सोमवार, मंसिर १३, २०७८
spot_img

बेदुराम भुसाल: ओलीले भ्रष्टाचार गरेको पैसा चितवनमा देखाउन थाले

नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव बेदुराम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको पैसा चितवनमा देखाउन थालेको आरोप लगाएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

bedrum bhusal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव बेदुराम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको पैसा चितवनमा देखाउन थालेको आरोप लगाएका छन् । एक अन्तर्वार्तामा बोल्दै महासचिव भुसालले ओली सत्तामा रहँदा भ्रष्टाचार गरेर कमाएको रकम अहिले खर्च गरेर देखाउन थालेको बताएका हुन् । साथै उनले एमालेको महाधिवेशन देउता पुज्ने भेला भएको पनि बताएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले भने, ‘यो राजनीतिक समूहमा केपी ओलीले आफ्नो घमण्ड प्रस्तुत गर्ने बाहेक अरु कुनै पनि काम गरेको छैन । त्यहाँ कुनै नीतिको बारेमा छलफल भएको छैन । देशको कुनै समस्याहरुको बारेमा छलफल भइरहेको छैन । जनताको बारेमा कुनै छलफल भइरहेको छैन ।

खाली त्यहाँ केपी ओलीले त्यहाँ आफूलाई एउटा घमण्डी नेताको रुपमा प्रस्तुत गरिरहेका छन् विगतदेखि नै । त्यो प्रस्तुत गनेए छन् । नाटक मञ्चन हुनेछ । ओलीलाई फेरि अध्यक्ष बनाइने भनेर त्यहाँ भनिनेछ । उनका केही आसेपासेहरु पदमा आसिन भए भनेर त्यहाँ भनिनेछ । यस बाहेक एमालेको महाधिवेशनमा केही काम हुनेछैन् ।’

त्यस्तै महासचिव भुसालले ओलीले भ्रष्टाचार गरेर देशलाई विकासको दिशामा नभइ भ्रष्टाचारमा डुबाएको आरोप लगाएका छन् । यो सबै कारणले नै उनलाई सरकारबाट गिराएको उनको भनाई छ । अहिले त्यही सत्ताबाट गिराएको पीडा ओलीमा भएको उनले टिप्पणी गरेका छन् । साथै उनले अहिले ओलीलाई भ्रष्टाचार गर्न नपाएर पीडा भइरहेको र त्यो पीडा उनले व्यक्त गरिरहेको बताए ।

महासचिव भुसालले एमालेको महाधिवेशनमा बोलाएको भइदिएको भए पनि पनि आफूृहरु नजाने बताएका छन् । देशमा भ्रष्टाचार गरेर कमाएको पैसाले अहिले भइरहेको प्रदर्शनमा आफूहरु सहभागि हुने पक्षमा कहिले नरहेको उनले बताए ।

उनले भने, ‘जुन व्यक्तिले मुलुकको संविधान मान्दैन । जुन व्यक्तिले मुलुकको लोकतन्त्र मान्दैन । जुन व्यक्तिले जनताले चुनेको प्रतिनिधि सभालाई पटक–पटक भंग गर्छ र अदालतले पुनःस्थापित गरिसकेपछि पनि त्यसलाई चल्न दिँदैन ।

त्यस्तो व्यक्तिले जनता र मूलुकका लागि के काम गर्छ रु त्यस्ता व्यक्तिले राष्ट्रका विरुद्धमा के गरिरहेको छ, के काम गरिरहेको भन्ने कुरामा चाहिँ सतर्क रहने हो । र, त्यसलाई असफल पार्नका निम्ति लाग्ने हो । बाँकी कुराको चिन्ता गर्नुपर्दैन । र, त्यस्तो ठाउँमा नजान नै बेस हुन्छ ।’

एमालेमा आफूहरु हुँदा राम्रै काम भइरहेको भएपनि पछि गएर गलत बाटोमा हिड्न थालेर गलत काम गर्न थाले पछि पार्टी नै बिग्रिएको उनले बताएका छन् । ‘जतिबेला राम्रो थियो, राम्रो काम गर्दै थियो त्यतिबेला राम्रै थियो ।

जब गलत बाटोमा हिड्यो । गलत कामहरु गर्न थाल्यो बिग्रियो । एउटा मान्छे राम्रो थियो, बौलायो । नराम्रो काम गर्न थाल्यो भनेपछि त्यसलाई सधैं नै राम्रो मानेर हुन्छ तरु,’ उनले भने, ‘एउटा व्यक्ति राम्रो काम गरुन्जेल नसभ्य हुन्छ । असध्य भइसकेपछि त असभ्य भयो भन्नै पर्यो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार