बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

माधव नेपाल: एमालेले गैँडालाई झन्डा बोकाएर कम्युनिस्टकै बेइज्जत गर्यो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहकार्य गरिरहेको पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Madhav Nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहकार्य गरिरहेको पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एकीकृत समाजवादी जिल्ला कमिटी सिराहाले बुधबार लहानमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले संसद् विघटनविरुद्धको आन्दोलन हुँदै पछिल्लो राष्ट्रिय सभाको निर्वाचन र वर्तमान सरकार सञ्चालनमा पाँच दलको सहकार्य र गठबन्धन जारी रहने बताएका हुन् ।

‘केपी ओलीको नेतृत्वमा लोसपा र राजावादीहरूको सरकारलाई च्यूत गर्न बनेको गठबन्धन जनताको चाहना भावनाअनुसार संयुक्त सरकारसम्म आइपुगेको छ, आगामी निर्वाचनसम्म जान्छ,’ नेपालले भने ।

एमाले पार्टी होइन, प्रालि
केपी ओलीले विचार, नीति, सिद्धान्त, पद्धतिलाई तिलाञ्जली दिएर प्राइभेट कम्पनीजस्तो बनाएको आरोप लगाउँदै नेपालले, त्यसैले विद्रोह गरी नयाँ पार्टी गठन गर्नुपरेको उल्लेख गरे ।

ओलीले एमालेलाई दक्षिणपन्थी भासमा पुर्याएर दास, भजनमण्डलीहरूलाई मात्र काखी च्यापे’ उनले भने ‘हामी जनताको सेवक एमाले बनाउन जीवन लगायौँ, परिवर्तनको झण्डालाई सधैँभरि बोक्दै आयौँ, ओलीको दासत्व स्विकार्न नसकेर विद्रोह गर्न बाध्य भयौँ ।’

ओलीसँग टक्करभन्दा पनि विचारको लडाइँ लडेको चर्चा गर्दै उनले भने ‘विधि, पद्धति, विचार, नीति र व्यवहार नै अलग भएपछि एउटै पार्टीमा बस्नुको अर्थ नभएकाले न्याय, समानता, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन नेकपा एकीकृत समाजवादी गठन गरिएको हो ।’

गैँडालाई झन्डा, कम्युनिस्टकै बेइज्जत
चितवनमा हुन गइरहेको एमालेको महाधिवेशनको सन्दर्भमा उनले सर्वहारा, किसान, मजदुरले बोक्नुपर्ने कम्युनिस्टको झन्डा एमालेले गैँडालाई बोक्न लगाएर कम्युनिस्टकै बेइज्जत गरेको उल्लेख गरे ।

एमालेमा कम्युनिस्टको झन्डा बोक्न अब किसान, मजदुर छैनन्, योपल्ट गैँडाले बोक्यो, अर्कोपल्ट बाँदरको हातमा पुग्छ,’ उनले भने, ‘एमालेमा वैचारिक विचलन र भड्कावको नमुना हो, गैँडाले कम्युनिस्टको झन्डा बोक्नु ।’

सत्ता र शक्तिको चरम दुरुपयोग गर्ने ओली नेतृत्वको एमाले पार्टी आगामी चुनावसम्म पत्तासाफ हुने उनको दाबी थियो । ‘राष्ट्रिय सभाको पछिल्लो निर्वाचनबाट नै ओलीको पत्तासाफ सुरु भइसकेको छ,’ उनले भने, ‘प्रदेश २ बाहेक अन्य प्रदेशमा रहेको सरकार पनि च्यूत भएर गठबन्धनको प्रदेश सरकार बनेको छ । कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेस, एमाले, जसपा र माओवादी केन्द्रबाट करिब एक हजारजनालाई प्रवेश गराएको एकीकृत समाजवादीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search