सोमवार, मंसिर १३, २०७८
spot_img

आज एमाले अध्यक्ष ओली चितवन जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदैछन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Kp oli Sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदैछन् । भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन आयोजना हुँदैछ । शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमालेले उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ । अध्यक्ष ओली आज विहान ११ बजे चितवन पुग्ने कार्यक्रम रहेको छ । उनी आजै केहि कार्यक्रममा समेत सहभागी हुनेछन् । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीको सहभागिता रहनेछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन । अध्यक्ष ओली आज चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै प्रस्थान गर्न लागेका हुन ।स्थलमार्गबाट अध्यक्ष ओली चितवन जाने उनको निजी सचिवालयले जानकारी दिएको छ। ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ ।

एमाले अध्यक्ष ओलीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनारको अवलोकन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन । ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको आज उदघाटन गर्दैछन ।

आज दिउँसो साढे तीन बजे भरतपुर–१० मदननगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १०औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले सौराहास्थित महाधिवेशनको बन्दसत्र हुने स्थानको आजै साँझ अवलोकन गर्ने छन ।

मंगलबार भरतपुर–१६ मा निर्माणाधीन क्रुजसिप (मिनी पानिजहाज) को अवलोकन गर्ने र त्यसपछि माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

चितवन सवारीका क्रममा अध्यक्ष ओलीलाई धादिङदेखि नै कार्यकर्ताहरुले चोकचोकमा स्वागत गर्ने तयारी गरेका छन् । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार इच्च्छामनकामना गाँउपालकिा प्रवेशस्थलमा ओलीको भव्य स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यहाँ चितवन जिल्लाका नेता कार्यकर्ता स्वागतका लागि सयौं मोटरसाइकल लिएर आउनेछन् ।

कुरिनटारमा अध्यक्ष ओलीलाई स्थानयीबासिन्दाले स्वागत गर्ने कार्यक्रम रहेको छ । मुग्लिनमा पनि पार्टी कार्यकर्ता र स्थानीयबासीले अध्यक्ष ओलीलाई स्वागतको तयारी गरेका छन् । आफू प्रधानमन्त्री भएका बेला विस्तार गरिएको मुग्लिनबाट नारायणगढ सडक खण्डको अध्यक्ष ओलीले निरीक्षण गर्नेछन । यो सडकलाई दुई लेनबाट चार लेनमा बिस्तार गरिएको छ ।

ओलीले दासढुंगामा जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गर्नेछन । त्यसपछि रामनगरमा कार्यकर्ता र स्थानीयबासिन्दाले ओलीको स्वागत गर्ने कार्यक्रम रहेको छ । आज चितवन पुगेपछि एमाले भरतपुर महानगरको प्रथम अधिवेशनको अध्यक्ष ओलीले उदघाटन गर्नेछन । त्यसपछि एमालेको १०औं महाधिवेशन स्थल नारायणी किनार क्षेत्रको अवलोकन गर्नेछन । त्यसलगत्तै भरतपुर १० को चितवन जिल्ला पार्टी कार्यलयमा रहेको १०औं महाधिवेशन सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एमाले अध्यक्ष ओली आज कसरामा बास बस्ने भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार