Viber Community
Nop Ads

कोरिया जाने युवाहरुलाई ठगिनबाट बचाए, एजेन्टलाई थर्काए: श्रम मन्त्रीको एक्सन

पदमा रहँदा मन्त्रीहरुको त्यसै हाइफाइ हुने नै भयो । मन्त्री भनेपछि मन्त्रालय हाँक्ने ‘ड्राइभर’ नै हो । उसैको भरमा मन्त्रायलले के गर्ने, के नगर्ने भन्ने निर्णय हुन्छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पदमा रहँदा मन्त्रीहरुको त्यसै हाइफाइ हुने नै भयो । मन्त्री भनेपछि मन्त्रालय हाँक्ने ‘ड्राइभर’ नै हो । उसैको भरमा मन्त्रायलले के गर्ने, के नगर्ने भन्ने निर्णय हुन्छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर, धेरैजसो मन्त्रीहरु चर्चा पाउनका लागि केही गरेजस्तो गर्छन् भने कोही साँच्चिकै मनैदेखि मन्त्रालय, मातहत निकाय र सर्वसाधरणका निम्ति खट्दा पनि पर्दा पछाडि नै रहेको पनि देखिएको छ ।

सन्दर्भ कहाँ जोड्न खोजिएको हो भने बुधबार सिनामंगलस्थित होटेल बाल्टिक इनमा म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ पुगे । उनी त्यहाँ विशेष सूचनाका आधारमा पुगेका थिए ।

एजेन्टले बुधबार साँझ कोरिया जान लागेका युवाहरुलाई होटेलमा बन्धकझैँ बनाएर राखेको र युवाहरुबाट रकम असुलेको सूचनाका आधारमा मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए ।

भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जानका लागि तयार रहेका युवाहरुलाई एजेन्टले बन्धक नै बनाएर अवैध ढंगले रकम असुल्न खोजेको भन्दै एक पीडित युवाले मन्त्री श्रेष्ठलाई सूचना दिएका थिए ।

मन्त्री श्रेष्ठले फेसबुकमार्फत उक्त पीडित युवाबाट सूचना पाएपछि सुरक्षाकर्मी, श्रम विभागका अधिकारीसहित तत्काल सिनामंगल पुगे । त्यहाँ पुग्दा सबै कुरा बाहिर आयो– बुधबार साँझ कोरिया उड्न लागेका दजनौँ युवालाई अनिवार्य सात दिन क्वारेन्टाइन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा रकम असुल्न जबर्जस्ती राखेको रहेछ ।

तर, कोरिया जान लागेको युवामध्ये शंकर नेपाललले त्यस्तो थाहा पाएपछि मन्त्री श्रेष्ठलाई तत्काल खबर गरेका रहेछन् । ती युवाले खबर गरेपछि त्यहाँ पुगेका मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनेपछि होटेलमा बन्धक बनाउने र रकम असुल्न खोज्ने कार्यमा संलग्न एजेन्टसहित सबैलाई कारबाही गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठले बन्धनसरी बनाएर रकम असुल्न खोज्ने ती एजेन्टलाई भेटेर थर्काए । इमान्दारपूर्वक अहिलेसम्म क–कस्को कति रकम लिएको छ सबै फिर्ता गर्नू र कोरिया उड्ने दिन आफू एयरपोर्ट आउँदा एकजनाले कम्प्लेन गरेको खण्डमा सिधै थुन्दिन्छु भन्दै मन्त्री श्रेष्ठले ती एजेन्टको सातो खाइदिए ।

‘रकम क–कसको लिएको छ फिर्ता गर्नुस् । उहाँहरू उड्ने बेलामा म एयरपोर्ट आउँछु त्यहाँ एकजना भाइले कम्प्लेन गर्‍यो भने सिधै थुन्छु है म फेरि । क्लियर हुनुस् है त,’ मन्त्री श्रेष्ठले ती एजेन्टलाई थर्काए ।

मन्त्री श्रेष्ठले भविष्य बनाउन विदेशन लागेकाहरुलाई टेन्सन नदिन भन्दै जति दिन क्वारेन्टाइन बसेका छन् त्यति दिनको सबैको रकम फिर्ता गर्न पनि ती एजेन्टलाई भने ।

‘जो जोसँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुस् । अब तपाईंलाई मर्का पर्‍यो होला, कसले एग्रिमेन्ट गर्‍यो ऊ सँग माग्नुस् । यो भाइबैनीहरूसँग माग्ने होइन,’ मन्त्री श्रेष्ठले भने ।

त्यसपछि मन्त्री श्रेष्ठले पीडित युवाहरुसँग खेप्नुपरेको टर्चरप्रति माफी पनि मागे । ‘भाइहरूले अहिलेसम्म जति टेन्सन लिनुभयो, जति टर्चर लिनुभयो त्यसका लागि सरी । मन्त्रालयको हेड त म हो । एउटा खरिदार, कर्मचारी जसले गल्ती गरे पनि त्यसको जिम्मेवारी मैले लिनुपर्छ। त्यसका लागि फेरि पनि सरि हैँ ।’

मन्त्रीले चासो दिँदा के असम्भव रहेछ ? सम्भव छ । त्यसो सबैभन्दा ठगी र चलखेल हुने भनेर चिनिने वैदेशिक क्षेत्रको यो घटना एक उदाहरणमात्र हो ।

राजधानीमा यस्ता अलुप्त घटना कति छन् कति ? त्यसमा मन्त्रालय, विभागकै कर्मचारी, एजेन्ट, म्यानपावर व्यवसायीलगायतको मिलेमतोमा युवाहरु वैदेशिक रोजगारीका नाममा ठगिँदै आइरहेका छन् ।

बुधबार युवाहरु ठगी हुनबाट बचाउने मन्त्री श्रेष्ठले आगामी दिनमा यस क्षेत्रका विकृति निर्मूल बनाउन सक्नुपर्छ जसरी कुलमान घिसिङले नेपालमा लोडसेडिङ मुक्त गरेर देखाइदिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने ‘समिट फर डेमोक्रेसी’ मा देउवाले भाग लिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना एक सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । आगामी २३ र २४ मंसिरमा उक्त सम्मेलन भर्चुअलरूपमा हुन लागेको छ ।

दर्जन बढी चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

ताइवान मामिलामा दुई मुलुकबीच तनाव बढिरहेको बेला अमेरिकी सरकारले थप १२ वटा चिनियाँ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले दिए राजीनामा

ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारीबाट राजीनामाको घोषणा गरेका छन्।

जो बाइडन: भेरियन्ट चिन्ताको विषय हो तर डराउनुपर्ने छैन

अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट ‘चिन्ताको विषय’ भए पनि डराइहाल्नु पर्ने कारण नभएको बताएका छन् ।

बाइडेन भन्छन्– अहिले नै लकडाउन गर्न आवश्यक छैन

“हामी यो नयाँ भेरियन्टसँग लड्न र पराजित गर्न गइरहेका छौँ”,

भारतीय मूलका पराग अग्रवाल ट्वीटरका नयाँ सीईओ

सामाजिक संजाल ट्वीटरको सीईओमा भारतीय मूलका अमेरिकन पराग अग्रवाल नियुक्त भएका छन् । वर्तमान सीईओ ज्याक डोर्सीले राजीनामा दिएपछि अग्रवाल नियुक्त भएको ट्वीटरले जनाएको छ ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search