शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

प्रचण्ड, माधव नेपाल र बाबुराम/उपेन्द्रबीच कुरा मिल्योः देउवा धर्मसंकटमा, गठबन्धन नै पर्यो धरापमा !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा गठबन्धनभित्रका मुख्य दलका प्रमुख नेताको कुरा मिलेपछि प्रधानमन्त्री शेर बहादुर देउवा झस्किएका छन् । देउवा धर्मसंकटमा परेका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Sher Bhahadur, madhav Nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा गठबन्धनभित्रका मुख्य दलका प्रमुख नेताको कुरा मिलेपछि प्रधानमन्त्री शेर बहादुर देउवा झस्किएका छन् । देउवा धर्मसंकटमा परेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको उस्तै आशयको प्रतिक्रिया आयो । प्रचण्डले धनगढी पुगेर जबराको विषयमा बोल्दा बाबुरामले ट्वीटमार्फत् कडा धारणा ल्याए ।

प्रचण्डले सर्वोच्च अदालतको समस्याको निकास न्यायालयले नदिए सत्ता गठबन्धनको बैठक बसेर निर्णय लिने बताए । प्रचण्डले भने,‘न्यायालयले निकास दिन नसके सत्ता गठबन्धनको बैठक छिट्टै बसेर आवश्यक निर्णय लिन्छौं ।’

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले आल ट्वीट गर्दै प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका छन् ।

भट्टराईले न्यायपालिकाभित्र फोहोर छोपेर राख्न नसकिने भएकाले प्रधानन्यायाधीशले त्याग देखाउनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका हुन् । उनले सिधै नलेखेपनि घुमाउरो तरिकाले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसदले महाभियोग लगाउनुपर्ने आशयसाथ लेखेका हुन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि सत्ता गठबन्धनको बैठक बसेर सर्वोच्च अदालतको अहिलेको समस्याबारे निर्णय लिने बताइसकेका छन् ।

यी अभिव्यक्तिबाट प्रचण्ड, माधव नेपाल र बाबुराम प्रधानन्यायाधीश जबराप्रति असन्तुष्ट रहेको बुझ्न सकिन्छ । उनीहरुनिकट कानुन व्यवसायीहरु नै जबराविरुद्धको अग्रिम मोर्चामा छन् ।

संवैधानिक परिषदबाट संवैधानिक निकायमा भएका नियुक्तिप्रति प्रचण्ड, नेपाल र भट्टराई असन्तुष्ट छन् । अदालतमा विचाराधीन यो मुद्दामा नियुक्ति खारेजीको आदेश जारी गर्न प्रधानन्यायाधीशमाथि दबाब सृजना गरिएको थियो ।

अर्कोतर्फ, द्वन्द्वकालीन मुद्दाले प्रचण्ड शतर्क छन् । विशेषगरी काभ्रेमा अर्जुन लामाको हत्या प्रकरणमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दा लगाइएको छ । यो मुद्दा विचाराधीन छ । जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न बारले ज्ञापनपत्र बुझाउँदा सभामुख सापकोटाले पनि बुझेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईको पालामा निर्णय भएको भन्दै अख्तियारले मुद्दा चलाउनुपर्ने मुद्दा अदालतमा विचाराधीन छ । नेपाल र भट्टराईमाथिको मुद्दा पार लगाइएको छैन ।

जबराको पक्षमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखिएका छन् । देउवाले अदालतको विषयमा नबोल्ने स्पष्ट पारिसकेका छन् ।

ओलीले राजीनामा दिनुपर्ने भएमा प्रधानन्यायाधीश जबराले मात्र नभई सबै न्यायाधीशले दिनुपर्ने जकिर गरेका छन् । उनले जबराको राजीनामाले मात्र समस्या समाधान नहुने भन्दै उनको बचाऊ गरेका छन् । देउवा पनि जबराको राजीनामाको पक्षमा छैनन् । उनले अडान लिएकैले सत्ता गठबन्धनका नेताहरुबीच मतैक्यता छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search