मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

भिम रावलपछि महाधिवेशनको मुखैमा ताते घनश्याम भूसाल, के भने कसलाई ?

आसन्न दसौं महाधिवेशनको मुखमा नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले ‘नेताहरूका स्वार्थको छद्म युुद्धमा पार्टी फसेको र त्यही छद्म युुद्धमा परेर संसद विघटन, पार्टी विभाजन र सरकारहरूको विघटन हुँदै आएको’ बताएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli, gyansham

नेपाल अनलाइन पत्रिका – काठमाडौं। आसन्न दसौं महाधिवेशनको मुखमा नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले ‘नेताहरूका स्वार्थको छद्म युुद्धमा पार्टी फसेको र त्यही छद्म युुद्धमा परेर संसद विघटन, पार्टी विभाजन र सरकारहरूको विघटन हुँदै आएको’ बताएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यी कमजोरी नसुधार्ने हो भने गल्ती दोहोरिँदै जाने र सिद्धान्तमा खेलबाडको मूल्य चुक्ता गर्नुपर्ने उनले उल्लेख गरे। भूसालले बुधबार आफ्नो फेसबुकमार्फत् सार्वजनिक अपिल जारी गर्दै उक्त धारणा राखेका हुन्। ‘संगठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा छैन। इतिहासको गौरव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौं। तर आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्ने संगठनात्मक व्यवस्थामा असंगतिहरू छन्,’ उनले भनेका छन्।

‘हामीले दसौं महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौं। तर पार्टीका सिद्धान्तहरूको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असंगति हटाउनै पर्नेछ। त्यसका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकिकृत गर्नै पर्नेछ।’

‘हामीले दसौं महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौं। तर पार्टीका सिद्धान्तहरूको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असंगति हटाउनै पर्नेछ। त्यसका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकिकृत गर्नै पर्नेछ।

उनले जारी गरेको सार्वजनिक अपिल यस्तो छ:

नेकपा एमालेको पुनरोदयका लागि दसौं महाधिवेशनका समस्त प्रतिनिधि समक्ष मेरो अपिल

मुलुकको नजर हामीमाथि छ

नेकपा एमालेका लाखौं सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्युँझन्छ र धुलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढी एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाकासाथ दसौं राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन्। यसका समर्थक र शुभचिन्तकहरूले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीका रूपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन्।

आफैंले गरेका बाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरूको ठूलो संख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ। अन्य पार्टीमा रहेर पनि नेकपा एमाले मुलुकको भरपर्दो शक्तिका रूपमा पुनर्स्थापित हुँदा आफ्नै भविष्य सुरक्षित देख्ने ठूलो जनमतका आँखा पनि हामीतिरै छन्।

कम्युनिस्ट आन्दोलनको इतिहासको निर्माणमा रगत पसिना बगाएका समस्त अग्रजहरूको विरासतले पनि हामीसँग अपेक्षा गरेको छ। हाम्रा सफलतामा गौरव गर्ने र हाम्रा असफलतामा दुखी हुने दुनियाँभरका कम्युनिस्ट, प्रगतिशील, वामपन्थी तथा समाजिक न्याय र समानताका पक्षधरहरूले हामी फेरि उठेको र सफल हुँदै अगाडि बढेको देख्न चाहन्छन्।

संक्षेपमा, मुलुक र दुनियाँले केही भरोसा, केही विश्वास र केही आशाका साथ हामीलार्ई हेरिरहेको छ।

संकट गहिरिँदै छ

सत्तरी वर्षदेखि नेपालको सपना लोकतान्त्रिक स्थिरता हो। तर हामीले या त अस्थिरता या निरंकुशता पायौं। करिब चार वर्षअगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन, निर्वाचनमा असाधारण विजय, बहुमतको कम्युनिस्ट सरकार, पार्टी एकीकरणजस्ता एकपछि अर्को घटनाले नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको थियो। लोकतान्त्रिक स्थिरता, आर्थिक विकास, सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्न सक्ने भएको थियो।

तर गएको एक वर्षकै समयमा हामी आफैंले कम्युनिस्ट पार्टीको बहुमतको संसद विघटन गर्यौं। एकीकृत पार्टी विभाजित गर्यौं। संघीय र प्रादेशिक सरकारहरू भत्कायौं। नेकपा एमालेको एकतासमेत बचाउन सकेनौं। अहिले हामी आफैं राजनीतिक घेराबन्दीमा परेका छौं।

सबै राजनीतिक पार्टीहरू स्वार्थ केन्द्रित गुटबन्दीको भुमरीमा फस्दै गएको, संसद राजनीतिक खिचातानीको शिकार भएको, अदालतमा विचौलियाको नियन्त्रणको पोल खुल्दै जाँदा न्याय व्यवस्था अस्तव्यस्त भएको हुँदा राज्य कमजोर हुँदै गएको छ र लोकतान्त्रिक स्थिरता खतरामा पर्न थालेको छ। क्रान्तिको एउटा मुख्य शक्तिका हैसियतले यो संकट हाम्रो आफ्नै संकट हो।

सिद्धान्तलाई अवमूल्यन नगरौं

अगणित पुर्खाहरूले खाएका ठक्कर र पाएका उपलब्धिको लेखाजोखा नै सिद्धान्त हो। त्यसैले क्रान्तिको पहिलो ग्यारेन्टी पनि सिद्धान्त हो, जसले हामीलाई भविष्यको बाटो देखाउँछ र गल्ती गर्नबाट जोगाउँछ। क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरूको प्रतिस्पर्धा बन्न जान्छ।

जसरी पनि जित्ने प्रतिस्पर्धामा जसले जिते पनि राजनीति बिग्रन्छ, मुलुकले दु:ख पाउँछ। त्यस्तो राजनीति राज्य दोहन गर्ने थैलीशाही गुटहरूको खेलमैदान बन्छ। दलाल पुँजीवाद र भद्दा संसदवादले पार्टीलाई ती गुटहरूको खेलौना बनाउँछ। एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्ततः सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ। र, पार्टी र राजनीति झन् झन् संकटग्रस्त हुँदै जान्छन्।

हाम्रो पछिल्लो राजनीतिलाई नै हेरौं, नेपाली कांग्रेसले पाएको बहुमतले मुलुकलाई के दियो? नेकपा माओवादीले संविधानसभामा पाएको असाधारण जित किन पानीको फोका भयो? नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको दिग्विजय किन भताभुंग भयो? यस्ता प्रश्नको जवाफ केवल कुनै व्यक्ति वा तिनका गुटका दाबीमा होइन, बरू कस्तो सिद्धान्त भएका पार्टीले त्यस्ता व्यक्ति वा गुट जन्माउँछन् र समाजले क्षति ब्यहोर्छ भनेर खोज्नुपर्छ।

हरेक नयाँ चरणमा समाजले नयाँ सिद्धान्त खोज्छ। सामन्ती शासनको ठाउँमा कस्तो प्रजातन्त्र भन्ने अलमललाई पुष्पलालको नयाँ जनवादले बाटो देखायो। हामी आफैंले ल्याएको २०४७ सालको प्रजातन्त्रसँग कसरी अगाडि बढ्ने भन्ने अन्यमनस्कतालाई सामना गर्न कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याए। २०६२/६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक अन्योललाई हामीले नवौं महाधिवेशनले हटायौं।

नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भइसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिस्टहरूको ऐतिहासिक कार्यभार हो भन्ने सैद्धान्तिक निष्कर्ष हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो।

स्मरण रहोस्, त्यही निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भएको थियो। तर त्यस कार्यभारलाई कार्यक्रमका रूपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिस्ट आन्दोलन सैद्धान्तिक रूपले नवौं महाधिवेशनभन्दा अघि बढ्न सकेको छैन। संक्षेपमा, सिद्धान्तले हामीलाई अगाडि बढाउँछ, सिद्धान्तहिनताले फुटाउँछ, कमजोर बनाउँछ।

कहाँ छ त समस्या?

हामीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानता, रोजगारी, सुशासन, पर्यावरण, विदेश सम्बन्धमा कस्ता नीति बनाउँछौं, कसरी लागू गर्छौं जसले राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हुन्छ भन्ने समग्र योजना नै पार्टीको आजको कार्यक्रम हो। त्यस्तो कार्यक्रम लागू गर्न पार्टीका केन्द्रीय अध्यक्षदेखि हरेक सदस्यको योग्यता कस्तो हुन्छ? तिनको योग्यताको परीक्षण कसरी हुन्छ? आफ्नो सरकार हुँदा प्रधानमन्त्री, मन्त्रीहरूले के गर्छन्? कसरी गर्छन्? प्रादेशिक सरकार र स्थानीय सरकारहरूले के गर्छन्? पार्टीका नीतिहरू कसरी बनाइन्छ? कस्ता व्यक्तिहरू पार्टी सदस्यताका लागि योग्य हुन्छन्? कमिटीका निर्वाचन कसरी गरिन्छ? जस्ता सबै समस्याको समाधान संगठनात्मक सिद्धान्तले गर्छ र त्यसका आधारमा पार्टीको विधान बन्छ।

यसरी कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधानको संगतिपूर्ण पार्टी व्यवस्था बन्छ। हामीले कार्यदिशा त बनायौं तर कार्यक्रम अझैसम्म बनाएनौं। कार्यक्रम नबनेपछि कार्यक्रमलाई लागू गर्ने संगठनात्मक सिद्धान्त र विधान पनि बनाइएन।

अर्थात्, आज हामीले समाजवादको झन्डा त बोकेका छौं तर कता हिँड्दै छौं भन्ने स्वयं हामीलाई थाहा छैन। समस्याको जरो यहीँ छ। उपरोक्त असंगतिले गर्दा संसद, पार्टी, सरकार र राजनीतिले एकपछि अर्को धक्का खाँदै गयो। राष्ट्रिय पुँजीको विकास वा समाजवादको बुझाइ व्यक्तिपिच्छे फरक भए। गएको ८/९ वर्ष पार्टीको नीति–कार्यक्रममाथि कुनै प्रशिक्षण कार्यक्रम आयोजना भएन। विचार-सिद्धान्त वा मार्क्सवाद वा जनताको बहुदलीय जनवादमााथि कुनै गतिलो चर्चासमेत भएन।

दलाल पुँजी वा राष्ट्रिय पुँजी के हो? दलाल पुँजीसँग को लड्छ? कसरी लडिन्छ? समाजवादको तयारी भनेको के हो? त्यसका लागि कसले के गर्नुपर्ने हो? सिद्धान्त निर्माण गर्ने विधि के हो? सिद्धान्त कसले बनाउँछ? कसरी बनाउँछ? जस्ता प्रश्न नै उठ्न छाडे। त्यसले पार्टी पंक्तिले के ठिक वा के गलत हो भनेर विश्लेषण गर्न सकेन। अराजकता र गुुटबन्दी बढ्दै गयो। नेताहरूका स्वार्थको छद्म युुद्धमा पार्टी फस्यो।

त्यही छद्म युुद्धमा संसद विघटन, पार्टी विभाजन, सरकारहरूको विघटन हुँदै गयो। किटानीका साथ के भन्न सकिन्छ भने यदि यी कमजोरीलार्ई नसुधार्ने हो भने गल्ती दोहोरिँदै जानेछन् र समयले हामीसँग चर्को ब्याजका साथ सिद्धान्तमा खेलबाडको मूल्य चुक्ता गर्नेछ।

मेरो अनुरोध

मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठिक ठाउँमा छ। त्यो अहिले सबै मुख्य पार्टीहरूको पनि कार्यदिशा बनेको छ। संगठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा छैन। इतिहासको गौरव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौं। समाज र राजनीतिका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका यसका सदस्यहरूका आधारमा हेर्दा पनि नेकपा एमाले मुलुककै नेता पार्टी हो। तर माथि उल्लेख गरिएझैं, आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्ने संगठनात्मक व्यवस्थामा असंगतिहरू छन्।

जसरी ज्ञान–विज्ञानका उपलब्धि कुनै राष्ट्र वा जातिका सम्पत्ति हुँदैनन्, त्यसैगरी पार्टीका सिद्धान्तहरू कुनै गुट वा समूहका हुँदैनन्। जेसुकै कारणले होस्, हामीले दसौं महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौं।

तर पार्टीका सिद्धान्तहरूको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असंगति हटाउनै पर्नेछ। त्यसका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नै पर्नेछ। त्यसैले, सबै प्रतिनिधिसमक्ष मेरो अपिल छ- दसौं महाधिवेशनले कम्तीमा पनि दलाल पुँजीवादको विरूद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन संकल्प गरोस्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search