spot_img

विप्लव: प्रचण्डजी हाम्रो पार्टीमा प्रवेश गर्नुस मिलेर काम गरौं

नेत्रविक्रम चन्दले माओवादी केन्द्र र पुष्पकमल दाहालसँग पार्टी एकता हुन लागेको कुरा आत्मरतीमा रमाउन खोज्नेहरूले चलाएको हल्ला मात्रै भएको बताएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

prachanda, biplop

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेत्रविक्रम चन्दले माओवादी केन्द्र र पुष्पकमल दाहालसँग पार्टी एकता हुन लागेको कुरा आत्मरतीमा रमाउन खोज्नेहरूले चलाएको हल्ला मात्रै भएको बताएका छन् । बरू उनले दाहाललाई नै आफ्नो पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘पार्टी एकता भनेको नेताहरूको टाउको जोडिने मात्र होइन, जनताको सपना, चाहना र मनको मिलन हुनु हो । कसैको पार्टी ठूलो बनाउन, सरकारमा पुर्‍याउन, सरकार बनाउन र सुखभोग गराउन पार्टी एकता सम्भव छैन’ मगर मुक्तिमोर्चाको चौंथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न बुधबार बेनी आएका चन्दले भने, ‘हामी पार्टी एकताको पक्षमा छौं ।

प्रचण्डजी तपाइँ जनयुद्धको कमाण्डर हुनुभो, अध्यक्ष हुनुभो, प्रधानमन्त्री बन्नुभो, सबै भोग्नुभो कतै सफल बन्नु भएन । अब हाम्रो पार्टीमा आउनुस् मिलेर काम गरौं,’ नेता चन्दले भने । यस्तै संसदीय दलहरू जनताको मतमा विश्वास नभएका कारण समानुपातिक प्रणालीको बाटोमा लागेर पैसा असुल्ने धन्धामा लागेको उनको आरोप थियो ।

उनले यसअघि पनि वर्तमान व्यवस्थाबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गर्दैआएका छन् । उनले भनेका छन्, व्यवस्थापिका, कार्यपालिका र न्यायापालिका तीनै अङ्ग असफल भएसँगै संसदीय व्यवस्थाको औचित्य समाप्त भयो ।

जनताको मतमा विश्वास नभएपछि संसदीय दलका नेताहरू समानुपातिको बाटोबाट पैसा असुल गर्ने धन्दामा छन् । जनमत संग्रहबाट डराएका छन् । प्रत्यक्ष निर्वाचनबाट जनमत संग्रहको विकल्पको पनि प्रयोग गरौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार