मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

नासाको ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाइयो

नासाले पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा परिवर्तन गर्ने उद्देश्यसहित आफ्नो ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नासाले पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा परिवर्तन गर्ने उद्देश्यसहित आफ्नो ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाएको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नासाले बुधबार परीक्षण स्वरुप उल्का पिण्डमा ठोक्याइने एक यान अन्तरिक्षमा प्रक्षेपण गरेको अलजजिराले जनाएको हो । क्यालिफोर्नियास्थित भन्डेनबर्ग स्पेश फोर्स बेसबाट उल्का पिण्डमा ठोक्याइने यान स्पेसएक्सको रकेटमार्फत् पठाइएको हो ।

डार्ट नामक नासाको पछिल्लो अन्तरिक्ष मिशनबाट पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा के-कति मोडेर पृथ्वीका प्राणीलाई बचाउँन सकिन्छ् भनेर हेरिने छ । ‘हामीले जोखिमलाई कसरी पन्छाउन सकिन्छ भनेर परीक्षण गर्दै छौं’, नासाका वरिष्ठ वैज्ञानिक थोमस जुबुर्चेनले भने ।

हाल सूर्यलाई परिक्रमा गरिरहेका २ वटा उल्कापिण्डमध्ये डिमोर्फोस नामक उल्कापिण्डमा नासाको यान ठोक्याइने समाचारमा उल्लेख छ । झण्डै १६० मिटर चौडा उक्त उल्का पिण्डले ७६२ मिटर चौडा डिडिमोस उल्का पिण्ड वरपर समेत घुमिरहेको छ ।

उल्का पिण्डमा अन्तरिक्ष यान ठोक्याउने नासाको यो पहिलो परियोजना हो । परियोजनामा कुल ३३ मिलियन डलर खर्च हुनेछ ।

ठूलो फ्रिज आकारको डार्ट डिमोर्फोसमा प्रतिघण्टा १५ हजार माइलको गतिमा ठोक्किने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बर २६ वा अक्टोबर १ मा ठोक्किन सक्ने नासाको अनुमान छ ।

डिमोर्फोस र डिडिमोस दुवै उल्का पिण्डबाट हाल पृथ्वीलाई कुनै जोखिम छैन । तर यी दुवै ४८ मिलियन किलोमिटरभित्र रहेका र पृथ्वी नजिकका वस्तु (निअर अर्थ अब्जेक्ट)को सूचीमा पर्छन् ।
नासाको प्लानेटरी डिफेन्स कोअर्डिनेशन अफिसले १४० मिटरभन्दा ठूला उल्का पिण्डमा रुची देखाउँदै आएको छ । एक सय ४० मिटरभन्दा ठूलो उल्का पिण्ड पृथ्वीमा ठोक्कियो भने आणविक बमको भन्दा धेरै शक्ति उत्पन्न हुन्छ र एउटा शहर वा क्षेत्र पूर्ण ध्वस्त हुन सक्छ ।

हालसम्म उक्त साइज वा सोभन्दा ठूला ‘निअर अर्थ अब्जेक्ट’को संख्या १० हजार रहेको पत्ता लागेको छ । तर यी उल्का पिण्ड आगामी १ सय वर्षसम्म पृथ्वीमा ठोक्किने कुनै सम्भावना छैन । वैज्ञानिकाका अनुसार थप १५ हजार ‘निअर अर्थ अब्जेक्ट’ पत्ता लगाउन बाँकी नै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

संसदीय सुनुवाइमा प्रस्तावित राजदूत खत्रीले भने : एमसीसी नलिने हो भने अमेरिकालाई प्रष्ट भन्नुपर्छ

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको पनि संसदीय सुनुवाइ भएको छ । अमेरिकी अनुदान सम्झौता (एमसीसी)बारे नेपाली र अमेरिकी अधिकारीले भ्रम फैलाएको संसदीय समितिसमक्ष बताएका छन् ।

प्रस्तावित राजदूत गौतम: बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउँछु

हाम्रो एतिहासिक सम्बन्ध र बेलायतको ग्लोबल शक्तिका कारण महत्वपूर्ण छ । सम्बन्धको विविधिकरण र सुदृढीकरण आवश्यक छ ।

चार वर्ष जेल सजाय आङ सान सुचीलाई

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ ।

माेदी र पुटिनबीच फेस टु फेस भेटवार्ता हुँदै

अमेरीकी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच अ‌ाज भेटवार्ता हुँदैछ ।

राष्ट्रपति पुटिनको भ्रमणका क्रममा भारत र रुसबीच भए यी सम्झौता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै हुनुहुन्छ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search