शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

अर्थमन्त्री शर्मा: देशमा स्रोत र साधन पर्याप्त भए पनि परिचालन गर्ने कला भएन

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Janardhan Sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालमा स्रोत र साधन प्रशस्त मात्रामा भए पनि त्यसलाई परिचालन गर्ने कला नभएर देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कार्यक्रममा उनले भने, ‘हामीसँग साधन स्रोतको समस्या होइन । हामीसँग पुँजीको पनि त्यति समस्या होइन । हामीसँग श्रमको समस्या होइन । हामीसँग व्यापारको पनि समस्या होइन । हामीसँग व्यवस्थापनको मात्र समस्या छ । व्यवस्थापन गर्ने कलामा विकास गरे अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।’

अर्थमन्त्री शर्माले भएको साधन स्रोतको व्यवस्थापन मात्र गर्न सकियो भने नै पर्याप्त हुने धारणा राखे । उनले निजी क्षेत्र निजी स्वार्थमा आधारित नभएको बताए । निजी क्षेत्र राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित छ,’ उनले भने, ‘निजी क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिए पनि सार्वजनिक क्षेत्र भताभुङ्ग भइरहेको हुन्छ ।’

निजी क्षेत्र र सरकारबीचको आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य रहेको उनले बताए । साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि र लगानीलाई परिणाममुखी बनाउनका लागि सरकारको तर्फबाट विभिन्न खालका सहुलियतहरू दिनुपर्ने आवश्यकता रहेकोसमेत बताए ।

उनले भने, ‘निजी क्षेत्रमा केही राहतका कार्यक्रम भए पनि मागेजस्तो नभएको भन्ने धेरै गुनासो छ । यसका लागि सरकारले प्रयास गरिरहेको छ । निजी क्षेत्रको सल्लाहअनुसार नै अगाडि बढ्न सरकार प्रयत्नरत रहेको छ ।’ निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नुपर्छ भन्ने छैन ।’ अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा लगानी गर्न पर्नेमा पनि उनले जोड दिए ।

निजी क्षेत्रको सहयोगले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुगिरहेको उनको भनाइ थियो । अर्थमन्त्री शर्माले भने, ‘अघिल्ला वर्षको तुलनामा अहिलेको हाम्रो अर्थतन्त्रले चालू खर्चलाई नै धान्न गाह्रो परेको अवस्था छ ।

जसका कारण पुँजीगत खर्च गरेर पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा रोजगार लगायत क्षेत्रमा लगानी गर्न सरकारलाई समस्या परेको छ ।’ नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारले गर्नपर्ने सहयोग गर्दै आएको दाबी गरे । उनले व्यवसायीलाई करमा छुट दिने तथा बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता नियन्त्रण गर्न सहयोग पुर्‍याउँदै आएको उल्लेख गरे ।

उनले भने, ‘राष्ट्र बैंकले कारोना महामारीबाट समस्यामा परेका व्यवसायीलाई पनि सरकारले सहुलियत ऋण तथा व्याजदर नियन्त्रण लगायतको सुविधा दिँदै आएको छ । साथै, राष्ट्र बैंकले कर्जाको ब्याज भुक्तानीको लागि समय थप, ब्याज पुँजीकरणको सुविधा पुनकर्जा सुविधालगायतको सुविधा दिँदै आएको छ ।

केन्द्रीय बैंकले साना निक्षेपकर्ता एवं ऋणिले प्राप्त गर्ने सेवा सुविधामा विशेष ध्यान दिएको छ ।’ निजी पक्षलाई सँगै लिएर अघि बढ्न सकेमा अर्थतन्त्रले ठूलो फड्को मार्ने उनको भनाइ छ । उनले वैदेशिक लगानीलाई प्रवर्द्धन गरेर पनि नेपालको अर्थतन्त्र उकास्न सहयोग पुग्ने बताए ।

त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले उद्योगीलाई ठूलो योगदान पुर्‍याएको बताए । उनले नेपालमा कोरोना महामारीले पुर्‍याएको नोक्सानमा केन्द्रीय बैंकको कुशल व्यवस्थापनले ८० प्रतिशत समस्या कम हुँदै गएको बताए ।

कोरोना महामारीले देशको अर्थतन्त्रमा ठूलो नोक्सान परेको बताउँदै उनले पर्यटनमा जोड दिनुपर्ने बताए । अझै केही नीतिगत सुधार गरेर पर्यटन भित्र्याउन अझै हवाई उडानको संख्या बढाउनुपर्ने बताए । पहिलाकै स्थितिमा उडान भए पर्यटक भित्रिने छ । पर्यटनले ६ देखि ७ प्रतिशतसम्म अर्थतन्त्र धानेको बताउँदै उनले एमससी पास गर्न पर्नेमा पनि जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य एकैदिन १२.१४ प्रतिशतले झर्यो

क्रिप्टोकरेन्सीलाई विश्वभर सबैभन्दा अस्थिर मुद्राको रुपमा लिईन्छ र यसको मूल्यमा उतार चढाव आईरहन्छ। हालै विश्वको सबैभन्दा मूल्यवान क्रिप्टो बिटक्वाइनमा पनि त्यस्तै देखिएको छ।

अमेरिका: ताइवानविरुद्ध कुनै कदम चाले चीनले भयानक परिणाम बेहोर्नुपर्छ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानमाथि अधिकार जमाउन कुनै पनि कदम चाले ‘भयानक परिणाम’को सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search