ने एपीले जनाएको छ ।

यो पनि पढ्नु होस्ः नेपालमा पहिलो प्रजातान्त्रिक निर्वाचन वि.सं. २०१५ साल फागुन ७ गते भएको थियो । दलीय आधारमा पहिलो पटक भएको निर्वाचनमा कुल १ सय ९ संसद सदस्यकालागि आम जनताले मतदान गरेका थिए । जसमा नेपाली कांग्रेस ७४ स्थानमा विजयी भई संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठुलो दल बनेको थियो ।

निर्वाचनमा नेपाल राष्ट्रिय गोरखा दलले १९ स्थानमा विजय प्राप्त गरेको थियो भने, संयुक्त प्रजातन्त्र पार्टीले ५, नेपाल कम्युनिष्ट पार्टीले ४, प्रजापरिषद (घन कोदोलो)ले २ र प्रजापरिषद (हलो)ले १ स्थानमा विजय पाएका थिए भने ४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

महिलाकालागि अपेक्षाकृत खुला समाज नभएको त्यो अवस्थामा नेपालमा निकै कम महिला राजनीतिमा थिए । २०१५ सालको निर्वाचनमा जम्मा ७ जना महिला प्रतिस्पर्धी थिए । त्यसमध्ये एक महिलाले आम निर्वाचनमा विजयी भएर सबैलाई आश्चर्यचकित पारिन, ती थिइन्, द्वारिकादेवी चन्द ठकुरानी ।

द्वारिकादेवी र १५ सालको निर्वाचन

द्वारिकादेवीका दाजु शिवराज पन्त नेपालको सुदुरपश्चिम क्षेत्रमा प्रखर कांग्रेसी नेता थिए । १५ सालको निर्वाचनमा पन्त डोटिको दुई स्थानबाट विजयी भएका थिए । जस मध्ये एक स्थानमा पन्तले पश्चिम क्षेत्रकै निकै लोकप्रिय नेता के आई सिंहलाई हराएका थिए ।

दाजुसँगै कांग्रेसी राजनीतिमा द्वारिका पनि सक्रिय थिईन । त्यो बेलाको निकै संकृर्ण समाजमा पनि उनको अन्तरजातिय विवाह भएको थियो । ब्राम्हणको घरमा जन्मिएकी उनले ठुकुरीसँग प्रेम विवाह गरेकी थिईन् ।

उद्धवबहादुर चन्दसँग उनको विवाह दुवै परिवारको मन्जुरीमै भएको थियो । द्वारिकाका पति समाजिक रुपमा निकै सक्रिय थिए । द्वारिका र उनका पति उद्धव, २००३ सालमा नेपाली कांग्रेस नेता वीपी कोइरालाबाट एकैसाथ कांग्रेस सदस्यता प्राप्त गरेपछि राजनीतिमा सक्रिय थिए । पति उद्धवको २०१० सालमा निधन भयो ।

पतिको निधनपछि पनि द्वारिका नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिइन् । उनले २०१५ सालमा निर्वाचन क्षेत्र नं ६६ डडेल्धुराबाट नेपाली कांग्रेसको उम्मेदवारका रुपमा निर्वाचमा प्रतिस्पर्धा गर्ने मौका पाईन र विजयी पनि भईन् ।

विजयी हुने क्रममा उनले त्यस क्षेत्रका प्रभावशाली नेता केआई सिंहको पार्टी संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवारलाई हराएक थिईन् । द्वारिकाले ३ हजार ९ सय २ भोट पाईन् । उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका लक्ष्मिदत्त भट्टले १ हजार ८ सय ३१ मत पाएका थिए ।

पहिलो महिला मन्त्री

नेपाली कांग्रेसले दुई तिहाई बहुमतका साथ निर्वाचनमा विजय हाँसिले गरे पनि राजाले वीपीलाई सरकारका गठनका लागि आव्हान गर्न निकै ढिलो गरे । विभिन्न शंका आशंकाबीच २०१६ जेठ ६ मा सरकार गठन भयो । देशको पहिलो प्रजातान्त्रिक सरकारको एक मात्र महिला सहभागीको रुपमा द्वारिकाले मन्त्रीमण्डलमा प्रवेश पाइन् ।

द्वारिकादेवी ठकुरानी, स्वास्थ्य तथा स्वायक्त शासन उपमन्त्री बनिन् । इतिहासमा द्वारिकाको नाम नेपालकै पहिलो महिला मन्त्रीको रुपमा लेखियो । उनका दाई शिवराज पन्त पनि सोही सरकारमा खाद्य, कृषी तथा बन मन्त्री बने ।

मन्त्रीका रुपमा काम

नेपाल परिवार नियोजन संघ स्थापनाको श्रेय द्वारिकादेवी ठकुरानीलाईनै जान्छ । स्वास्थ्य मन्त्रीको रुपमा द्वारिकाले वीर अस्पताल र प्रसुती गृहको स्तरोन्नतीमा पनि महत्वपूर्ण भुमिका खेलिन् । आफ्नाे निर्वाचन क्षेत्र डडेल्धुरामा अस्पताल बनाउने देखि विभिन्न ठाउँमा विद्यालय र हुलाक कार्यालयहरु खोल्न पनि उनको भुमिका महत्वपूर्ण रह्यो ।

द्वारिका र सूदुुरपश्चिम विश्वविद्यालय

तात्कालिन सुशील कोइराला सरकारले असोज १४, २०७२ मा सूदुरपश्चिम विश्वविद्यालयको नाम द्वारिकादेवी ठकुरानी सुदूरपश्चिम विश्वविद्यालय राख्ने निर्णय गर्यो । तर द्वारिकालाई उनको योगदान भन्दा पनि एक पार्टीको नेताको रुपमा हेरिँदा सरकारको उक्त निर्णय कार्यान्वयन हुन सकेन ।

अहिले सुदूर पश्चिम सरकारले ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तिकरण कार्यक्रम’ घोषणा गरेको छ । कार्यक्रममकालागि ८० लाख रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । १९७२ साल कर्तिक १२ गते जन्मिएका द्वारिकाको २०५९ साल मंसिर १४ गते निधन भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

संसदीय सुनुवाइमा प्रस्तावित राजदूत खत्रीले भने : एमसीसी नलिने हो भने अमेरिकालाई प्रष्ट भन्नुपर्छ

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको पनि संसदीय सुनुवाइ भएको छ । अमेरिकी अनुदान सम्झौता (एमसीसी)बारे नेपाली र अमेरिकी अधिकारीले भ्रम फैलाएको संसदीय समितिसमक्ष बताएका छन् ।

प्रस्तावित राजदूत गौतम: बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउँछु

हाम्रो एतिहासिक सम्बन्ध र बेलायतको ग्लोबल शक्तिका कारण महत्वपूर्ण छ । सम्बन्धको विविधिकरण र सुदृढीकरण आवश्यक छ ।

चार वर्ष जेल सजाय आङ सान सुचीलाई

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ ।

माेदी र पुटिनबीच फेस टु फेस भेटवार्ता हुँदै

अमेरीकी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच अ‌ाज भेटवार्ता हुँदैछ ।

राष्ट्रपति पुटिनको भ्रमणका क्रममा भारत र रुसबीच भए यी सम्झौता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै हुनुहुन्छ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search