सोमवार, मंसिर १३, २०७८
spot_img

लोकतन्त्र सम्मेलनमा अमेरिकाले दियो चीनको विरोध ताइवानलाई निम्तो

अमेरिकाले लोकतन्त्रसम्बन्धी एक महत्वपूर्ण सम्मेलनमा ताइवानलाई समेत निमन्त्रणा गरेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकाले लोकतन्त्रसम्बन्धी एक महत्वपूर्ण सम्मेलनमा ताइवानलाई समेत निमन्त्रणा गरेको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आगामी महिना अमेरिकामा हुने लोकतन्त्रका लागि सम्मेलनु (समिट फर डेमोक्रेसी) मा ताइवानलाई समेत निमन्त्रणा गरिएको हो । मंगलबार सार्वजनिक सहभागी मुलुकको सूचीमा ताइवानको नाम उल्लेख गरिएको सीएनबीसी सञ्चार माध्यमले जनाएको छ ।

डिसेमम्बर ९ देखि १० गतेसम्म आयोजना हुने भर्चुअल शिखर सम्मेलनमा ११० मुलुक सहभागी हुनेछन् । अमेरिकी विदेशमन्त्रालयले सार्वजनिक गरेको सहभागीको सूचीमा चीन र रुसको नाम भने समावेश छैन ।

सम्मेलनमा अधिनायकवादविरुद्ध लड्ने, भ्रष्टाचार अन्त्य गर्ने र मानव अधिकारप्रति सम्मान प्रवर्द्धन गर्ने जस्ता विषयमा छलफल हुनेछ । तर अमेरिकाले ताइवानलाई सम्मेलनमा बोलाएपछि चीनले असन्तुष्टि व्यक्त गरेको छ ।

बुधबार चीनको ताइवान मामिला कार्यालयकी प्रवक्ता झु फेनलियाङले ताइवानलाई निमन्त्रणा गरेर बाइडेनले गल्ती गरेको बताएकी छन् । अमेरिका र ताइवानबीच हुने कुनै पनि ‍औपचारिक सम्पर्कको विरोध गर्ने पनि उनको भनाइ छ ।

त्यस्तै, फेनलियाङले एक चीन नीतिलाई पालना गर्न समेत अमेरिकासँग आग्रह गरेकी छन् । ‘यो अडान प्रस्ट र सुसंगत छु’, उनले भनिन्, ‘हामी अमेरिकालाई एक नीति र ३ वटा संयुक्त वक्तव्यप्रति अडिन रहन आग्रह गर्छौं ।’

भर्चुअल सम्मेलनमा भाग लिने मुलुकको सूचीमा दक्षिण एसियाका ४ मुलुकको नाम छ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् ।

फ्रिडम हाउसको प्रतिवेदन ९२०२१० अनुसार सम्मेलनमा सहभागी हुने अधिकांश मुलुक अर्थात् ७७ मुलुकलाई पूर्ण स्वतन्त्रुको सूचीमा राखिएको छ । ३१ मुलुकलाई ‘आशिंक स्वतन्त्र’ र बाँकी मुलुकलाई ‘स्वतन्त्रता’ नभएका मुलुकको सूचीमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार