spot_img

सभापति र महामन्त्री एक हुँदा पनि पौडेल पक्षका उम्मेदवारलाई हराउन सकेनन्

नवलपुर कांग्रेसका केन्द्रीय महामन्त्री डा. शशांक कोइरालाको गृहजिल्ला हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कोइराला मात्रै विजयी भएनन्, उनी निकटका कृष्णचन्द्र नेपाली पोखरेल र जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले पनि बाजी मारे ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नवलपुर कांग्रेसका केन्द्रीय महामन्त्री डा. शशांक कोइरालाको गृहजिल्ला हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कोइराला मात्रै विजयी भएनन्, उनी निकटका कृष्णचन्द्र नेपाली पोखरेल र जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले पनि बाजी मारे । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यसको अर्थ नवलपुरमा कोइराला प्यानल राम्रो थियो । १४औं महाधिवेशनमा भने अनौठो नतिजा आएको छ । यहाँ कोइरालाले आफू मात्रै हुँदा चुनाव नजित्ने देखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर चुनावी मोर्चा बनाए ।

नवलपुरमा देउवा समूहको पनि राम्रै उपस्थिति छ । तर, नतिजा भने ठिक उल्टो आयो । सभापति र महामन्त्रीको गठबन्धनलाई जिल्याउँदै पौडेल समूहका उम्मेदवारले जीते । क्षेत्र नम्बर १ मा पौडेलका उम्मेदवार विजयी भएका छन् भने २ मा बराबर भएको छ ।

नम्बर १ मा पौडेल पक्षका अमृत भट्टचन विजयी हुँदा देउवा–कोइराला प्यानलका कमलप्रसाद पंगेनी २२३ मतान्तरले पराजित भए । भट्टचनले ६ सय ७० मत पाए भने पराजुलीको पक्षमा ४४७ मत मात्रै आयो । सचिव र सहसचिवमा दुवै प्यानलका १–१ जना विजयी भएका छन् ।

क्षेत्र नम्बर २ मा सभापतिका दुवै उम्मेदवारले बराबर मत पाएका छन् । पौडेल समूहका सूर्य गुरुङ र देउवा–कोइराला प्यानलका जगत कार्कीले समान ३९४ मत पाएका छन् । अरू सबै विजेता देउवा–कोइराला प्यानलका छन् ।

सचिवमा फणीन्द्रराज आचार्य र दुर्गाबहादुर गुरुङ तथा सहसचिवमा विन्दु अधिकारी केसी र रोशन श्रेष्ठ निर्वाचित भएका नवलपुर कांग्रेसका सभापति विष्णु लामिछानेले जानकारी दिए । मत बराबर भएको सभापतिको टुंगो लगाउन अहिले बैठक बसिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार