spot_img

चिनियाँ मुखपत्रले भन्यो ” बीआरआईलाई दबाउन खोजिए एमसीसी नेपालमा असफल हुनसक्छ”

अमेरिकी अनुदान सम्झौता (एमसीसी) घरेलु राजनीति मात्र होइन, छिमेकी मुलुकलाई समेत चासोको विषय बनेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकी अनुदान सम्झौता (एमसीसी) घरेलु राजनीति मात्र होइन, छिमेकी मुलुकलाई समेत चासोको विषय बनेको छ । नेपालको वर्तमान कूटनीति र राजनीति पनि यसै वरपर फन्को मारेको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मंगलबार चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले ‘अमेरिकाले सहयोग परियोजनामार्फत नेपालको क्षेत्रीय अन्तरनिर्भरतालाई दबाउन नसक्ने’ शीर्षकसहित आलेख प्रकाशित गरेको छ ।

नेपाल भ्रमणमा आएका वरिष्ठ अमेरिकी अधिकारीहरुले एमसीसीलाई हिन्द-प्रशान्त क्षेत्रकै हिस्सा रहेको रुपमा स्पष्ट पारेको उल्लेख गर्दै उक्त आलेखमा एमसीसीको उद्देश्य चिनियाँ प्रभावलाई रोक्नु भएको बताइएको छ । यस कुरालाई लिएर नेपालमा तीव्र विवाद रहेको पनि ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

एमसीसी प्याक्ट चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई चुनौति दिने उद्देश्यले वासिङ्टनले ल्याएको समेत भनिएको छ । तर, उक्त सम्झौता नेपालको संसदबाट अनुमोदन हुनसक्ने अनुमान समेत ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

‘यदि एमसीसी परित भएपनि क्षेत्रीय अन्तरनिर्भरतालाई कम गर्ने अमेरिकी अभियानको हिस्सा नेपाल बन्न सक्दैन’ वाङ यी लेख्छन्, ‘हाम्रो आशा भनेको, नेपालले वासिङ्टनको खेलमा भाग लिने सम्भावना कम छ र तटस्थ हुने अपेक्षा गरिएको छ ।’

डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता दक्षिण एसियाली मुलुकहरुलाई इन्डो–प्यासिफिक रणनीतिको हिस्सा बनाउने प्रयत्न भएको भनिएको छ । सन् २०१७ मा बीआरआइमा हस्ताक्षर भएयता नेपाल र चीनको आर्थिक सम्बन्ध बलियो र निकट हुँदै आएको उल्लेख गर्दै अखबारले नेपाल र चीनबीचको सम्बन्धलाई अमेरिकाले ५०० मिलियन डलरको परियोजनाले दबाउन खोजे त्यो असफल हुने दावी समेत गरिएको छ ।

‘यदि अमेरिकाले नेपालको वास्तविक चासोलाई सम्बोधन गर्ने हो भने एमसीसी सम्झौतामा आवश्यक संसोधन गर्नुपर्छ । यसले नेपालको क्षेत्रीय अन्तरनिर्भरतालाई पनि सघाउँछ’ ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार