Viber Community
Nop Ads

केपी ओली: अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन, खुशि लाग्छ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै कटाक्ष गरेका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै कटाक्ष गरेका छन्। उनले माओवादीले ‘महान जनयुद्ध’ भनेर युवाहरुलाई ठगेको र आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै उनले कटाक्ष गरे। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले प्रचण्डलाई इंगित गर्दै उनका दुवै नातिनीहरुले बेलायतमा शिक्षा पाएकोमा आफूलाई खुशी लागेको बताए। ‘राम्रो कुरा हो, उहाँका दुवै छोरीका छोरीहरु बेलायतमा पढ्छन्। एकदम खुशीको कुरा हो। भरतपुरकी छोरीको पनि पढ्छिन् अर्कीको पनि। नातिनीहरुले राम्रो शिक्षा पाएका छन् खुसी लाग्छ।’

यो पनि पढ्नुहोस

नवलपुरमा देउवा–कोइरालाको गठबन्धन पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नवलपुर (नवलपरासी पूर्व) मा रोचक मत परिणाम आएको छ । देशभर संस्थापन र इतर समूह फरक प्यानल बनाएर चुनाव भइरहेका बेला महामन्त्री शशांकको चुनाव क्षेत्रमा भने सभापति शेरबहादुर देउवा–कोइराला समूहको एउटै प्यानल बनेको थियो ।

एक्लै प्रतिस्पर्धामा उत्रिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्षेत्र नं १ मा सभापति देउवा र महामन्त्री कोइरालाको प्यानललाई हराएको छ भने क्षेत्र नम्बर २ मा मत बराबरी भएको छ । क्षेत्र नम्बर १ मा देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली र पौडेल पक्षबाट अमृत भट्टचन सभापतिको उम्मेदवार थिए । १ हजार १ सय ५१ मत खसेकोमा २ सय २३ मतान्तरले पौडेल समूहका भट्टचन विजयी भएका हुन् ।

भट्टचनले ६ सय ७० मत ल्याएका छन् भने पराजुलीले ४ सय ४७ मत पाए । सचिव र सहसचिवमा भने दुबै प्यानलबाट १÷१ जना विजयी भएका छन् । देउवा–कोइराला प्यानलका अमृत श्रेष्ठ सचिवमा विजयी भए भने अर्काे सचिवमा वरिष्ठ नेता पौडेल समूहकै शालिकराम सापकोटा विजयी भएका छन् । सहसचिवमा पौडेल समूहका टीकाराम सापकोटा र देउवा–कोइराला प्यानलका तेजप्रसाद घिमिरे विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिको मतगणना भने सकिएको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सांसद विष्णु लामिछाने, ओमकला गौतम लगायत देउवा–कोइराला प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार छन् । नवलपुर क्षेत्र नम्बर २ मा दुबै प्यानलका उम्मेदवारले बराबर मत पाएका गण्डकी प्रदेश सभा सांसद तथा महाधिवेशन प्रतिनिधि विष्णु लामिछानेले जानकारी दिए ।

सभापति पदका उम्मेदवार सूर्य गुरुङ र जगत कार्की दुवै जनाले समान ३ सय ९४ मत प्राप्त गरेका छन् । कुल खसेको ७ सय ९७ मतमा ९ मत बदर भएको थियो । दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि अब कसरी विजेता घोषणा गर्ने भन्ने विषयमा छलफल पछि निश्कर्षमा पुगिने निर्वाचन मण्डलले जनाएको छ ।

‘नवलपुर–२ मा बराबरी मत प्राप्त भएपछि बिहीबार फेरि गणना हुने छ,’ कांग्रेस जिल्ला सभापतिसमेत रहेका लामिछानेले भने, ‘फेरि पनि समान मत आएका गोलाप्रथाद्वारा सभापति चुनिने छ ।’

यसअघि स्थानीय तहको अधिवेशनमा देवचुली नगरपालिकामा समेत दुवै उम्मेदवारले बराबर मत पाप्त गरेपछि गोलाप्रथाबाट विजेता चयन गरिएको थियो । कांग्रेस महामन्त्रीकै जिल्लामा देउवा–कोइराला गठबन्धन भएपछि गण्डकी प्रदेशभरि नै त्यसको तरंग थियो । गण्डकी प्रदेश समितिको निर्वाचनमासमेत त्यही गठबन्धन बन्ने हो कि भन्ने आंकलन नेताहरुको थियो । तर, नवलपुरमा देखिएको परिणामले भने फरक सन्देश दिएको कांग्रेसका एक नेताले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।

केपी ओली : अहंकारी र घमन्डी नेता हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

ट्रेन्डिङ समाचार

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

रेनु दाहाल: “बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search